ट्रेंडिंग:

>> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त

भोलिदेखि विश्वकप क्रिकेट : यस्तो छ इतिहासदेखि वर्तमान

१७ आश्विन २०८०, बुधबार
१७ आश्विन २०८०, बुधबार

बर्दघाट, १७ असोज ।

विश्वकप क्रिकेटको १३ औँ सँस्करणको प्रतियोगिता भोली (विहीबार) बाट भारतमा आयोजना हुँदैछ । पहिलो पटक सन १९७५ मा इङ्ल्याण्डमा आयोजना भएको विश्वकप क्रिकेटको १३ औँ सँस्करण सम्म आइपुग्दा कुल २० राष्ट्रले सहभागिता जनाउन सफल भएका छन् ।

विश्वकपको पहिलो सँस्करणमा कुल ८ टिमले सहभागिता जनाएका थिए । सर्वाधिक धेरै (१२) पटक ७ राष्ट्रले सहभागिता जनाएका छन्, जसमा भारत, पाकिस्तान, अष्ट्रेलिया, इङ्ल्याण्ड, वेष्ट इन्डिज, श्रीलँका र न्युजिल्याण्ड रहेका छन् । विश्वकप क्रिकेटको इतिहासलाई हेर्दा अहिलेसम्म सर्वाधिक धेरै पटक विश्वविजेता अष्ट्रेलिया बनेको छ । उसले सन १९८७, १९९९, २००३, २००७ र २०१५ मा विजेता बनेको थियो । यस्तै भारत र वेष्ट इन्डिज २–२ पटक विजेता बनेका छन् । एक पटकका विजेताहरुमा इङ्ल्याण्ड, पाकिस्तान र श्रीलँका रहेका छन ।

विश्वकप क्रिकेटमा बनेका केही रेकर्डहरु

क्रिकेट खेलमा रेकर्ड कायम हुनु र मेटिनु सामान्य जस्तै हुन् । तर विश्वकप क्रिकेटमा केही यस्ता रेकर्ड बनेका छन जुन वर्षौदेखि मेटिएका छैनन् । विश्वकपको ४८ वर्षे यात्रामा सर्वाधिक रन बनाउने रेकर्ड सचिन तेन्दुलकरको नाममा रहेको छ । उनले विश्वकपमा मात्रै २ हजार २ सय ७८ रन बनाएका छन् । विश्वकपमा एकै इनिङ्गमा सर्वाधिक रन न्युजिल्याण्डका मार्टिन गुप्तीलले बनाएका छन् । उनले २०१५ को विश्वकपमा वेष्ट इन्डिज विरुद्धको खेलमा अविजित २ सय ३७ रन बनाएका थिए । एउटै विश्वकपमा सर्वाधिक शतक प्रहारको रेकर्ड भारतीय ब्याटर रोहित शर्माको नाममा रहेको छ । उनले सन २०१९ को विश्वकपमा ५ वटा शतक प्रहार गरेका थिए । सर्वाधिक शतक प्रहारको रेकर्ड भने सचिन तेन्दुलकर र रोहित शर्माको नाममा सँयुक्त रुपमा रहेको छ । यी दुबै खेलाडीले ६–६ वटा शतक प्रहार गरेका छन् ।

ब्याटिङ्ग मात्र होइन बलिङ्गमा पनि कायम भएका धेरै विश्वरेकर्डहरु छन् । विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको रुपमा अष्ट्रेलियाका ग्लेन म्याकग्राथ रहेका छन् । उनले कुल ७१ विकेट लिएका छन् । यस्तै सर्वोत्कृष्ट बलिङ्ग फिगरको रेकर्ड पनि म्याकग्राथकै नाममा छ ।

उनले नामिविया विरुद्धको खेलमा मात्र १५ रन खर्चेर ७ विकेट लिएका थिए । एउटै विश्वकप प्रतियोगितामा सर्वाधिक विकेटको रेकर्ड भने अष्टे«लियाकै मिचेल स्टार्कको नाममा छ, उनले सन २०१९ को विश्वकपमा २७ विकेट लिएका थिए । टिम रेकर्डमा सर्वाधिक रन बनाउने रेकर्ड अष्ट्रेलियाको नाममा रहेको छ, उसले अफगानिस्तान विरुद्धको खेलमा सन २०१५ मा ४ सय १७ रन बनाएको थियो यस्तै सर्वाधिक कम स्कोर सन २००३ को विश्वकपमा क्यानडाले श्रीलँका विरुद्ध बनाएको थियो ।

क्यानडाले मात्र ३६ रन बनाएको थियो । लगातार ३ पटक विश्वकप जित्दै अष्ट्रेलियाले ह्याट्रिक गरेको थियो । उसले १९९९, २००३, २००७ गरी लगातार ३ पटक विश्वकप उपाधि चुमेको थियो ।

विश्वकपको १३ औँ सँस्करण

१३ औँ सँस्करणको विश्वकप भारतका विभिन्न १० शहरमा १८ असोज (५ अक्टोवर) देखि ३ मंसिर (१९ नोभेम्बरसम्म) सुरु हुँदैछ । यस सँस्करणमा कुल १० वटा राष्ट्रले राउण्ड रोविन र नकआउट गरी ४८ खेल खेल्नेछन् । यस सँस्करणमा भारत, अष्ट्रेलिया, श्रीलँका, पाकिस्तान, न्युजिल्याण्ड, इङ्ल्याण्ड, बँगलादेश, अफगानिस्तान, दक्षिण अफ्रिका र नेदरल्याण्डसले सहभागिता जनाउँदै छन् । उद्घाटन खेल विहीबार नरेन्द्र मोदी स्टेडियम गुजराँतमा साविक विजेता अष्ट्रेलिया र उपविजेता न्युजिल्याण्डबिच हुने छ भने फाइनल खेल ३ मँसिर (१९ नोभेम्बर) मा उद्घाटन खेल भएकै रँगशालामा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजेदेखि सुरु हुँदैछ । विजेताले ४० लाख अमेरिकी डलर पुरस्कार रकम प्राप्त गर्नेछ भने रनरअप टिमले २० लाख डलर पुरस्कार रकम प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?