ट्रेंडिंग:

>> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण

होराइजन गौतमबुद्ध माविमा खेल सप्ताह सुरु

४ फाल्गुन २०८०, शुक्रबार
४ फाल्गुन २०८०, शुक्रबार

बुटवल, ४ फागुन ।

रुपन्देहीको तिलोत्तमा–१ स्थित होराइजन गौतमबुद्ध माविमा शुक्रबारदेखि पुरस्कार वितरण तथा खेलकुद सप्ताह सुरु भएको छ । तिलोत्तमा नगरपालिकाका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख गंगाराम आचार्यले भलिबल खेलको उद्घाटन गर्दै खेल सप्ताहको शुभारम्भ गरेका छन् ।

पहिलो दिन शुक्रबार भलिबल, बास्केटबल तथा कबड्डी प्रतियोगितामा विद्यार्थीहरूबिच प्रतिस्पर्धा भएको छ । बास्केटबलमा एडिल थापाको समूह प्रथम, रोशन पाण्डेको समूह द्वितीय भएको बास्केटबल संयोजक खेमराज रिजालले जानकारी दिए । कपड्डी छात्रतर्फ जगत शाही ठकुरीको समूह प्रथम र अस्विन चौधरीको समूह द्वितीय भएका छन् । कपड्डी छात्रातर्फ कृपा मल्ल ठकुरीको समूह प्रथम भएको खेल संयोजक अरूण कृष्ण घिमिरेले जानकारी दिए । यसैगरी शनिबार कोड वर्क, फुटबल, दुई सय मिटर दौड तथा चित्रकला प्रतियोगिता आयोजना गरिने विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यले जानकारी दिए ।

विद्यालयका विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइने खेल सप्ताह अन्तर्गत आइतबार ब्याडमिन्टन, टेबल टेनिस र हाजिरी जवाफ प्रतियोगिता गराइने तयारी भएको सहायक क्याम्पस प्रमुख इन्द्र भुसालले जानकारी दिए । कक्षा ११ र १२ का विद्यार्थीलाई विभिन्न समूहमा तथा विभाजन गरी अन्य प्रतियोगिताहरु समेत आयोजना गरिएको छ ।

फागुन ७ गते मूल समारोहको आयोजना गरी प्रतियोगिताका विजेता विद्यार्थीहरु तथा विद्यालयका अन्य शैक्षिक कार्यक्रमहरुमा समेत उत्कृष्ट बन्न सफल विद्यार्थीलाई मूल समारोहमा पुरस्कार वितरण गरिने जनाइएको छ ।

शुक्रबार खेल सप्ताहको शुभारम्भ गर्दै तिलोत्तमा नगरका शिक्षा शाखा प्रमुख आचार्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुले प्रतियोगिता सफलताको कामनासहित शुभकामना व्यक्त गरेका थिए ।

होराइजन गौतमबुद्ध मावि नेपालमै क्षेत्रमै छुट्टै पहिचान बनाउन सफल विद्यालय भएको हुँदा शैक्षिकसँगै अतिरिक्त गतिविधिहरुमा समेत आफूलाई अब्बल बनाउन सप्ताहव्यापी खेल महोत्सव आयोजना गरिएको प्राध्यापक डा.नारायण पन्थले उल्लेख गरे । कार्यक्रममा विज्ञान संकाय इन्चार्ज प्रदिप अर्याल, रूद्ध भुसाल, डा. मुरारी पराजुलीलगायतले खेल सप्ताहको सफलताको. कामना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?