ट्रेंडिंग:

>> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

कपिलवस्तुमा १० हजार ५ सय ६१ हेक्टरवन अतिक्रमित

२५ श्रावण २०७५, शुक्रबार
२५ श्रावण २०७५, शुक्रबार

कपिलवस्तुमा जिल्लामा अझै पनि १० हजार५ सय ६१ हेक्टरवनको क्षेत्र अतिक्रमणको चपेटामा रहेको जिल्ला वन कार्यालयको तथ्याङ्कले देखाएको छ ।
आव २०६७/६८ यता कार्यालयको सक्रियताले वन अतिक्रमण रोकिनुका साथै ७ सय ९९ हेक्टरअतिक्रमित वन क्षेत्रको अतिक्रमण हटाई बृक्षरोपणको कार्य सम्पन्न भएको छ । जिल्ला वन कार्यालय कपिलवस्तुले बार्षिक ४० हेक्टरक्षेत्रफलमा वन अतिक्रमण हटाउने योजना बनाएको भए पनि गत आर्थिक बर्ष २०७४/७४ मा ५५ दशमलव ८ हेक्टरको अतिक्रमण हटाई बृक्षरोपण गरेको जिल्ला वन कार्यालय कपिलवस्तुका सहायक वन अधिकृत मदनमोहन साण्डिल्यले जानकारी दिए । अतिक्रमण हटाउनेमा सबै भन्दा बढि कपिलवस्तु साझेदारी वनले २३ हेक्टर, मायादेबी साझेदारी वनले २१ दशमलव ८ हेक्टररगौतम बुद्ध सामुदायिक वनले ११ हेक्टरवन क्षेत्रको अतिक्रमण हटाएरबृक्षरोपण गरेका हुन् । जिल्लाको कूल वन क्षेत्र ६२ हजार२११ हेक्टररहेकोमा हाल जिल्लामा ५१ हजार६ सय ५० हेक्टरवन क्षेत्र कायम नै रहेको देखिएको छ । जिल्लामा बिस २०४७ देखी २०६७ सम्मको बिस बर्षको अबधीमा व्यापक रूपमा बन फडानी बढेको थियो । जिल्लामा वन अतिक्रमणको अवस्था हेर्दा आव २०४७ र ४८ सम्म जिल्लामा ७ हजार७ सय हेक्टर, २०४८र४९ देखी २०५९र६० सम्म २ हजार३ सय ६८ हेक्टरर२०६०र६१ देखि २०६३र६४ सम्म ८ सय ३० हेक्टरवन अतिक्रमणमा परेको थियो । त्यसै गरिआव २०६३र६४ देखी २०६४र६५ मा थप ५० हेक्टरर२०६६र६७ यता ४ सय ११ हेक्टरवन अतिक्रमण भई जिल्लाभरकुल ११ हजार३ सय ५९ हेक्टरवन क्षेत्र अतिक्रमणको चपेटामा परेको थियो । तरपछिल्लो ८ बर्ष यता अतिक्रमण रोकिनुका साथै अतिक्रमित क्षेत्रमा बृक्षारोपण गर्ने कार्यले वन क्षेत्रमा बृद्धि भएको छ । पछिल्लो ८ बर्षको अबधीमा जिल्लामा ७ सय ९९ हेक्टरवन क्षेत्र फर्काउन सफल भएको सहायक वन अधिकृत साण्डिल्यले जानकारी दिए । जिल्ला बन कार्यालय कपिलवस्तुले सार्वजनिक गरेको तथ्याङ्क अनुसारबिगतमा जिल्लाको २० प्रतिशत बन क्षेत्र घटेको भए पनि पछिल्लो समय हटाईएको अतिक्रमणका कारण वन क्षेत्र बृद्धि भएको छ । वनको सिमाकंन गरिवन क्षेत्रको एकिन गर्न सकिए अतिक्रमण हटाउने कार्य थप प्रभावकारी हुने वन प्राबिधिक बताउछन । जिल्लामा सबै भन्दा बढि शुद्धोधन गाउँपालिकामा पर्ने साबिकको पटना गाबिसमा रहेको वन क्षेत्र अतिक्रमित भएको छ । त्यहाँ ३ हजारहेक्टरबढी वन क्षेत्र भित्रै भुमीहिनहरूले भौतिक संरचना खडा गरिखेतीपाती गर्दै आएका छन । व्यवस्थित बस्ती रप्रयाप्त भौतिक संरचनाको उपलब्धता सगै राजनैतिक दलको संरक्षणका कारण सो क्षेत्रको अतिक्रमण हटाउने कार्य वन कार्यालयका लागि मुख्य चुनौतीको बिषय बनेको छ । बिगतमा घना जंगल रहेको पटनाको बनक्षेत्रमा अहिले भूमिहिनका नाममा अतिक्रमण बढेको स्थानीय बताउँछन् । पछिल्लो ८ बर्षको अबधीमा कपिलवस्तु साझेदारी वन सबै भन्दा बढि अतिक्रमण हटाउने कार्यमा सफल भएको भेटिएको छ । सो साझेदारी वन व्यवस्थापन समितीको पहलमा हाल सम्म १ सय ८६ हेक्टरको वन अतिक्रमण हटाई बृक्षरोपण सम्पन्न गरेको कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिका संयोजक गंगेश तिवारीले जानकारी दिए । यसै अबधीमा गौतम बुद्ध साझेदारी वन क्षेत्रमा १ सय ५० हेक्टरबढि रमायादेबी साझेदारी वनको क्षेत्रमा रहेको पटनाको १ सय १६ दशमलब ६ हेक्टरको अतिक्रमण हटाई बृक्षरोपण गरिएको छ ।
जिल्लामा हाल ५ साझेदारी वन र१ सय १९ सामुदायिक वन रहेका छन । जिल्लाको सुदुरपश्चिमी क्षेत्रका साबिकका गुगौली, शिवपूर, शिवगढी, पत्थरदेईया, बिरपूरचनई रउत्तरी क्षेत्र महेन्द्रकोट, बुढ्ढी, जयनगर, दुबिया, वाणगंगा, बरकूलपूर, भलवाड, धनकौली, पटना, तिलौराकोट, निग्लिहवा रशिवपुरको बनकसबासामा पर्ने राष्ट्रिय वन क्षेत्रको जग्गामा अतिक्रमण भएको जिल्ला वन कार्यालयले जनाएको छ । वन अतिक्रमण हटाउन वन अतिक्रमण नियन्त्रण रणनीति २०६८ लाई कार्यान्वयनमा ल्याइएको छ । वन ऐन २०४९ को दफा ४९ ले समेत वन क्षेत्र अतिक्रमण गर्ने कार्यलाई दण्डनिय अपराध मानेको छ । सो रणनिती देशकै वन क्षेत्र ४० प्रतिशत घटन नदिने मान्यतालाई आत्मसात तयारगरिएको हो । वन अतिक्रमण नियन्त्रण रणनितीले नयाँ अतिक्रमण रोक्ने, तत्कालको अतिक्रमण तत्कालै खाली गराउने रपुरानो अतिक्रमणलाई खाली गर्न सुचना गर्ने रसो सुचना अटेरी गरिए बल प्रयोग गरिहटाउने नीति रहेको कपिलवस्तुका जिल्ला वन अधिकृत कृष्ण दत्त भट्टले जानकारी दिए । “पछिल्ला बर्षमा वनमा गरिएको नियमित गस्ती, सचेतना अभियानका कारण वन अतिक्रमण बढ्न पाएको छैन । अतिक्रमित क्षेत्रलाई हटाउन सबै सँग पहल गरेरअगाडी बढने योजनामा छौं” भट्टले भने । रणनीतिले अतिक्रमण हटाउनका लागि जिल्लास्तरमा प्रजिअको संयोजकत्वमा जिल्ला समन्वय समिति, प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुख, मालपोत रनापी कार्यालय प्रमुख, समन्वय समितिबाट तोकिएका राजनैतिक दलका प्रतिनिधि ५ जना, पत्रकारमहासंघ प्रतिनिधि रजिल्ला वन अधिकृत सदस्य सचिव रहने गरि१३ सदस्यिय जिल्ला वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन कार्यदल गठन गरी कार्य सम्पादन गर्ने व्यवस्था गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?