ट्रेंडिंग:

>> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई

विमानस्थल नियमित बनाउन सिद्धार्थ सन्जालको आन्दोलनमा रुपन्देही उद्योग संघको ऐक्यवद्धता

२७ मंसिर २०८०, बुधबार
२७ मंसिर २०८०, बुधबार

बुटवल, २७ मंसिर । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै भइरहेको धर्ना तथा विरोध प्रदर्शनप्रति रुपन्देही उद्योग संघ बुटवल, रुपन्देहीले ऐक्यवद्धता जनाएको छ । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुनुपर्ने माग राख्दै माग राख्दै सिद्धार्थ सञ्जाल, रुपन्देहीको नेतृत्वमा भैरहवामा दबाबमूलक कार्यक्रम गर्दै आइरहेको छ । जसअन्तर्गत आइतबारदेखि विमानस्थल प्रवेशद्वार अगाडि धर्ना सुरु भएको छ ।
धर्ना कार्यक्रममा बुधबार रुपन्देही उद्योग संघको टीम सहभागी भइ आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।
धर्ना कार्यक्रममा बोल्दै संघका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद पराजुलीले सरकारको अरबौं लगानी भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुनुपर्छ भनेर निजी क्षेत्रले माग राख्नुपरेको बताए । उनले सबै कुरा प्राप्त गर्न आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने बताए । उनले भने, गौतमबुद्ध विमानस्थल नेपालकै र लुम्बिनी प्रदेशको गौरव हो । यस्तो महत्वपूर्ण आया्ेजनालाई अन्यौलमा राखिनुहँदैन, महाकालीको नागरिकलाई पनि यही विमानस्थलबाट जान–आउन सहज हुन्छ ।’ राज्यले आफै भनेको कुरा लागू नगर्ने परिपाटीले सबैलाई समस्या रहेको उनको भनाइ छ ।
‘एअरपोर्ट चलाउन पाइँदैन भनेर विरोध गरेका होइनौ ऋण लिएर बनाएको एअरपोर्ट चलाउनुपर्छ भनेर कराउनुपरेको छ । अब सशक्त आन्दोलन गर्नुपर्छ, ’उनले भने । आन्दोलनमा रुपन्देही उद्योगसंघसहित बुटवलका संघ संस्थाहरुको साथ र सहयोग रहने पराजुलीले बताए ।
संघका पूर्वअध्यक्ष बाबुराम बोहोराले सरकार सञ्चालन गर्ने निकायमा बस्ने व्यक्तिहरुको कमजोरी र लाचारीपनका कारण विमानस्थल सञ्चालन हुन नसकेको बताए । उनले सबै कुरा राज्य सञ्चालन गर्ने व्यक्तिहरुको हातमा रहेको बताए । पूर्वअध्यक्ष बोहोराले विमानस्थल सञ्चालनका लागि भिषा सेन्टर, श्रम स्वीकृति लगायतका संरचना बनाउन आग्रह गरे ।
उनले सिद्धार्थ सञ्जाल, रुपन्देहीले नेतृत्व गरेको आन्दोलनमा सम्पूर्ण नागरिक सडकमा उत्रिनुपर्ने बताए । उनले भने, ‘यो आन्दोलन लामो हुने वाला छ । आवश्यक परे उद्योगीसँगै उद्योगमा कार्यरत मजदूरहरुको पनि आन्दोलनमा सहभागिता हुन्छ ।’ रुपन्देही उद्योग संघको धर्ना कार्यक्रममा महासचिव हिरामणी भट्टराई, कोषध्यक्ष युवराज आचार्य,महिला सचिव मन्जु भुसाल, सहकोषध्यक्ष विशाल वेल्वासे, सचिवालय सदस्य राजुत घिमिरे, कार्यसमिति सदस्यहरु माधव नेपाल, मिना थापा, कृष्णप्रसाद पोखरेल, दिलु शाही सहभागी रहेको थिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य हेमा वेल्वासेले सन्जालको आन्दोलनमा रुपन्देही उद्योग संघले दिएको ऐक्यवद्धतालाई धन्यवाद दिँदै आफूहरुले निरन्तर साथ दिएको बताइन् । उनले प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेसहित आफूहरु सन्जालको साथमा रहेको र मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि ऐक्यवद्धता जनाएकाले प्रदेश सरकारको साथ रहेको बताउँदै अब यो सबैको सामुहिक आन्दोलन भएको जनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?