ट्रेंडिंग:

>> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न

बैंकको ब्याजदर घटाउन बुटवल उद्योग बाणिज्य संघको माग

२८ मंसिर २०८०, बिहीबार
२८ मंसिर २०८०, बिहीबार

बुटवल ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बैंक तथा वित्तिय संस्थामा लगानी योग्य पुँजीको स्रोत प्रयाप्त हुदां पनि कर्जाको बिस्तार हुन नसक्नुमा ऋणको व्याजदरलाई कारक मान्दै माग र आपूर्तीको सिद्धान्त अनुसार ऋणको व्याजदर घटाउन माग गरेको छ ।

संघको टोलीले बिहिबार नेपाल राष्ट्र बैंक भैरहवा शाखामा डेलिगेसन गई ऋणको व्याजदर घटाउन माग गर्दै मुलुकको अर्थतन्त्रको सुदृढीकरण र उद्योगी व्यवसायीका व्यवसायिक समस्या सुधारको लागि सुझावहरु प्रदान गरेको हो । संघले नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सत्यन्द्रराज सुवेदीमार्फत नेपाल राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएको हो ।

संघका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सुवेदीलाई ज्ञापन पत्र प्रदान गर्दै बैंक तथा बित्तिय संस्थाहरुले बैंकिङ्ग प्रणालीमा लगानी योग्य स्रोत प्रयाप्त हुदां पनि कर्जा बिस्तार हुन नसक्नु, कर्जाको दरमा उल्लेख्य मात्रामा कमी आउन नसक्नु, खराब कर्जाको मात्रामा उल्लेख्य रुपमा बृद्धि हुनुले पनि समस्या बिद्यमान रहिरहेको देखिएको बताए ।

उनले उद्योग व्यवसायको क्षमता प्रयोग निरन्तर रुपमा घटिरहेको र रोजगारी तथा आयमा कमी आई उपभोग्य वस्तुको मागमा कमी आएको बताए । ‘यी विविध प्रभावहरुलाई मध्यनजर गर्दै मौद्रिक नीतिको चौमासिक समिक्षामा केही प्रावधानहरुमा लचकता ल्याइएकोमा स्वागतयोग्य रहेता पनि प्रयाप्त भने छैन ।’ –ज्ञापन पत्रमा भनिएको छ ।

त्यस्तै व्यवसाय धराशायी भएको सन्दर्भमा व्यवसायीहरुले ऋणको व्याज तथा सावां भुक्तान गर्न नसकिरहेको अवस्थामा ऋणको पुनर्तालिकिकरण गर्ने र हर्जाना मिनाहा गर्नको लागि प्रवन्ध मिलाउन पनि आग्रह गरिएको छ । व्यवसायिक ऋण भुक्तानीमा समस्याका कारण देखाउदै गरिने धितो लिलाममा व्याज भुक्तान भएका सम्पुर्ण लिलामी रोक्का गरी ऋण पुनर्तालिकिकरण गर्न समेत अनुरोध गरिएको छ ।

नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर र नेपाल उद्योग बाणिज्य महासंघलाई बोधार्थ दिईएको ज्ञापन पत्रमा स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुलाई सुलभ तथा सस्तो व्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने, रोजगारी तथा अर्थव्यवस्थाको मुख्य क्षेत्रको रुपमा पर्यटन रहेको र त्यसको बिस्तार र बिकास हुन सके थप रोजगार तथा स्वरोजगारको अवसर प्रदान गर्न सक्ने भएकाले विदेशी पर्यटक भ्रमणमा आउन ल्याउन पाउने रकमको सिमा बढाउन पनि आग्रह गरिएको छ ।

महिला उद्यमी कर्जालाई सर्वसुलभ र सरलीकृत गर्दै सबै बैंक तथा वित्तिय संस्थाहरुले प्राथमिकताका साथ ऋण प्रदान गर्ने व्यवस्था अबलम्बन गर्नुपर्ने, ओभरड्राफट् ऋणमा केही समय देखी लागु गरिएको व्यवस्थाको सट्टा पुर्ववत स्विकृत ओभरड्राफट् ऋणको सीमा भित्र पटकपटक आवश्यकता अनुसार निकाल्न र भुक्तानी गर्ने मिल्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै निर्देशक सुवेदीले प्राप्त भएको ज्ञापन पत्र यथाशक्य चाडो नेपाल राष्ट्र बैंकमा पुर्याउने र सुधारको लागि आफूले पनि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?