ट्रेंडिंग:

>> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट

रूपन्देही र पाल्पाका खेतबारीका माटोमा प्रांगारिक पदार्थ न्यून

१३ पुष २०८०, शुक्रबार
१३ पुष २०८०, शुक्रबार

बुटवल, १३ पुस । रूपन्देही र पाल्पा जिल्लाको माटोमा प्रांगारिक पदार्थको मात्रा ज्यादै न्यून भएको पाइएको छ । व्यवसायिक रूपमा खेती गर्दै आएका किसानहरूको माटोको नमुना परिक्षण गर्दा प्रांगारिक पदार्थको मात्रा ज्यादै न्यून भएको पाइएको हो ।

माटो तथा मल परिक्षण प्रयोगशाला बाँकेबाट खटिएको प्राविधिक टोलीले गरेको माटोको नमुना परिक्षणमा माटोमा प्रांगारिक पदार्थको मात्रा ज्यादै न्यून भएको पाइएको हो । बुटवलमा रूपन्देही व्यापार संघद्वारा जारी लुम्बिनी एक्स्पो २०८० मा कृषि विकास निर्देशनालय बुटवलको सह–आयोजना र माटो तथा मल परिक्षण प्रयोगशाला बाँकेको प्राविधिक सहयोगमा जारी निःशुल्क माटो परिक्षण शिविरमा ल्याएका अधिकांस नमुनामा माटोमा प्रांगारिक पदार्थको कमी देखिएको हो ।

माटो तथा मल परिक्षण प्रयोगशाला बाँकेका प्राविधिक (नायव प्राविधिक सहायक) पाँचौ तिलक केसीका अनुसार बिहीवार सम्ममा १ सय २० वटा भन्दा बढि नमुना परिक्षण गरिएको छ । जसमा रूपन्देहीका विभिन्न स्थान तथा पाल्पाबाट समेत किसानले आफ्नो खेत बारीको माटोको नमुना संकलन गरी ल्याएका थिए । ती नमुना जाँच गर्दा माटोमा अम्लीय र क्षारियको जाँच गर्दा न्युट्रलको मात्रा पाइएपनि अधिकांसमा पनि अम्लीय माटो पाइएको हो । यस्तै माटोमा पाईने खाद्य तत्व, पोषक तत्वको जाँच गर्दा प्रांगारिक मात्रा ज्यादै कम भएको प्राविधिक केसीले जानकारी दिए । उनले भने–‘अधिकांस नमुनामा प्रांगारिक पदार्थको मात्रा कम छ, माटो सुधार गर्न प्रांगारिक पदार्थ बढाउन जरुरी रहेको छ ।
‘परिक्षण गरिएका १२० वटा नमुनामा नाईट्रोजनको मात्रा पनि धेरै कम पाइएको छ । यस्तै फष्फोरसको मात्रा पनि कम पाइएको छ भने पोटासको मात्रा भने मध्यम रहेको छ । माटो तथा मल परिक्षण प्रयोगशाला बाँकेबाट ४ जना प्राविधि सहितको ५ जनाको टोलीले बुटवलमा जारी मेलामा निःशुल्क माटो परिक्षण गरेका छन् ।

माटोमा प्रांगारिक पदार्थको मात्रा बृद्धि गर्नको लागि एकीकृत कृषि पद्धति अबलम्बन गर्नमा जोड दिनुपर्दछ । यस अन्तर्गत दीगो माटो व्यवस्थापनको कार्यक्रमहरूलाई राष्ट्रिय अभियानको रूपमा अघि बढाउनु पर्दछ । विगतमा विभिन्न जिल्लाहरुमा कार्यान्वयन भएका दीगो माटो व्यवस्थापनको कार्यक्रमको सिकाईहरूलाई र राम्रा अभ्यासहरूलाई देशव्यापी रूपमा सम्प्रेशण गनुपर्दछ । घर घरमा गोठेमल, कम्पोष्ट बनाउनसाथै पशुमूत्र सकंलन र प्रयोगमा जोड दिनुपर्दछ । दीर्घकालीन रूपमा प्रांगारिक पदार्थ बढाउने कृषि पद्दतिहरू जस्तै बाली चक्र, अन्तरबाली, कोशेबाली, बालीको जमिनमुनिको भागलाई माटो मिलाउने, छाता बालीलाई प्रवद्र्धन गर्नुपर्र्ने माटोविज्ञ आश्वीनी कुमार शर्मा बताउँछन् ।

प्रांगारिक पदार्थले माटोलाई मलिलो र फरफराउदो बनाउँदछ । साथै यसले नाइट्रोजन, फोसफोरस र पोटासलाई सहजरूपमा बिरुवालाई उपलब्ध गराउन मद्दत गर्दछ । त्यसैले प्रांगारिक पदार्थले कृषि उत्पादनमा प्रत्यक्ष भूमिका खेलेको हुन्छ । पानीको अभावले गर्दा माटो सुख्खा, कडा हुनुको साथै माटोको उत्पादकत्व पनि ह्रास हँुदै गइरहको छ । पानि सोस्ने र पानीलाई प्रतिधारण गर्ने क्षमता पनि प्रांगारिक पदार्थमा निर्भर गर्दछ । प्रांगारिक पदार्थको राम्रो भएको माटोको पानी प्रतिधारण गर्ने क्षमता पनि निकै बढि हुन्छ । साथै माटोले जैविक कार्बनको ठूलो अंश भण्डार गर्न सक्ने क्षमता राख्दछ । कृषि क्षेत्र मात्र एक यस्तो क्षेत्र हो । जसमा दीगो कृषि बिकास र माटो व्यवस्थापनका अभ्यासहरूले हरित गृह उत्र्सजनमा कमी र जैविक कार्वन व्यवस्थापनमा पनि ठूलो भूमिका खेल्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?