ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

कर्णालीको नेतृत्व लिन रस्साकस्सीः केन्द्रको निर्णय कुर्दै प्रदेश नेतृत्व

२७ फाल्गुन २०८०, आईतवार
२७ फाल्गुन २०८०, आईतवार

सुर्खेत, २७ फागुन ।

काँग्रेस सरकारबाट बाहिरिएसँगै कर्णाली सरकारको गठनका विषयमा चर्चा सुरु भएको छ । सरकार गठनसँगै प्रदेशको नेतृत्व कसले लिने भन्ने विषय सर्वत्र चासोको विषय बनेको छ । सत्ता समीकरण बदलिएसँगै कर्णाली प्रदेशको मुख्यमन्त्रीमा दुवै पार्टीले दावी गर्दै आएका छन् । यद्यपि यहाँको नेतृत्वको विषयमा केन्द्रको निर्णय कुरिरहेको अवस्था छ ।

माओवादीले हाल सरकारको नेतृत्व गरिरहेको अवस्थामा यही नेतृत्वमा सरकार गठन हुनुपर्ने दावी गरेको छ । यता एमालेले भने यसअघि पटक–पटक गठबन्धनबाट धोका पाएको भन्दै कुनै पनि हालतमा यो पटक नेतृत्व छाड्न नसकिने जनाएको छ । तसर्थ कसको नेतृत्वमा सरकार बन्छ भन्ने कुरा अहिले यसै भन्न सकिने अवस्था छैन ।

एमाले नेता यामलाल कँडेल २०७४ देखि नै मुख्यमन्त्री बन्ने दौडमा छन् । मुख्यमन्त्री बन्नकै लागि प्रदेशसभाको चुनाव लडेका उनी पार्टीभित्रैबाट असहयोग हुँदा मुख्यमन्त्री बन्न सकेनन् । २०७४ को चुनावमा एमालेको २० सिट हुँदा पनि पार्टीभित्रकै चार जना नेताले फ्लोर क्रस गर्दा प्रतिपक्षको भूमिकामा बस्नुप¥यो । तसर्थ यसपटक नयाँ गठबन्धनमा जसरी पनि एमालेले नै प्रदेशको नेतृत्व गर्न पाउनुपर्ने एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईंको भनाई छ ।

पछाईले माओवादी र कांँग्रेसले समेत सरकारको नेतृत्व गरेर परीक्षण भइसकेको भन्दै जनताले पनि एमालेको नेतृत्व हेर्न चाहेको दावी गरे । ‘काँग्रेस र माओवादीले सरकारको नेतृत्व असफल भइसकेको छ, अब एमालेले प्रदेशको नेतृत्व गर्नुपर्छ’ उनले भने, ‘कर्णालीका जनताले पनि एमालेको नेतृत्व हेर्न चाहेका छन् । नागरिकहरुको अपेक्षा पनि एमालेले नेतृत्व गरोस् भन्ने छ ।’ उनले यसपटक एमालेको नेतृत्वमा प्रदेश सरकार बनाउनको लागि केन्द्रसँग लबिङ भइरहेको पनि जानकारी दिए ।

यसअघि प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु हुँदै गर्दा माओवादी र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति बनेको थियो । तर लगत्तै केन्द्रीय समीकरण बदलिएपछि एमाले प्रदेश सरकारबाटै बाहिरिएको थियो । त्यसकारण पटक पटक सरकारको नेतृत्व गर्नबाट पछि हटेको एमाले यसपटक नेतृत्व गर्न पाउनुपर्ने नेताहरुको अडान छ ।

यता मुख्यमन्त्री राजकुमार शर्मा भने आफ्नै नेतृत्वमा सरकार विस्तार हुने बताउँछन् । कसरी अगाडि बढ्ने भनेर केन्द्रको निर्णय पर्खिरहेको उनको भनाई छ । माओवादी कर्णालीका अध्यक्ष विमला शर्माले केन्द्रको निर्णय आईनसकेकाले प्रदेशमा कुनै पनि छलफल नभएको बताइन् । शर्माका अनुसार प्रदेशको नेतृत्व कसले गर्ने भन्ने विषयमा छलफल नभएता पनि माओवादीले नै नेतृत्व गर्ने दावी गरिन् । ‘यस विषयमा अहिलेसम्म छलफल भएको छैन’ उनी भन्छिन्, ‘माओवादीकै नेतृत्वमा प्रदेश सरकार अघि बढ्न सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?