ट्रेंडिंग:

>> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

१६ मंसिर २०८०, शनिबार
१६ मंसिर २०८०, शनिबार

पोखरा ।

१६ औं हिसान कास्की स्पोर्टस मिट पोखरा रंगशालामा तेश्रो दिन ब्याडमिन्टनका सम्पूर्ण प्रतिस्पर्धाहरु सम्पन्न भएका छन् भने अन्य खेलहरु जारी रहेका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको पोखरा रंगशालामा जारी प्रतियोगितामा तेश्रो दिन व्याडमिन्टनका सम्पूर्ण प्रतिस्पर्धा सम्पन्न भएको व्याडमिन्टन प्रतियोगिता उपसमितिका संयोजक पुरन कुंवरले जानकारी दिएका हुन् ।

छात्र व्याडन्टिन प्लस टु सिंगल्समा बाल प्रभात माविका सुन्दर विकले सगरमाथाका सुजन पौडेललाई पराजित गर्दै प्रथम भएका छन् । त्यस्तै तेश्रो स्थान सगरमाथाका सत्यजित शर्मा र प्रतिभाका सुमित सुनार भएका छन् । त्यस्तै छात्रातर्फ मदरल्याण्डकी आयुष्मा नेपाल पहिलो हुँदा, सगरमाथाकी रिष्ता बास्तोला दोश्रो, करुणानिधीकी सविरा गुरुङ र मदरल्याण्डकी विशेषता केसी तेश्रो हुन सफल भए ।

यसै गरि विश्वविद्यालय छात्र व्याडमिन्टन सिंगलसमा इन्र्फमेटिक्सका थमन सिंह थापा पहिलो, पोखरा लिंकनका रिजन सूर्यवंशी दोश्रो, पोखरा इन्जिनियरिङका सूवर्ण रुम्वा र इन्फरमेटिक्सका निश्चल भण्डारीले तेश्रो स्थान प्राप्त गरे । छात्रा सिंगल्समा पोखरा कलेज अफ म्यानेजमेन्टकी स्वश्तिका पौडेल पहिलो, सोही विश्वविद्यालयकी एलिका लन्चन दोश्रो, इन्फरमेटिक्सकी प्रतिक्षा गुरुङ तथा पोखरा इन्जिनियरिङकी विनिशा अधिकारी तेश्रो स्थान प्राप्त गरे ।

त्यस्तै छात्र ब्याडमिन्टन डवल्स प्लस टु तर्फ बाल प्रभातको जोडी सुन्दर विक र जेदान सिंह पहिलो, सगरमाथाका सत्यजित शर्मा र सुजन पौडेलको जोडी दोश्रो, ग्लोवल कलेजियटको जोडी अर्जुन शहनी र लेनिन नेपाली र प्रतिभाका सुमित सुनार र धिरज विकको जोडीले तश्रो स्थान प्राप्त गरेका छन् ।

छात्रातर्फ मदरल्याण्डका आयुष्मा नेपाल र प्रिस्का कडेल पहिलो, सगरमाथाका रिस्ता बास्तोला र दिक्षा गुरुङको जोडी दोश्रो, करुणानिधीका समृद्धि अधिकारी र सविरा गुरुङको जोडी तथा ग्लोबल कलेजियटका रोजिना गुरुङ र रोजिना गुरुङको जोडीले तेश्रो स्थान प्राप्त गरे । पिसिएमका स्वश्तिाका पौडेल र एलिका लन्चन पहिलो हुँदा इन्फरमेटिक्सका प्रतिक्षा गुरुङ र शिखा कुंवर दोश्रो तथा पोखरा इन्जिनियरिङ अनुस्का थेवे र विनिस्का अधिकारीले तेश्रो स्थान प्राप्त गरे ।

विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव तथा हिसानका केन्द्रिय अध्यक्ष रमेश सिलवालले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

शुक्रबार नै सम्पन्न भलिबल प्लस टु छात्रतर्फ माउन्ट अन्नपूर्णले टप्स माविलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गर्दै उपाधि भिडन्तमा करुणनिधि माविलाई प्राप्त गरेको छ । करुणानिधिले सिर्जना माविलाई सेमीफाइनलमा पराजित गरेको थियो ।

त्यस्तै छात्रातर्फ पश्चिमाञ्चलले कास्की मोर्डनाइजलाई २५–३ र २५–७ को सोझो सेटमा पराजित गरी फाइनलमा प्रवेश गर्दा गुरुकुलले करुणानिधीलाई २५–७ र २५–१६ को सेटमा पराजित गरी फाइनल यात्रा तय गरेको भलिबल प्रतियोगिताका संयोजक टेकनाथ पौडेलले जानकारी दिए ।

त्यस्तै प्लस टु छात्र बास्केटबलमा न्यू ग्यालेक्सी र हिल पोइन्ट मावि अन्तिम चारमा प्रवेश गरेका छन् भने छात्रतर्फका अन्य खेल जारी रहेका छन् ।

त्यसै गरि छात्रा बास्केटबलमा न्यू ग्यालेक्सी उपाधि नजिक पुगेको छ । आज भएको सेमीफाइनलमा त्रिवेणी पव्लिकलाई १९–३ को स्कोरले पराजित गरी उपाधि नजिक पुगेको हो । विश्वविद्यालय छात्र पिसिएम र लेकसिटी तथा लिंकन र पिसिएम छात्रातर्फ उपाधि नजिक पुगेको छ ।

स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा टेबुल टेनिसतर्फ फाइनलका खेलहरु सम्पन्न हुने संयोजक आनन्द राज अधिकारीले जानकारी दिए ।

स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, प्रतिष्पर्धा जारी रहेका छन् भने व्याडमिन्टनतर्फका फाइनल खेल सम्पन्न भएको र टेवुल टेनिसका फाइनल खेलहरु आइतबार सम्पन्न हुनेछन् । प्रतियोगितामा मावीतह छात्र भलिबलमा २९ र छात्रातर्फ २१ विद्यालयको सहभागिता रहेको छ ।

छात्र बास्केटबलमा सर्वाधिक ३७ विद्यालयको सहभागिता रहेको छ भने छात्रातर्फ १५ टिम सहभागी छन् । टेवुल टेनिसतर्फ २८ विद्यालयका करिव ३ सय छात्र–छात्रा सिंगल्स र डवल्समा तथा व्याडमिन्टन छात्र–छात्रातर्फ २४ विद्यालयका ३ सय १२ प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो । विश्वविद्यालयतर्फ बास्केटबल र व्याडमिन्टनमा ९ वटा शैक्षिक संस्थाहरुले सहभागिता जनाएको स्पोर्टस मिटका संयोजक डा.रामजी शर्माले बताए ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका ७२ मध्ये ६२ शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका छन् । प्रतियोगितामा ८ हजार भन्दा वढि विद्यार्थीहरुको सहभागिता रहेको तथा २५ हजार भन्दा बढि विद्यार्थी अभिभावकले अवलोकन गर्नेे प्रचार प्रसार उपासमितिका संयोजक डिल्लीराम अर्यालले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न करिव २० लाख खर्च हुने तथा विजेता विद्यालयहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता आइतबार पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा समापन हुने हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काले जानकारी दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?