ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा सिद्धि चिल्ड्रेन्सलाई ४ स्वर्ण र १ कास्य पदक

६ फाल्गुन २०८०, आईतवार
६ फाल्गुन २०८०, आईतवार

बुटवल, ६ फागुन ।

बुटवल उपमहानगर १२ तामनगरमा रहेको सिद्धि चिल्ड्रेन्स एकेडेमी ईङ्गिलस बोर्डिङ्ग स्कुलका विद्यार्थीले भारतको तेलंगना प्रदेश कैरीनगरमा आयोजित ईण्डो—नेपाल कराँते च्याम्पियनसिप २०२४ मा ४ वटा स्वर्ण पदक हासिल गरेका छन् । प्रतियोगितामा १ कास्य पदकसहित उनिहरुले कुल ५ पदक हासिल गरेको बिद्यालयले जनाएको छ ।

विद्यालयमा कक्षा ७ मा अध्ययनरत आर्यन पौडेल र कक्षा ५ मा अध्ययनरत शितल चन्दले भारतको तेलगंना प्रदेशमा हालै सम्पन्न सो प्रतियोगितामा २—२ वटा स्वर्णपदक जित्न सफल भएको विद्यालयका संस्थापक प्राचार्य राजु गुरुङ्गले बताए । युद्धकलातर्फको बिधामा दुवैजनाले एकएक स्वर्ण र काँता प्रदर्शनतर्फ पनि पुनः दुबैजनाले एकएक स्वर्ण पदक हासिल गरेको प्राचार्य गुरुङ्गले बताए । २०४३ सालमा बुटवल ८ श्रवणपथमा स्थापना भएको सिद्धी चिल्डे«न्स एकेडेमीले आफ्नो स्थापनाकालदेखि नै गुणस्तरिय शिक्षा र राष्ट्रिय अन्तराष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्नसक्ने बिद्यार्थी उत्पादनमा जोड दिदै आएको प्राचार्य गुरुङ्गको भनाई छ ।

पदक बिजेता बिद्यार्थीहरुलाई सम्मान गर्दै बुटवल उप–महानगरपालिकाका वडा नं १२ का वडाअध्यक्ष डिल्लीप्रसाद शर्माले सिद्धी चिल्ड्रेन्स एकेडेमी ईङ्गिलस बोर्डिङ्गले नेपालकै प्रतिनिधित्व गर्दै ४ स्वर्ण र १ कास्य पदक जित्न सफल हुनु विद्यालयको मात्रै नभएर नेपालकै गौरवको विषय भएको बताए । शर्माले गुणस्तरीय, ब्यावहारिक र सिपमुलक शिक्षाको आवश्यकता रहेको बताउँदै नेपालमा शैक्षिक संस्थाहरुको बिकास तिब्र रुपले भएको उल्लेख गरे । अध्यक्ष शर्माले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्नसक्ने खेलाडी उत्पादन गर्ने विद्यालयहरु र खेलाडीहरुलाई राज्यले प्रोत्साहन गर्नु पर्ने बताए ।

बधाई तथा सम्मान कार्यक्रममा प्रशिक्षक अनुपम ज्ञवालीले विद्यार्थीहरुको चाहाना र रुचिलाई अभिभावकहरुले पनि प्रोत्साहन गर्नु पर्ने बताउदै आउदा दिनहरुमा पनि खेल क्षेत्रलाई अघि वढाउन आफुलाई प्रेरणा मिलेको बताए । लगत्तै बुटवल १२ मुक्तिनाथ धाममा पनि पदक बिजेता बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो । साथै बिजेताहरुलाई सम्मान सहित नगरपरिक्रमा समेत गराइएको बिद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?