ट्रेंडिंग:

>> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते

आचारसंहिता विपरित सुरक्षाकर्मीको दलबल सहित भोट माग्दै गृहमन्त्री खाँण

३ कार्तिक २०७९, बिहीबार
३ कार्तिक २०७९, बिहीबार

भैरहवा, ३ कात्तिक ।

गृहमन्त्री बालकृष्ण खाणले निर्वाचन आचारसंहिताविपरीत सुरक्षाकर्मीको दलबलसहित मतदातामाझ पुगेका छन् । सत्तारुढ गठबन्धनबाट रुपन्देहीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि चुनावका लागि उम्मेदवार बनेका खाण दर्जन बढी सुरक्षार्कीलाई साथमा लिएर मत माग्दै वडा वडामा पुगेका हुन् ।

काँग्रेस केन्द्रीय सदस्य समेत रहेका खाँणले भैरहवामा वडास्तरीय प्रचार प्रसार कार्यालयको उदघाटन गर्न जाँदा दर्जन बढी सुरक्षाकर्मी लिएर पुगेका हुन् । उनको सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान र सादा पोशाकका सुरक्षाकर्मी गरी दुई दर्जन बढी प्रहरी खटिएका छन् । जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको कमान्डमा गाडीसहित प्रहरी परिचालन गरेको छ भने सशस्त्र प्रहरीको २७ नम्बर गणले पनि सशस्त्र प्रहरी निरीक्षककै कमान्डमा सशस्त्र प्रहरी गाडीसहित छ । ट्राफिक प्रहरी पनि ट्राफिक व्यवस्थापनका लागि खटेको छ ।

बहालवाला मन्त्री भएकाले सरकारले नै व्यक्तिगत सुरक्षाका लागि सुरक्षाकर्मी प्रदान गरे पनि क्षेत्रगत रूपमा जिल्लाबाट पनि कार्यक्रम भएको स्थलमा प्रहरी परिचालन हुँदै आएको छ । घन्टौसम्म हुने कार्यक्रममा सुरक्षाकर्मी क्षेत्र नम्बर ३ का उम्मेदवार सँगसँगै छन् ।

सरकारी खर्चमा सरकारको गाडी प्रयोग गर्दै प्रचार प्रसारमा मतका लागि अनुरोध गर्नु निर्वाचन आचारसंहिता विपरित हुन्छ । ‘उहाँ आउँदा हामीलाई आवागमनमा समस्या भइरहेको छ, प्रहरीले यताबाट नजाऊ उताबाट जाऊ भन्दै बाटो देखाइरहेको छ । यति नै सुरक्षाको डर छ भने निर्वाचन किन लड्नु भएको हो, सधैं भैरहवामै हिँडिरहँदा हामीलाई सास्ती भएको छ,’ एक स्थानीयले भने ।

निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद २ को ४ (क) मा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाले त्यस्तो निकाय वा संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने उल्लेख छ ।

त्यस्तै परिच्छेद ३ को दफा ५ क १ को (क)मा प्रतिबन्धाथ्मक वाक्यांशबमोजिम निर्वाचन प्रचार प्रसारमा संलग्न हुने नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिका पदाधिकारीले निर्वाचन प्रचार प्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न नहुने छ । तर सरकारकै गाडी रहेको प्रहरीको गाडी प्रयोग भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?