ट्रेंडिंग:

>> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु 

खुमबहादुरको विरासत जोगाउन मत माग्दै छोरा अनुराग

३ कार्तिक २०७९, बिहीबार
३ कार्तिक २०७९, बिहीबार

लमही,३ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको निधन पछि उनको विरासत थाम्नका लागि उत्तराधिकारीका रुपमा छोरा अनुराग खड्का राजनीतिको फ्रन्ट लाइनमा उभिएका छन । नेपाली राजनीतिमा छुट्टै छवि बनाएका नेता खुमबहादुर खड्काका एक्ला छोरा अनुराग यतिबेला बाबुको सपना सकार पार्न भन्दै आसन्न प्रदेश सभा सदस्यको निर्वाचनमा दाङ – १ ‘ख’ बाट सत्ता गठबन्धनको उम्मेदवा रबनेका छन् । उनले नेकपा एमालेका प्रत्यासी कुलबहादुर केसीसंग प्रतिस्पर्धा गर्दैछन् ।
खुमबहादुर पक्षधरको उनका छोरालाई दोस्रो खुमबहादुरका रुपमा देख्न चाहेको जिल्लामा चर्चा छ । छोरा अनुराग पनि बाबु जस्तै साहसी, तुरुन्तै डिसिजन गर्न सक्ने र चतुर बनोस भन्ने शुभ चिन्तकहरुको चाहना छ ।
योगेन्द्र चौधरी, कृष्ण किशोर घिमिरे, सुशिला चौधरी र अनुराग खड्का प्रतिनिधि सभा सदस्य तर्फ दाङ – १ बाट सिफारिसमा परेका थिए । दाङ – १ मा प्रतिनिधि सभा सदस्य तर्फको भागबण्डा एकीकृत समाजवादीलाई परेपछि योगेन्द्र चौधरीले समानुपातिक रोजे, अनुरागले प्रदेशमा झर्ने मनस्थिति बनाएपछि उनि निकट नेताहरुले प्रदेशको लागि लविङ्ग गरेका थिए भने अन्य नेताहरु पछि हटेका थिए ।
दाङ– १ कांग्रेसका स्वर्र्गीय नेता खुमबहादुर खड्काले प्रायः चुनाव जित्दै आएको क्षेत्र हो । अहिले यो क्षेत्र एकीकृत समाजवादीलाई परेको छ ।
कुनै बेला नेपाली राजनीतिमा प्रभाव जमाएका कुशल राजनीतिज्ञ खुमबहादुरको बिरासत जोगाउने अभिभारा यतिबेला छोरा अनुरागको भागमा परेको छ । थारु र यादव समुदायको बाक्लो बस्ती रहेको दाङ – १ मा खुमबहादुर नरहे पनि उनका पक्षधर अनुरागले टिकट पाएपछि खुसी देखिन्छन । त्यसो त खुमबहादुरमाथि विपक्षीहरुले भ्रष्ट र सत्ताको आडमा गुण्डागर्दी र आतंक मच्चाउने नेताका रुपमा आरोप लगाउने पनि गर्दथे ।
अनुराग बाबुको निधन पछि नेपाल फर्किएर राजनीतिमा इन्ट्री गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?