ट्रेंडिंग:

>> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट

लुम्बिनी एक्स्पोमा कृषि प्रविधि : प्रयोग गरे आधा लागतमा दोब्बर उत्पादन

१६ पुष २०८०, सोमबार
१६ पुष २०८०, सोमबार

बुटवल, १६ पुस । पछिल्लो समयमा रुपन्देहीमा भित्रीएको नयाँ प्रविधि हो सुपर सिडर । रुपन्देहीका केही किसानमा यसको डेमोष्ट्रेसन समेत गरिएको छ । उत्पादन लागत आधा काम गर्न सकिने यो उपकरण प्रयोग पछि किसानको उत्पादन समेत दोब्बर हुन्छ । बाँझो जमिनलाई पटक–पटक खन जोत गर्न नपर्ने, बाँजो जमिन एकै पटक जोत्ने मात्रै होईन, गहुँको विउ पनि छर्ने, डल्ला पर्ने फोर्ने यो उपकरणको प्रयोगबाट किसानले पटक–पटक जोत्ने, रोटावेटर लागाउनुपर्ने, हातले गहुँ छर्नुपर्ने झन्झटबाट मुक्त हुन्छन् । जुन उपकरण अहिले बुटवलमा जारी लुम्बिनी एक्स्पो २०८०को कृषि पेभिलयनमा राखीएको छ ।

प्रधानमन्त्री कृषि आधुनीकरण परियोजनाले प्रर्वद्धन गरेको समूह सहकारी मार्फत यसको प्रयोग गर्न किसानलाई सिफारिस गरिएको परियोजना प्रमुख नारायण काफ्ले बताउँछन् । मेलामा जाने जो कही किसान वा सरोकारवालाहरुले यान्त्रीकरण तर्फ यसलाई थप चासोको रुपमा हेर्ने गरेका छन् ।

यस्तै चारपांग्रे धान रोप्ने मेसिन ‘उच्च गतिक राईडिङ्ग टान्सप्लान्टर’ ले पनि किसानको आधा भन्दा पनि बढि लागत घटाउँछन् । धान रोप्नको लागि प्रयोग गर्ने यो प्रविधि जिल्लाको कृषि ज्ञान केन्द्रले अहिले प्रवद्र्धन गरि रहेको छ । यो उपकरणको प्रयोग बाट धानको विउ एकै पटकमा सयौंको संख्यामा रोप्न सकिन्छ । खेताला लगाएर दिनभर लाग्ने खेतमा यो उपकरणको प्रयोगबाट केही घण्टामा नै धान रोपेर सकिने कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख शिव प्रसाद अर्याल बताउँछन् ।

ट्रेमा राखीएको धानको ब्याडको विऊलाई क्रमस यो मेसिनमा राखेमा हिलो धान खेतमा केही समयमा नै धान रोपेर सकिन्छ । यसको अलवा यन्त्रीकरणमा नै लेजर लेभ्लर मेसिन समेत रहेको छ । खासगरी जमिनको सतह मिलाउनकोे लागि यो उपकरणको प्रयोग गरिन्छ ।
मकै लाई छोडाउनको लागि समय लाग्नेमा कोर्न सेलर मेसिन समेत बजारमा छ । किसानले यसको प्रयोगबाट कही मिनेटामा नै मकै छोडाउन सक्छन् । खासगरी कोर्न सेलरको माध्यमबाट मकै विद्युतमा जाडेमा केही मिनेटमा नै खोया एकतर्फ, अर्को तर्फ मकै को दाना छुट्टाउँछ । यसको प्रवद्र्धन बुटवल अटोमोबाईल बुटवल ३ पुल्चोकले गरेको छ । यसको बबजार मुल्य मात्रै १९ हजार रहेको छ ।
यसको अलवा पावर टेलर, मिनी टेलर पनि रहेका छन् । किसानले आफ्नो आवश्यकता अनुसार बाँझो जमिन जोत्नको लागि डिजेल ईन्जीन र पेट्रोल ईन्जीनको माध्यमबाट स–सानो क्षेत्रमा पनि खनजोत गर्नको लागि यी उपकरण प्रयोग हुन्छ ।
दुध दुहुने मेशिसन, जिरो भेटर, धान÷गहुँ थ्रेसर, जोत्ने मिनी टेलर, धान गहुँ घाँस काट्ने, मसिन, रिपर, पावर टेलर लगायतका मेसिनहरु पनि कृषिमा प्रयोग हुँदै आएका छन् ।

कृषि प्राविधिक समेत रहेका सेवा निवृत्त अधिकृत राम बहादुर खत्रीले कृषि उपकरणको प्रयोग गर्दा उत्पादन लागत आधा हुने बताउँछन् । उनले यसरी यन्त्रीकरणको प्रयोग गर्दा किसानले उत्पादन लागत घट्दा नाफा समेत कामउन सकिने उनको भनाइ छ । उनी भन्छन्–‘विकास भएका प्रविधि, उपकरणको प्रयोग गरेर उत्पादन लगात घटाउन सकिन्छन्, जसले किसानको नाफा समेत बढाउँछ । ’
कृषिमा यान्त्रीकरणहरु सयौंको संख्यामा छन् । जोत्नको लागि सिफेङ्ग, डिङ्गफा, च्याचच्याङ्गफा, कम्पनीको पावर ट्रिलर, कामा च्याङ्चायी, मिनी ट्रिलर, रोटाभेटर, कल्टिभेटर, साइलेस प्याकिङ्ग मेशिन, ब्लोवर, फोगर, पराल व्यवस्थापन गर्नको लागि स्ट्रो बेलर, गाई, भैंसी, बाख्राको लागि दाना बनाउने सुगर क्यान एनिमल्स फिडर लगायतका उपकारण रहेका हुन्छ ।

यस्तै औजार तथा उपकरण अटोड्रिङ्कर, फिडर, गोट सेल्टर प्mलोवर, च्याउ खेतीको लागि पराल उमालेर डल्लो बनाउने मेशिन, कम्पोष्ट मल भर्ने मेशिन, चिलिम भ्याट मेशिन, टि.एम.आर. मेशिन, धान, गहूँ, मकै रोप्नको लागि राईस ट्रान्सपलान्टर, बेर्ना रोप्ने, बिउ रोप्ने सिडड्रिल, धान, गहु काट्ने रिपर, धान गहु, मकै झट्ने, थ्रेसर, ग्रेसर, कुट्ने, पिस्ने, पेल्ने मिल कार गोड्ने सिचाईको लागि डिजल पम्प, मोटर पम्प, सोलर पम्प लगायतका पनि उपकरण रहेका हुन्छन् ।

थोपा सिंचाई स्प्रिनकल तरकारी, फलफुल खेतीको लागि चाहिने खाल्टो खन्ने मेसिन, सिकेचर, आरी, फल टिप्ने, मल्चिङ्ग प्लाष्टिक, नेट, डोरी, ग्रिन हाउस, कोकोपिट, फोगर गाई भैसी, बाख्रा पालनको लागि चाहिने चाप कटर, मल्टी फङ्सन चाप कटर, भुईको घाँस काट्ने, गोबर सोर्न, गोबर साफ गर्ने, स्पेयर, दुध राख्ने भाँडो, घ्यू बनाउने, युरिया मोलासस मिनरल बल्क, सिट विन, डिप इन ट्याङ्क, माछाको लागि एरियटर, महाजाल, अटोमेटिक फिटर, कुखुराको लागि फिडर, अटोमेटिक फिडर, ड्रिङकर, केज, इन्कुबेटर आदि मेसिन उपकरण प्रयोग गर्र्ने गरिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?