ट्रेंडिंग:

>> लुम्बिनी बोर्डिङमा निशुल्क दन्त शिविर >> वडा कपमा वडा नं २ र ७ विजयी >> ‘थारु समुदायको हकहितका लागि बरघर प्रथा आवश्यक’ >> म्याद गुज्रेको औषधि भेटिएपछि विक्रिमा रोक >> यो वर्ष ६५ प्रतिशतसम्म बढी गर्मी र वर्षा हुने >> कोशी प्रदेश सभा वैठक कांग्रेसद्वारा वहिष्कार >> २ अर्ब बढीको अवैध अनलाइन सट्टेबाजीमा संलग्न २४ वर्षे युवा पक्राउ >> होटल ब्यवसायीलाई १६ दिने फ्रन्ट अफिस तालिम >> कांग्रेस संसदीय दलको वैठक भोलिलाई स-यो >> तोलामा ३ सय रुपैयाँ घट्यो सुन >> जसपा नेपालले छाड्यो सरकार >> बाणिज्य बैंकहरुले घटाएको मुद्दती निक्षेपको ब्याजदर कसको कति ? (सूचिसहित) >> कांग्रेस संसदीय दलका दुई वैठक बस्दै >> वर्ल्डलिङ्कको रिट खारेज, करिब चार अर्ब राजस्व असुल हुने >> जसपा नेपाल सरकारबाट फिर्ता हुने, उपेन्द्रले आज राजीनामा दिंदै >> आजको मौसम : लुम्बिनीसहित ३ प्रदेशमा मेघगर्जनसहित वर्षा >> बुटवलमा बाढीले गराएको खबरदारी ! >> खोप अभियानलाई सबै मिलेर सफल बनाऔं >> पैसा कमाउँदै ‘गढवाको गौमुत्र’ >> ‘तीन खेती’ सिकाउँदै ज्ञान केन्द्र >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधानमन्त्री प्रचण्ड युद्ध अपराधी हुन्,तुरुन्त राजीनामा दिनुपर्छ : डा. केसी >> दम्पती मृत फेला >> अर्थतन्त्र सुधारका लागि राजनीतिक संरचना बदलौं : बाबुराम भट्टराई >> ९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स >> बिरामीको सहारा बन्दै स्वास्थ्य बिमा >> नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री >> संसदीय समिति बनाउन प्रधानमन्त्री सकारात्मक हुनहुन्छ- कांग्रेस >> तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ >> गिरीबन्धु टि–इस्टेट प्रकरणमा ओली सरकारलाई कारवाही गर्नुपर्छ : बालेन >> राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले दिए राजीनामा >> आज अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै >> चितवनमा गुडिरहेको स्कुल बसमा आगजनी >> खयरडांडामा कोरिए ऐतिहासिक देवदह झल्काउने २४ तस्वीर (फोटो फिचर) >> तिलोत्तमाको शंकरनगरमा स्कुटी ठोक्किंदा २ जना घाइते, एकको अवस्था गम्भीर >> भारी वर्षाले बुटवलका धेरै ठाउँ डुवानमा, न्यू होराइजनले दियो बिदा >> दाउन्ने सडकखण्ड अवरुद्ध >> १९७४ एडीले अमेरिकामा सांगितिक प्रस्तुती दिने >> दक्षिण एसियाली महिला सम्मेलन ललितपुरमा शुरु हुँदै >> अपाङ्गतासँगै गरिबीको अभावमा कुमारी >> गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण >> एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज >> लुम्बिनीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> चिदिका–रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली >> जनप्रतिनिधिलाई तनाव व्यवस्थापन तालिम >> नर्सिङ पेशाको गौरव र साख जोगाऊँ >> स्थानीय तहको आफ्नै लगानीमा साक्षरता >> व्यायाममा ‘तन्नेरीदेखि बृद्ध’ >> नेपालमा संघीयताका अवसर र चुनौति

चन्द्रौटाका सरकारी निकायमा सिसी क्यामरा

६ भाद्र २०७५, बुधबार
६ भाद्र २०७५, बुधबार

सेवाग्राहीको सेवालाई चुस्तदुरुस्त र प्रभावकारी बनाउन कपिलवस्तुको शिवराज नगरपालिका यतिबेला प्रविधिमैत्री बनेको छ ।
सेवाग्राहीको जनगुनासोलाई कम गर्न सिसी क्यामराद्वारा निगरानी बढाइएको हो । सिसी क्यामरा जडानले सुशासन, पारदर्शिता र सेवाग्राहीलाई सेवा प्रवाहमा सहजता आउने प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले विश्वास व्यक्त गरे । प्रमुख प्रशासकीय अधिकृत पौडेलले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको काममा कर्मचारीहरूले ढिलासुस्ती र आलटाल गर्ने गरेको जनगुनासो बढेपछि सिसी क्यामरा जडान गरिएको बताए । सिसी क्यामरा जडानले सेवीग्राहीको सेवालाई पारदर्शी बनाउन सकिने पौडेलको भनाई छ ।
नगरपालिकाले विभिन्न शाखाहरूको निगरानी गर्न नगरप्रमुख नेत्रराज अधिकारी र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा मनिटर राखिएको छ । नगरपालिका कार्यालयमा विभिन्न शाखामा र बाहिर प्राङ्गगणसम्मको निगरानी हुने गरी १६ वटा सिसी क्यामरा गरिएको छ । पौडेलका अनुसार सिसी क्यामरा जडानमा करीब ४ लाख खर्च भएको जनाए । क्यामरा जडान पश्चात कर्मचारीले सेवाग्राहीलाई चुस्तदुस्त सेवा प्रवाह गरे नगरेको निगरानी गर्न सजिलो भएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । साथै सेवाग्राहीले पनि क्यामराको निगरानी छ भन्ने थाहा पाएपछि कार्यालयभित्र अनुशासित ढंगले बस्ने गरेका र जथाभावी फोहोर गर्ने जस्ता प्रवृत्तिमा समेत कमी आएको नगरप्रमुख नेत्रराज अधिकारीले बताए ।
नगरपालिकाको कार्यालयमा मात्रै नभएर सेवाग्राहीको सेवालाई मध्यनजर गर्दै वडा प्रहरी कार्यालय चन्द्रौटा र इलाका प्रशासन कार्यालय चन्द्रौटामा पनि सिसी क्यामरा जडान गरिएको छ ।
चन्द्रौटा बजार चोकमा पनि सिसी क्यामरा जडान गरी वडा प्रहरी कार्यालयबाट निगरानी गरिएको छ । चन्द्रौटा बजार क्षेत्रमा हुने विभिन्न अपराधिक घटनामा कमी ल्याउन र अपराध अनुसन्धानमा सहज होस् भनी सिसी क्यामरा जडान गरिएको प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताए ।यता इलाका प्रशासन कार्यालयमा पनि जनगुनासोमा कमी ल्याउन सिसी क्यामराबाट निगरानी बढाएको प्रशासन प्रमुख नरबहादुर खडकाले बताए ।
कर्मचारीले सेवाग्राहीलाई छिटो छरितो सेवा नदिने, पहिले आएका सेवाग्राहीको पालो मिचेर पछि आएका सेवाग्राहीको काम छिटो गरिदिने, अनियमितता जस्ता जनगुनासो बढेपछि कार्यालयको कामकाज र जनताले पाउने सेवा सुविधालाई चुस्तदरुस्त बनाउन २ लाख ३३ हजारको लागतमा ५ वटा क्यामरा जडान गरिएको शाखा अधिकृत जगदीश अर्यालयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?