ट्रेंडिंग:

>> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

जनताका आधारभूत समस्या ख्याल गरेर काम गर्छुः श्रेष्ठ

१ कार्तिक २०७९, मंगलवार
१ कार्तिक २०७९, मंगलवार

बुटवल, १ कात्तिक ।

नेकपा एमाले प्रदेशसभा सदस्य पदका उम्मेदवार भोजप्रसाद श्रेष्ठले आफू निर्वाचित भए जनताको पूर्ण विश्वास जितेर काम गर्ने बताएका छन् । रूपन्देही क्षेत्र नम्बर २ (२) का उम्मेदवार श्रेष्ठले जनताको आधारभूत आवश्यकतालाई ख्याल गरी ठोस योजनाका साथ काम गर्ने प्रतिबद्धता जनाए ।

मंगलबार बुटवलमा पत्रकारहरुसँगको छलफलमा उम्मेदवार श्रेष्ठले प्रदेश संरचनालाई बलियो बनाउँदै जनताका समस्यालाई गम्भीरताका साथ लिएर इमानदारितापूर्वक काम गर्ने बताए । प्रदेशका पूर्व मन्त्री समेत रहेका श्रेष्ठले बुटवलका ठूलो योजना कार्यान्वयनमा जोड दिँदै विकासको मोडलमा बुटवललाई नमूना बनाउन आफ्नो सम्पूर्ण ध्यान हुने बताए । ‘शिक्षा, स्वास्थ्य र रोजगारी जनताका प्रमुख आवश्यकता हुन’ श्रेष्ठले भने, ‘सर्वशुलभ बन्नुपर्छ, त्यो मेरो पहिलो आवश्यकता हो । तीन तहको सरकारलाई सहसम्बन्धन कार्यान्वन गर्दै जाने प्रयत्न मेरो रहनेछ ।’ जनतालाई पूरा गर्न नसकिने बाचाहरुप्रति आफू सचेत रहेको भन्दै गर्न सक्ने कुराहरु मात्र आफूले प्रतिबद्धताका रुपमा अगाडि सार्ने पनि श्रेष्ठले बताए ।

प्रदेश सरकारको छोटो कार्यकालको लागि स्वास्थ्यमन्त्री हुँदा पनि आफूले जनताका लागि दीर्घकालीन महत्वका काम गरेको भन्दै आगामी दिनमा पनि त्यस्तै कामहरु गर्ने आफ्नो योजना रहेको उनले सुनाए । सिद्धबाबाको वैकल्पिक मार्ग, झुम्सा खानेपानी, बुटवलको सडक, छाडा चौपाया व्यवस्थापन, फोहोरको दीर्घकालीन व्यवस्थापनको लागि आफू सधै लागिरहेको उनको भनाई छ । श्रेष्ठ २०७४ को प्रदेशसभा निर्वाचनमा पनि रुपन्देही–२ (२) मा भारी मतका साथ विजयी भएका थिए ।

यो क्षेत्रमा एमालेबाट प्रतिनिधिसभा सदस्य पदका एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल र रूपन्देही–२ (१) प्रदेशसभामा लिला गिरी उम्मेदवार छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?