ट्रेंडिंग:

>> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

एन्फाका पुर्वअध्यक्ष थापाले भने– ‘नेपाली फुटबल जोगाउन महाअभियान सुरु भयो’

१६ मंसिर २०८०, शनिबार
१६ मंसिर २०८०, शनिबार

बुटवल, १६ मंसिर ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मा पदाधिकारीको खिचलो, खेलाडी छनौटदेखि सिफारीससम्म नाताबाद र कृपाबादको भुमरीमा नेपाली फुटबल फस्दा झन पछि झन कमजोर भएको छ ।

यस्तोमा एन्फाका पुर्व अध्यक्ष गणेश थापा फुटबलमा आमूल परिवर्तनको नारा बोकेर देश दौडाहामा हिडेका छन । ‘हाम्रो अभियान, नेपाली फुटबलमा आमूल परिवर्तन’ नारासहित रुपन्देही फुटबल अभियन्ताहरुको आयोजनामा शनिबार फिफा तथा एएफसी, एन्फासंग आवद्घ नभएका खेलाडी तथा खेलप्रेमीहरुसँग परिचयात्मक कार्यक्रमलाई एन्फाका पुर्व अध्यक्ष तथा एएफसीका पुर्व उपाध्यक्ष, नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान गणेश थापाले सम्बोधन गर्दै झन् पछि झन नेपाली फुटबल खस्किएको दाबी गरे ।

फुटबललाई माया गर्ने देशको कुना काप्चामा कमी नरहेको भन्दै उनले फिफाको गोल प्रोजेक्ट अन्तरगत आफनो समयमा धरान बुटवल, र च्यासलमा शुरु भएको स्मरण गराए । ‘तत्कालिन समयमा खेल अगुवाहरुकोे सक्रियताकै कारण फुटबलको पुर्वाधार सफल भएको थियो’— उनले भने । १० वर्ष अघि र अहिलेको तुलना गर्दा खेल र खेलाडीहरुको अवस्था झन कमजोर र दयनीय भएको उनले बताए ।

नेपाली फुटबलमा सबै मिलेर एकपटक परिवर्तन ल्याउन जरुरी रहेको उनले औल्याए । ‘यो अभियानमा सबै जुटौ’— उनले आग्रह गरे । यो भेटघाट अभियान २०८२ मा नेपाली फुटबल आमुल परिवर्तन हुने विद्रोहको तयारी भएको दाबी गर्दै विद्रोहको आगोमा एन्फा पदाधिकारीहरु जल्ने उनले बताए । आफनो पालामा अढाई लाख डलर सहयोग आउने गरेकोमा अहिले ८० लाख भन्दा बढी डलर आउने गरेको भएपनि कुनै नया परियोजना चलाउन नसकेको उनले दुखेसो गरे । यसरी एन्फा चल्न नसक्ने उनले ठोकुवा गरे ।

पदका लागि पुरानाले छोड्ने र नयालाई बाटो खुला गराउनुपने सुझाव दिए । आफु अब फुटबल संस्थाको अध्यक्ष बन्ने सोच लिएर नहिडेको भन्दै आफ्नो २०८२ सम्म प्रतिबन्ध रहेको हुदा त्यसपछि युवा वर्गमा नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने सोचका साथ आफू लागेको बताए । आफ्नो समयमा खेलाडीहरु वर्षभरि नै खेल्ने अवसर पाउथे तर अहिले ३ महिना पनि खेल्न नपाउने अवस्था आएको उनले बताए ।

यसले खेलाडीमा पलायनको अवस्था ल्याएको उनको दाबी छ । खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगिता जिते पुरस्कार दिनुपर्ने डर एन्फा पदाधिकारीहरुमा रहेको भन्दै उनले बरु पदाधिकारीहरु भने भत्ता सुविधा भने बढ्दो रहेको दाबी गरे । यता खेलाडीहरुलाई ३ महिनाको तलबबाट जिविका चलाउनुपर्ने बाध्यता रहेको उनले बताए । ६ वर्षदेखि निरन्तर एन्फा पारदर्शीताको घेरामा परेको भन्दै उनले आर्थिक अनियमताकै कारण फिफाको नाकाबन्दीमा समेत परेको बताए ।

कार्यक्रममा नेपाल खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले खेलकुदको अहिलेको अवस्थाबाट उकास्न गणेश थापा खोजिरहेको बताए । फुटवलमा विवाद हैन विकास खोजेको भन्दै यसमा ध्यान दिनुपर्ने उनले बताए । रुपन्देही बिना नेपाली फुटबलको ईतिहास अधुरो हुने भन्दै उनले फुटबल पछि पर्नुको कारण खोजी गरी समाधानमा लाग्न सुझाव दिए । एन्फा राष्ट्रिय रेफ्री अमर पुनले फुटबलको विकास गर्न ढिला भएको भन्दै अब एकजुट भएर लाग्नुपर्ने बताए ।

फुटबललाई माया गर्ने सबै एन्फा हुने भन्दै फुटबलको विकासमा सबै लाग्नुपर्ने उनले बताए । आफन्तवाद र कृपावादकै कारण नेपाली फुटबल पछि परेको उनले दुखेसो गरे । फुटबल राम्रो बनाउन सबै एकजुट भएर लाग्नुपर्ने उनले सुझाव दिए । ‘रुपन्देही फुटबलमा देखिएको विकृति हटाउन जरुरी छ’–उनले भने । कार्यक्रममा संयोजक दिपक श्रीषले फुटबललाई बचाउने अभियानको संकल्प रुपन्देहीबाट आफुहरुको अगुवाईमा थालिएको बताए ।

कार्यक्रममा अखिल फुटबल संघका पुर्व केन्द्रीय उपाध्यक्ष महेन्द्र हमाल, रुपन्देही फुटबल संघका पुर्व अध्यक्ष हरि प्रसाद श्रेष्ठ, राष्ट्रिय युवा परिषद बोर्ड सदस्य तथा तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य रवि सेन्चुरी, क्याप्टेन नरजंग गुरुङ, किशन थापा, सतिश भण्डारीले फुटबलको विकासको रोकिएको गतिलाई सबै सरोकारवालाहरुको अगुवाईमा फेरि अगाडी बढाउने समय आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?