ट्रेंडिंग:

>> प्रधानमन्त्री प्रचण्ड युद्ध अपराधी हुन्,तुरुन्त राजीनामा दिनुपर्छ : डा. केसी >> दम्पती मृत फेला >> अर्थतन्त्र सुधारका लागि राजनीतिक संरचना बदलौं : बाबुराम भट्टराई >> ९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स >> बिरामीको सहारा बन्दै स्वास्थ्य बिमा >> नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री >> संसदीय समिति बनाउन प्रधानमन्त्री सकारात्मक हुनहुन्छ- कांग्रेस >> तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ >> गिरीबन्धु टि–इस्टेट प्रकरणमा ओली सरकारलाई कारवाही गर्नुपर्छ : बालेन >> राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले दिए राजीनामा >> आज अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै >> चितवनमा गुडिरहेको स्कुल बसमा आगजनी >> खयरडांडामा कोरिए ऐतिहासिक देवदह झल्काउने २४ तस्वीर (फोटो फिचर) >> तिलोत्तमाको शंकरनगरमा स्कुटी ठोक्किंदा २ जना घाइते, एकको अवस्था गम्भीर >> भारी वर्षाले बुटवलका धेरै ठाउँ डुवानमा, न्यू होराइजनले दियो बिदा >> दाउन्ने सडकखण्ड अवरुद्ध >> १९७४ एडीले अमेरिकामा सांगितिक प्रस्तुती दिने >> दक्षिण एसियाली महिला सम्मेलन ललितपुरमा शुरु हुँदै >> अपाङ्गतासँगै गरिबीको अभावमा कुमारी >> गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण >> एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज >> लुम्बिनीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> चिदिका–रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली >> जनप्रतिनिधिलाई तनाव व्यवस्थापन तालिम >> नर्सिङ पेशाको गौरव र साख जोगाऊँ >> स्थानीय तहको आफ्नै लगानीमा साक्षरता >> व्यायाममा ‘तन्नेरीदेखि बृद्ध’ >> नेपालमा संघीयताका अवसर र चुनौति >> बुटवल–नारायणगढ सडकको प्रगति आधा मात्रै >> दाङमा दुइजना महिलाको हत्या >> मैत्रीपूर्ण फुटबलमा मदन भण्डारी स्पोर्टस एकेडेमी विजयी >> सोमबारदेखि बुटवलमा वडा कप क्रिकेट >> नेवारी संस्कारसंस्कृति जर्गेना गर्न सबै एकतावद्ध हुन जरुरी >> इस्मा दोहली सम्पर्क समाज रुपन्देहीको अधिवेशन सम्पन्न >> मेट्रो कलेजमा आर्ट अफ लिभिङको कार्यक्रम >> सर्वोदय पुस्तकालयको पाँचौ अधिवेशन सम्पन्न >> बुटवललाई अन्तरपालिका उपमेयर कपको उपाधि >> मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक >> म्याराथनको उपाधि रावल र भण्डारीलाई >> म यहाँसम्म आउनुमा ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयकै योगदान छः मन्त्री आचार्य >> मोदीलाई लक्षित गर्दै केजरीवालले भने–देशलाई तानाशाहीबाट बचाउनुपर्छ >> काँग्रेसले भन्यो– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्‌मा बोल्न दिइएन’ >> चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली पूर्व सर्दै, सचेत रहन सुझाव >> दाङमा अटो दुर्घटना हुँदा चालकको मृत्यु >> मुठभेडतर्फ संघीय संसद >> नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा आधा काम सम्पन्न >> राज्यबाट सुविधा लिनेले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने बर्दघाटको निर्णय >> आजको मौसम : मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा >> सेवा आयोगका अध्यक्ष मजगैयालाई विदाइ

जीवन, मृत्यु र स्वार्थ

८ भाद्र २०७५, शुक्रबार
८ भाद्र २०७५, शुक्रबार

दिपक रोका

अंगे्रजी साहित्यका महान नाटककार तथा कवि शेक्सपियरले ठान्छन् कि जीवन एक नाटक हो । हामी मानिसहरू भनेका सो नाटकका पात्रहरू हौँ । हाम्रो जन्म र मृत्यु त्यही नाटकको पात्रको आगमन र बहिर्गमन जस्तै हो । जब नाटकमा हाम्रो रोल सकिन्छ अनि हामी त्यहाँबाट बाहिरिन्छौँ । आफ्नो रोल सकिएपछि पर्दा बन्द हुन्छ । अनि उसको लागि त्यो कदापि खुल्दैन । केवल उद्वारा नाटकमा देखाइएका कलाहरू मात्र अन्य पात्रको दिमागमा रहन्छन् । जीवनको अवसान पश्चात नाटकमा रोल सकिएका पात्रको गुणहरू झैँ मानिसका गुणहरू चिनेजानेका मानिसको मानसपटलमा मात्र सिमित रहन्छन् । नाटकबाट बाहिरिएको पात्रसरह भौतिक अस्तित्व समाप्त भएर जान्छ ।
यदि संसारमा केही कुरा सत्य, निश्चित छ भने त्यो प्राणीको मृत्यू हो । जीवन निश्चित छैन तथापि मृत्यू निश्चित छ । कसैले पनि भौतिक जीवनको समयावधि यकीन गर्न सक्दैन तर मृत्यू हुन्छ भन्ने वारे भने प्रष्ट रूपमा भन्न सक्छ । कोही पनि प्राणी अमर छैनन् र मानिस त्यसको अपवाद हुन सक्ने सवाल भएन । मानिसको जन्म सँगै मृत्यू निश्चित हुन्छ । केवल तिथिमिती मात्र अनिश्चित छ । कतिपय मानिसहरू एक श ताब्दिसम्म बाँचेका हुन्छन् भने कतिपय सारै कम उमेरमा नै मृत्यूवरण गरेका हुन्छन् । यसकारण कसलाई कुन बेला कसरी मृत्यूवरण गर्नुपर्ने हो त्यो पटक्कै अनिश्चित छ । संसारमा अहिलेसम्म विज्ञानले पत्ता लगाउन नसकेको विषय पनि मानिसको मृत्यको ठ्याक्कै विन्दु नै हो ।
धार्मिक विश्वास अनुसार मानिस जन्मँदै उसले आफ्नो आयु लिएर आएको हून्छ । भावीले जन्मेको छैटौँ दिनमा नै हाम्रो निधारमा हामीले जीवनमा भोग्नुपर्ने सुख, दुख देखि मृत्यूको तिथीमिति समेत लेखिदिएको हुन्छ । भावीले तोकिदिएको पलसम्ममात्र हाम्रो जीवन रहने हो भन्ने विश्वास गरिन्छ । तथापि आधुनिक अवधारणाले त्यस प्रकारको धार्मिक विश्वासलाई पूर्ण रूपमा स्वीकार गर्दैन । आजको पढेलेखेको पिँढीले पनि यसप्रकारको आलौकिक बिचारलाई मान्न तयार हुँदैनन् । आधुनिक समाजले धार्मिक विश्वासलाई केही रूपमा स्वीकार गरे पनि विज्ञानले मृत्यूलाई भाविको लेखाभन्दा तत्कालिक कारण भनी व्याख्या गर्छ ।
यसप्रकारको अत्यन्तै अस्थायी जीवनमा हामी मानिसहरू किन एक अर्कामा सधैँ सौहार्दपूर्ण सम्वन्धमा रहन सक्दैनौँ ? किन द्वेष, रिसराग राख्छौँ । किन हामी अजम्बरी झैँ ठान्छौँ आँफूलाई ? किन हामी अरूको खेदो खन्छौँ । किन हामी आफूँ स्वर्ग त अरू नरकमै बसुन् भन्ने सोच्दछौँ ? किन हामी आफ्नो स्वार्थ पुरा गर्न अरूलाई प्रयोग या घात गछौँ ? स्वार्थ पूर्तिका खातिर आत्मकेन्द्रित बन्छौँ । किन पूर्वाग्रही बन्छौँ ? किन कपटी बन्छौँ ? कतिपय अवस्थामा किन हामी मानवता समेत प्रस्तुत गर्न सक्दैनौँ ? किन हामी दानवका रूपमा प्रस्तुत हुन समेत पछि पर्दैनौँ ?
जीवन छोटो छ । मृत्यू निश्चित छ भन्नेजस्ता सोचले हामी प्रगतितर्फ निराशाजनक भने हुनु भएन । तथापि स्वार्थको सिमा हुनु आवश्यक छ । मनोबैज्ञानिकहरू भन्छन् कि कुनै पनि मानिस स्वाभाविक रूपमा स्वार्थी हुन्छ । कुनै अप्रत्यासित घटना आइ पर्न गएमा प्रत्येक प्राणी पहिले आफ्नो ज्यान जोगाउनतर्फ लाग्छ अनिमात्र सम्भव भएसम्म आफूँ निकट रहेका व्यक्तिहरूलाई बचाउने प्रयत्न गर्छ । आफ्नो ज्यान नै जोखिममा राखेर कसैले पनि अरूको उद्धार गर्दैन । प्राकृतिक रूपमा मानिस स्वार्थी हुन्छ नै । जन्मपछि उ जसरी पनि पहिला आफू बाँच्न चाहन्छ । बाँच्नका लागि ऊ संघर्ष गर्छ । पहिला आफू अनि अरू भन्ने मनोविज्ञानको विकास त्यहीँबाट शुरु हुन्छ । यसबाट पनि मानिस सबैभन्दा पहिलो प्राथमिकतामा आँफूलाई राख्छ भन्ने प्रष्ट हुन्छ । आँफूलाई केन्द्रमा नराखि कोही अरूको भलाइ गर्दैैन । तथापि आफ्नो लगाएत परिवार, गाउँ, समाज र देशको समेत स्वार्थलाईजोडेर व्यक्तिले काम गरेमा सबैको भलाइ हुन्छ । आफ्नो स्वार्थ पुरा गर्ने नाममाअरूको कुभलो हुने कामतर्फ उद्धत्त हुनु भएन । आफ्नो मात्र भलो हुने काम गर्नुभएन । आफ्नो साथै अरूको समेत स्वार्थपूर्ति हुने गरी काम गर्नुप¥यो ।
वास्तवमा स्वार्थ कति उचित छ त भन्ने विषयमा आफ्ना आप्mना तर्क छन् । एक सिमासम्म स्वार्थ आवश्यक पनि छ । सिमित स्वार्थ नभई कुनै पनि क्षेत्रको विकास सम्भव छैन । स्वार्थले गर्दा नै मानिसमा परिवर्तन, समृद्धि, विकासको भावना बिजारोपण गराउँछ । व्यक्तिको विकास, समृद्धि हुनु भनेको परोक्ष रूपमा देशकै लागि सकारात्मक कुरा हो । त्यसैले मानिसमा स्वार्थ हुनु आवश्यक छ । स्वार्थ नै भएन भने मानिसले प्रगति गर्न सक्दैन । स्वार्थले आफ्नो विकास र समृद्धि चाहन्छ जो कालान्तरमा देश र संसारकै लागि समेत समृद्धिको एक पक्ष बन्न जान्छ । त्यसैले जो कोही पनि आफ्नो स्वार्थ पुरा गर्ने सिलसिलामा समाजको स्वार्थलाई साथै लिएर अगाडि बढ्नु आवश्यक छ । आफ्नो भलाईको खातिर अरूलाई घात गर्नु जीवनको एक महान भूल र पाप समेत हो ।
जहाँसम्म सामाजिक उत्तरदायित्वको सवाल छ त्यसमा पनि व्यक्तिको स्वार्थ गाँसिएर आउनु आवश्यक छ । समाजमा आफू रहने भएकोले त्यसको सकारात्मक विकासमा पनि आफ्नो स्वार्थ केन्द्रित हुनु जरुरी छ । आफू व्यक्तिगत रूपमा समाजप्रति उत्तरदायी हुनु नै समाजको विकास र समृद्धि हुुनु हो । आफू कुनै संस्थामा आवद्ध भएको भए कर्पोरेट सामाजिक उत्तरदायित्वका आधारमा समाजका लागि देन दिनु आवश्यक छ । आजको समाजमा विकास निर्माण देखि समस्त सामाजिक क्रियाकलाप सही ढंगले चल्न र चलाउन व्यक्तिमात्र नभएर सस्थाहरू पनि लागि पर्नु जरुरी छ । व्यक्ति र संस्थाहरूको समाज समृद्ध बनाउने स्वार्थ मिलेमा देशले विकासको गति लिन सक्छ ।
अमेरिकी विद्वान जेम्स डिन भन्छन् सपना यति महान देख्नुस् कि तपाई सधैँ बाँच्नुहुनेछ र जीवन यसरी जीउनुस कि तपाईँ आजै मर्दै हुनुहुन्छ । वास्तवमा क्षणिक जीवनमा हामी आफ्नो मात्र नभएर अरूको खातिर समेत काम गर्नुपर्दछ ता कि आफू मृत्यू पश्चात पनि अमर रहन पाइयोस् । आफूले त्यस्तो वृहद सपना देख्नु आवश्यक छ जस मार्फत आफूमात्र नभई अरूको समेत भलाई गाँसिएर आओस् । त्यसो गरेमा जीवनलाई तनावबिहीन तरिकाले अगाडी बढाउन सकिन्छ । त्यसैले क्षणिक जीवनमा आफ्नो स्वार्थ केन्द्रितमात्र भएर अरूको इच्छा, चाहना, कर्ममा नियतवस कुठाराघात गर्नु भएन । सबैको जीवन सुन्दर बनाउन हामीले आफ्नो मात्र नभई अरूको स्वार्थ समेतलाई बुझेर जीवन संचालन गर्नु उचित हुन्छ ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np