ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

सरकारी जग्गा खाली गर्ने तयारीमा वीरेन्द्रनगर

विकल्प नदिई हटाउन लागिएको भन्दै व्यवसायी आन्दोलित
२८ फाल्गुन २०८०, सोमबार
२८ फाल्गुन २०८०, सोमबार

सुर्खेत, २८ फागुन ।

वीरेन्द्रनगर नगरपालिकाले भाडामा लगाएका सरकारी जग्गा खाली गर्न भनेपछि व्यवसायीहरु आन्दोलित बनेका छन् । पालिकाले आफुहरुलाई विकल्पविना नै जग्गा खाली गर्न लगाएको भन्दै उनीहरु आन्दोलित बनेका हुन् । वीरेन्द्रनगर वडा नम्वर ६ बजार क्षेत्र अन्तर्गत गोदाम लाइन, हङकङ बजार र हटिया लाइन क्षेत्रमा विभिन्न एक सय २५ पसल छन् । नगर विकास समितिको जमिन भाडामा लिएर साना व्यवसायीहरूले व्यापार गर्दै आइरहेका छन् ।

सुर्खेत उपत्यका नगर विकास समितिले सार्वजनिक जग्गामा पहुँचको भरमा बनाइएका संरचना हटाउन अन्तिम पटक चेतावनीसहितको सूचना माघ १७ गते निकालेको थियो । ३५ दिनभित्र संरचना हटाउन भन्दै जारी गरिएको सूचनामा भनिएको छ, ‘तोकिएको समयावधिभित्र पनि संरचना नभत्काई अटेर गरी बसेमा प्रचलित ऐन, कानुन, नियम र समितिको निर्णय अनुसार भत्काउन लाग्ने खर्च सम्बन्धित व्यक्ति तथा संस्थाबाट बेहोर्ने गरी संरचना भत्काइ जग्गा खाली गराउन समिति बाध्य हुने ब्यहोरा समेत यसै सूचनामार्फत जानकारी गराइन्छ ।’

गोदाम क्षेत्र, घण्टाघर लाइन तथा हटिया क्षेत्रमा रहेका सम्पूर्ण अस्थायी घर, टहरा, घुम्टी तथा अन्य संरचना हटाउने समितिको योजना छ । नगरपालिका (नगर विकास समिति) ले प्रकाशित सूचनाको समयावधि सकिएको दिनदेखि संरचना हटाउन भन्दै उक्त क्षेत्रमा माइकिङ गरिरहेको छ । फागुन ३० गतेसम्म संरचनाहरु नभत्काएको खण्डमा नगरपालिकाले आफै बल प्रयोग गरी संरचना भत्काउने चेतावनी समेत दिइरहेको छ ।

तर, व्यवसायीहरू आर्थिक मन्दीले सताइरहेको अवस्थामा तत्काल अन्यत्र जाने कुनै ठाउँ नरहेको भन्दै संरचना भत्काउन तयार छैनन् । व्यवसायीहरूले कम्तीमा दुई वर्षसम्म सम्झौता थप गरिदिनुपर्ने बताइरहेका छन् । उनीहरु पीडित व्यवसायी संघर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएका छन् । ‘हामी जग्गा अतिक्रमणकारी होइनौँ, नगर विकास समितिले बसालेको हो र राज्यलाई कर तिरेका छौँ’ व्यवसायी दिलिपजंग शाही भन्छन्, ‘अतिक्रमण गरेको जग्गा २९ गतेभित्र खाली गर भनिरहेको छ, यो गलत हो । हामीलाई वर्षौं पहिले नगर विकास समितिले नै राखेको हो । यसरी राज्यले नै हामीमाथि अपमान गर्नु भएन ।’

बैंकको ऋण रहेको र पसल अन्यत्र लैजाँदा उधारो रकम समेत उठाउन कठिन हुने भन्दै साना व्यवसायीलाई विस्थापित गराउने कुरा राम्रो नभएको व्यवसायीहरुको भनाई छ । नगरपालिकाले सम्झौता र विकल्प दुवै नदिएको खण्डमा तालाचाबी लिएर नगरका मेयरलाई बुझाइने उनीहरूको भनाइ छ ।

नगर विकास समितिले गोदाम लाइन, हटियालाइन र हङकङ बजारका साना फेन्सी व्यवसायीलाई हटाइ उक्त क्षेत्रमा पार्किङ, पार्क निर्माण लगायतका संरचना बनाउने तयारी गरेको छ । तर, नगर विकास समितिले बारम्बार सूचना जारी गर्दा पनि व्यवसायीहरूले अटेर गरिरहेको जनाएको छ । नगरले दसैँ अगाडि नै सो स्थानबाट व्यवसायीलाई हटाउन खोजेको थियो । तर, दसैँतिहारमा व्यवसायीहरूलाई समस्या होला भनेर पछि हटेकोे नगर विकास समितिको भनाइ छ । अहिले ती संरचना हटाइ पार्किङ, पार्क लगायतका संरचना बनाउने योजना रहेको नगरप्रमुख मोहनमाया ढकाल बताउँछिन् । नगर विकास समितिका अध्यक्ष समेत रहेकी नगरप्रमुख ढकालले ३० गतेसम्म खाली गर्नुपर्ने बताउँछिन् । ढकालका अनुसार यस अघि पनि दुई पटक सार्वजनिक सूचना जारी भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?