ट्रेंडिंग:

>> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन

मोतिपुर औद्योगिक क्षेत्र निर्माण र सेज सम्बन्धमा छलफल

२५ मंसिर २०८०, सोमबार
२५ मंसिर २०८०, सोमबार

बुटवल (बुटवल टुडे), २५ मंसिर– रूपन्देही उद्योग संघले आइतवार बुटवलमा अयोजना गरेको मोतिपुर औद्योगिक क्षेत्रको निर्माण र सेजको संचालनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा विषयवस्तु राख्दै संघका अध्यक्ष दिलिप सापकोटाले औद्योगिक विकास गर्ने कुरामा राजनीतिक विवाद नगरेर अगाडी बढ्न आग्रह गरे ।

यस क्षेत्रमा नयाँ औद्योगिक क्षेत्रको निकै जरुरी भएको र त्यसको समाधानका लागि अगाडी बढाइएको मोतीपुर औद्योगिक क्षेत्रको निमार्णमा देखिएको अवरोधलाई समाधान गर्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई अनुरोध गरेका थिए । उनले बु्टवल धागोको व्यवस्थापन र भैरहवा स्थित सेज संचालनका लागि सम्बन्धित निकायहरूको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए । त्यस अवसरमा नयाँ औद्योगिक क्षेत्रको स्थापना, औद्योगिक वातावरण र अर्थतन्त्रलाई चलायमान बनाउनका लागि ठोस निति र विधि बनाउदै अगाडी बढ्न उद्योगीहरूले राज्यसँग आग्रह गरेका छन् । उनीहरूले लामो समयसम्म नयाँ औद्योगिक क्षेत्रहरू निमार्ण नहुदा र भएका औद्योगिक क्षेत्रहरूको सहि व्यवस्थापन नहँुदा जग्गा अभावमा उद्योगहरूले समस्या झेल्नु परेको बताएका छन् ।

अन्तरक्रिया कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरूले राज्यले ठोस औद्योगिक विकासका लागि नीतिगत निर्णयहरू कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव दिएका थिए । उनीहरूले लामो समयसम्म पनि नयाँ औद्योगिक क्षेत्रहरू स्थापना गर्न नसक्नु औद्योगिक विकासको लागि राम्रो संकेत नभएको बताउँदै मोतिपुर औद्योगिक क्षेत्रको निर्माण कार्य तत्काल अगाडी बढाउन र बन्द धागो कारखानाले उपभोग गरिरहेको जग्गा एवं भवनको सदुपयोग गर्ने तर्फ ध्यान दिन आग्रह गरेका थिए ।
कार्यक्रममा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका केन्द्रीय अध्यक्ष बाबुराम पन्तले आफु नेत्तृत्वमा आएसँगै मोतिपुर औद्योगिक क्षेत्रको निर्माण, बन्द बुटवल धागो कारखाना संचालन एवं जग्गाको प्रयोग तथा सेज र औद्योगिक क्षेत्रवीच मर्जरको कामलाई प्राथमिकतामा राखेको बताए ।

अध्यक्ष पन्तले बुटवल धागोलाई पुनः संचालनमा ल्याउन वा त्यसको स्थानमा नयाँ उद्योग संचालन गर्ने विषयलाई आफुले सम्बन्धित निकायमा स्पष्टसँग कुरा राखेको बताउँदै खाली रहेको जग्गाको सदुपयोग गर्ने कुरामा छिट्टै निर्णय गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाए । उनले मोतीपुर औद्योगिक क्षेत्रको नाममा रहेको सबै जग्गामा विवादका कारण सिमाङ्कन गरी एकैपटक काम अगाडी बढाउन नसकिने कुरामा आफुहरू स्पष्ट भएको उल्लेख गर्दै विकल्पमा रहेको कम विवादित २७० विघा जग्गामा औद्योगिक क्षेत्र निर्माणको काम अगाडी बढाउने सोंचका साथ सहमति गरी काम अगाडी बढाएको जानकारी गराए ।

कार्यक्रममा उठेका जिज्ञाशाहरूको जवाफ दिदै अध्यक्ष पन्तले सरकारले संचालनमा ल्याएका सेज संचालनमा कठिनाईहरू देखिएको हँुदा त्यसलाई औद्योगिक क्षेत्रसँग मर्जको प्रस्ताव अगाडी बढाएको र सेजमा देखिएका समस्या समाधान गरी उद्योग मैत्री वतावरण निर्माण गर्नेतर्फ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अगाडी बढेको जनकारी गराए ।
रूपन्देही उद्योग संघका पूर्व अध्यक्ष डम्मरदेव अर्याल, बाबुराम बोहोरा, गणेश प्रसाद अधिकारी, निवर्तमान अध्यक्ष माधव प्रसाद पौडेल, उद्योगी भुपाल कुमार श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, पूर्व अध्यक्ष नवराज श्रेष्ठ, बुटवल औद्योगिक क्षेत्र उद्योग संघका उपाध्यक्ष उपेन्द्र अग्रवाल, पञ्चकन्या ग्रुपका महाप्रवन्धक देवेन्द्र शाहु, रत्नहरि गौतम लगायत बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?