ट्रेंडिंग:

>> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत

कसले गर्ला लुम्बिनी प्रदेश सरकारको नेतृत्व ?

यस्ता छन् दर्जन आकांक्षी
२ कार्तिक २०७९, बुधबार
२ कार्तिक २०७९, बुधबार

बुटवल, २ कात्तिक ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिंदै जाँदा लुम्बिनीमा मुख्यमन्त्री को बन्ला भनेर चासो व्यक्त गर्न थालिएको छ । मुख्य दलका प्रभावशाली नेताहरुको बाहुल्यता रहेकाले पनि भावी मुख्यमन्त्रीलाई चासोपुर्वक हेरिएको छ ।

अघिल्लो निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा एमाले नेता शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने गरी पार्टीले अगाडि सारेको थियो । चुनाव जितेपछि उनी नै प्रदेशको मुख्यमन्त्री बने र साढे तीन वर्ष सरकार चलाए । यसपल्ट कुनै पनि दलले भावी मुख्यमन्त्रीको रुपमा कसैलाई अगाडि सारेका छैनन् । यद्यपि मुख्य दलबाट विभिन्न नेताले मुख्यमन्त्री बन्ने गृहकार्य भने गरिरहेका छन् ।

लुम्बिनी प्रदेशसभामा ५२ निर्वाचन क्षेत्रमध्ये नेपाली काँग्रेसले ३३ सिटमा उम्मेदवार उठाएको छ । बाकी सिट गठबन्धनमा सहभागी माओवादी केन्द्र र लोसपाको भागमा छन् । नेकपा एकीकृत समाजवादीले भने प्रदेशसभामा कुनै सिट पाएको छैन ।

काँग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेशसभाको निर्वाचन लड्दै छन् । रोल्पा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट उम्मेदवार बनेका उनले काँग्रेस ठूलो दल भए आफू मुख्यमन्त्री बन्नेगरी पार्टीभित्र गृहकार्य गरेको उनीनिकट एक नेताले बताए ।

तर काँग्रेस नेता पुन उम्मेदवार बनेको क्षेत्रबाटै विद्रोही माओवादीका दीपेन्द्र पुन मगर पनि चुनाव लड्दै छन् । जसका कारण पुनको मुख्यमन्त्री बन्ने चाहनामा ब्रेक लाग्ने अनुमान पनि कतिपयले गरेका छन् । माओवादी परित्याग गरेर उम्मेदवार बनेका दीपेन्द्र यसअघि नै प्रदेशसभा सदस्य थिए । माओवादीलाई लुम्बिनी प्रदेशमा १७ सिट दिनुले उसलाई मुख्यमन्त्री दिनबाट रोक्ने उद्देश्य रहेको बताइएको छ ।

लुम्बिनी प्रदेशसभामा राष्ट्रिय जनमोर्चा र लोसपाले १÷१ सिटमा मात्र उम्मेदवारी दिएका छन् । काँग्रेसबाट मुख्यमन्त्रीका अर्का आकांक्षी विरेन्द्रकुमार कनौडिया कपिलवस्तस ३ को प्रदेशसभा २ बाट चुनाव लड्दै छन् । उनी यसअघि प्रदेशमा कांग्रेस संसदीय दलका नेता थिए । “यसअघि संसदीय दलको नेताको भूमिका कुशलतापुर्वक निभाएकाले स्वाभाविक रुपमा मुख्यमन्त्रीमा मेरो दावी रहन्छ”–उनले भने ।

एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा पार्न माओवादीसँग ८÷८ महिना सरकार चलाउने सहमति गर्दा पनि कानोडिया मुख्यमन्त्री बन्ने गरी सहमति भएको थियो । तर, पछि माओवादीले नछोडेपछि उनी मुख्यमन्त्री बन्न पाएनन् । लुम्बिनी प्रदेशका पुर्वमन्त्री डिल्ली चौधरी र रुपन्देहीका पुर्व सभापति अब्दुल रज्जाक पनि मुख्यमन्त्रीको दौडमा छन् । चौधरी दाङ ३ (१) बाट र रज्जाक रुपन्देहीको निर्वाचन क्षेत्र १ (२) बाट प्रतिष्पर्धामा छन् ।

काँग्रेसका प्रदेश सभापति अमरसिंह पुनले विभिन्न नेताहरुले मुख्यमन्त्रीको चाहना राख्नु स्वाभाविक रहेको बताए । “उम्मेदवार बनेपछि मुख्यमन्त्रीको चाहना राख्नु स्वाभाविक हो, मेरो पनि चाहना छ, अरु साथीहरुको पनि होला”–उनले भने ।

गठबन्धनबाट भागवण्डामा १७ सिटमा खुम्चिएको माओवादी केन्द्रमा पनि विभिन्न नेता मुख्यमन्त्रीका आकांक्षी छन् । जोखबहादुर महरा र सुदर्शन बराल माओवादी केन्द्रबाट मुख्यमन्त्रीका बलिया दावेदार हुन् । माओवादी केन्द्रले यसका लागि चुनावपछि कि त काँग्रेससँगको गठबन्धन जारी राखेर उसलाई मनाउनुपर्छ, नभए एमालेसँग तालमेल गरी मुख्यमन्त्री बन्नुपर्ने हुन्छ । माओवादीका नेता आफ्नै बलबुतामा मुख्यमन्त्री बन्न भने असम्भव जस्तै देखिएको छ ।
जोखबहादुर महरा यसअघि अध्यक्ष पुष्पकमल दाहालको सचिवालयमा बसेर काम गरेका थिए । उनी अहिले रोल्पाको क्षेत्र नम्बर १ (१) बाट उम्मेदवार छन् । यसअघि सोही क्षेत्रबाट कुलप्रसाद केसीले चुनाव जितेका थिए । केसी अहिले मुख्यमन्त्री छन् भने प्रदेशसभाको टिकट पाएनन् ।

शंकर पोखरेल नेतृत्वको सरकारमा सामाजिक मन्त्री भएर काम गरेका सुदर्शन बराल मुख्यमन्त्रीका बलिया दाबेदार रहेको माओवादी नेताहरु बताउँछन् । उनी गुल्मी क्षेत्र नम्बर १ (१) बाट प्रदेश सभाम उम्मेदवार बनेका छन् । माओवादीले मुख्यमन्त्री पाउने सम्भावना देखिएको अवस्थामा उनलाई अघि सार्ने सम्भावना छ । बराल माओवादी नेता वर्षमान पुन निकट मानिन्छन् । प्रदेश योजना आयोगमा उपाध्यक्ष रहिसकेका बामदेव क्षेत्र मुख्यमन्त्री बन्ने आकांक्षासहित रुपन्देही क्षेत्र नम्बर २ (२) बाट चुनाव लड्दै छन् । त्यस्तै रुपन्देहीकै क्षेत्र नम्बर ५ (१) बाट चुनाव लडेका विनोद पहाडी पनि मुख्यमन्त्रीका आकांक्षी छन् ।

उता, यसअघिको निर्वाचनमा लुम्बिनी प्रदेशमा पहिलो दल बनेको एमालेले प्रदेशका ५२ मध्ये ४७ क्षेत्रमा उम्मेदवारी दिएको छ । उसले जसपा र राप्रपासँग तालमेल गरी प्रदेशमा बहुमत ल्याउने कसरतमा जुटेको छ । एमालेबाट चारजना नेता मुख्यमन्त्रीका बलिया दावेदार देखिएका छन् ।

एमालेका पोलिटब्यूरो सदस्यद्वय लिला गिरी र दधिराम न्यौपाने प्रदेशसभामै निर्वाचन लड्दै छन् । दुवै नेता मुख्यमन्त्रीका बलिया दावेदार हुन् । दुर्वजना लुम्बिनी प्रदेशका सहइन्चार्ज छन् । गिरी रुपन्देही क्षेत्र नम्बर २ (१) बाट चुनाव लड्दै छन् भने न्यौपाने क्षेत्र नम्बर १ (२) बाट प्रतिष्पर्धामा छन् । गिरी यसअघिको सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थिए ।

त्यस्तै एमालेबाट रुपन्देहीको क्षेत्र नम्बर २ (२) बाट निर्वाचन लडेका भोजप्रसाद श्रेष्ठ पनि मुख्यमन्त्रीका आकांक्षी छन् । उनी पार्टीका प्रदेश उपाध्यक्ष छन् । ं त्यस्तै एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डे पनि मुख्यमन्त्रीको आकांक्षा सहित दाङको ३ (१) बाट चुनावी दौडमा होमिएका छन् ।

एमालेका अर्का केन्द्रीय सदस्य भूमिश्वर ढकाल पनि मुख्यमन्त्रीको आकांक्षी छन् । उनी यसअघि प्रदेशसभाको प्रमुख सचेतक थिए । उनी रूपन्देहीको ५ (१) बाट उम्मेदवार छन् ।

लुम्बिनीमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलकै इच्छामा भर पर्ने भएकाले दुवैको रोजाइमा गिरी पर्न सक्ने चर्चा छ । पार्टीको वरियतामा अगाडि रहेका, संघीय निर्वाचनको तयारी गरेका र यसअघि प्रदेश सभामा पुगेकाहरुबाटै मुख्यमन्त्री बनाउने गरी दलहरुले रणनीति अपनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?