ट्रेंडिंग:

>> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन

बुटवल मेलामा ‘स्मार्ट सुरक्षा’ व्यवस्थाको तयारी

२८ मंसिर २०८०, बिहीबार
२८ मंसिर २०८०, बिहीबार

बुटवल, २८ मंसिर

रुपन्देही व्यापार संघले बुटवलमा आयोजना गर्न लागेको मेलामा स्मार्ट सुरक्षाको प्रवन्ध मिलाउने गरी तयारी अघि बढेको छ ।

मेला आयोजक रुपन्देही व्यापार संघले दिएको जानकारी अनुसार मेलालाई व्यवस्थित र सुरक्षित बनाउन स्मार्ट सुरक्षाको प्रवन्ध गर्न लागिएको हो । यसका लागि संघले सुरक्षा निकायसँग छलफल समेत गरिसकेको छ ।

रुपन्देही व्यापार संघको आयोजनामा आगामी पुस ५ गतेदेखि १८ गतेसम्म बुटवलमा लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेला हुँदैछ ।

मेला आयोजक मूल समितिका संयोजक संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले मेलालाई व्यवस्थित र सहज अवलोकनको प्रवन्ध मिलाउन सबैप्रकारका उपाय अवलम्बन गर्ने निर्णय भएको जानकारी दिए । “मेलालाई शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सुरक्षाका सबै उपाय अपनाइने छ”–उनले भने ।

घिमिरेले सुरक्षा व्यवस्थालाई गम्भिरतापूर्वक लिदै त्यसका लागि सुरक्षाकर्मीसंगको समन्वय र परिचालन, सिसी क्यामराको जडान र सूचनाको राम्रो प्रवन्ध गर्ने योजना तय भएको बताए । उनले मेला आयोजनाका क्रममा मानवीय तथा भौतिक संरचनाका साथै मेलामा राखिएका औद्योगिक उत्पादनहरुको सुरक्षाको प्रबन्ध गर्ने क्रममा कुनै पनि कमी हुन नदिन प्रतिवद्धता जनाए ।

संघका कार्यालय प्रमुख सरोज पोखरेलले मेला अवधिभर आम दर्शक उपभोक्ता एवं स्टल सहभागीहरुको सुरक्षा व्यवस्थालाई कसरी चुस्त दुरुस्त बनाउन सकिन्छ भन्ने बारेमा जिल्लामा रहेका सुरक्षा निकायहरुसंग छलफल गरिएको जानकारी दिए ।

मेलामा आन्तरिक र वाह्य सुरक्षाको व्यवस्थालाई कडाई गर्दै मेलामा कुनै प्रकारको कानुनविपरितका क्रियाकलाप गर्न छुट नदिने गरी मेला आयोजक र सुरक्षा निकायबीच समन्वय गरिने भएको छ ।

मेला सञ्चालनका क्रममा अवलोकनकर्ता तथा सहभागी स्टलधनीहरुको सबैप्रकारका सुरक्षाको प्रवन्ध मिलाउने दायित्व आयोजकको रहेको हँुदा त्यसमा सुरक्षाकर्मीहरु सहयोगी बन्ने प्रतिवद्धता सुरक्षा निकासका प्रमुखहरुले व्यक्त गरेका छन् । उनीहरुले मेला मर्यादित र व्यवस्थित बनाउन प्रविधिको प्रयोगमा जोड दिएका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मेलाको सुरक्षा प्रवन्धका लागि एकीकृत सुरक्षाको प्रवन्ध मिलाउनुपर्नेमा जोड दिए । उनले स्मार्ट सुरक्षाको तयारी गर्न समेत आग्रह गरे । अर्यालले भने, “नयाँ सोंच र योजनाका साथ आयोजना गर्न लागिएको मेलाको सफलताले यस क्षेत्रको समग्र विकासमा सहयोगी बन्न सक्छ ।”

संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवालीले मेला सबैको साझा कार्यक्रम भएका कारणे सफल बनाउन सबैले जिम्मेवारी बहन गर्नु पर्ने बताए । “मेलामा सुरक्षा प्रवन्ध मिलाउन सुरक्षा निकायको सबै प्रकारको सहयोग जरुरी छ”–उनले भने ।

संघका पूर्व अध्यक्ष टंकप्रसाद पोखरेलले मेलाको राम्रो सुरक्षा प्रवन्धले मेला सफलतामा सहयोगी भूमिका निर्वाह गर्ने बताए । संघका निर्वतमान अध्यक्ष यमलाल लोहनीले हिजोका दिनमा आयोजना गरिएका मेला महोत्सवमा प्रहरी प्रसासनको सहयोगले कुनै अप्रिय घटना नभएको स्मरण गराउँदै प्रहरी प्रशासनबाट यसपटक पनि सोही प्रकारको सहयोग पाउने विश्वास व्यक्त गरे ।

रुपन्देहीका प्रहरी उपरीक्षक भरतबहादुर विकले सुरक्षाकर्मीले गर्ने काममा कसैबाट व्यवधान नहुने तर संविधान र कानुनले वर्जित गरेका कुनै पनि प्रकारका काम तथा प्रदर्शन गर्न नपाईने हँुदा त्यसमा सचेत बन्न आग्रह गरे । उनले शान्ति सुरक्षा कायम गर्न आवश्यक पर्ने सबै प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता जनाए ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक होमबहादुर थापाले मेला अवधिभर ट्राफिक व्यवस्थापनमा आवश्यक प्रक्रिया र प्रवन्ध मिलाउने दायित्व पुरा गर्ने विश्वास व्यक्त गरे ।

लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलका प्रहरी वरिष्ठ उपरीक्षक हिमालय श्रेष्ठले आयोजकले आफ्नो आन्तरिक रुपमा मिलाएको सुरक्षाको प्रवन्धमा आफुहरुले सहयोग पुग्ने गरी सुरक्षा निकायका अंगहरुले भूमिका निर्वाह गरिदिने बताए ।

इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले मेला अवधिभर कुनै पनि प्रकारका दुर्घटना हुन नदिन र मदिरा सेवन एवं विक्रि तथा जुवा खेलाउने जस्ता काम गर्न पूर्ण प्रतिवन्ध लगाउनेतर्फ आयोजकले ध्यान दिनुपर्ने बताए ।

संघका संघका वरिष्ठ उपाध्यक्ष तथा मुल आयोजक समितिका सहसंयोजक डिल्लीराज भण्डारी, महासचिव दयानिधि भण्डारीले सुरक्षा निकाय लगायत सबै क्षेत्रको सहयोगमा मेला शान्तिपूर्णरुपमा सञ्चालन हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?