ट्रेंडिंग:

>> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ >> नेप्सेमा हरियाली, ७० अंकले बढ्यो >> लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकटको व्यवस्था खारेज >> वैवाहिक बलात्कारको मुद्दामा गायक ओडलाई सफाई >> सहयोगको याचना गर्दै न्यौपाने >> परराष्ट्रमन्त्री राणालाई भारत र पाकिस्तानका समकक्षीको बधाई >> उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदुतको भेटवार्ता >> उत्तर कोरियाका कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबि >> अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल >> समाजवादी मोर्चाको बैठक बस्दै >> सिँचाईले ल्यायो खुसी

स्वीट्जरल्याण्ड भ्रमणपछि कर्णालीका मुख्यमन्त्रीले भने– सोचेभन्दा राम्रो छलफल भयो

२४ भाद्र २०८०, आईतवार
२४ भाद्र २०८०, आईतवार

सुर्खेत, २४ भदौ ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले स्वीटजरल्याण्ड भ्रमणको क्रममा कर्णालीको गरिवी र मानव अधिकारका विषयमा व्यापक रुपमा छलफल भएको बताएका छन् ।

स्वीट्जरल्यान्डको जुरिचमा अन्तर्राष्ट्रिय मानवअधिकार आयोग, अन्तर सरकार संस्थाको आयोजनामा सम्पन्न लगानी सहकार्य विषयक कार्यक्रममा सहभागी भएर फर्किए पश्चात आइतबार प्रदेश सभामा आफ्नो भ्रमणका बारेमा धारणा राख्दै उनले उक्त कार्यक्रममा त्यस्तो धारणा राखेको बताएका हुन् । उनले भ्रमणका क्रममा विशेष गरी कर्णालीको गरिवी, बजेट तथा यहाँको मानवअधिकारको विषयमा छलफल गरिएको बताए । यहाँका समस्याको विषयमा गम्भीर तरिकाले ध्यानाकर्षण भएको उनको भनाई थियो ।

‘सबै प्रदेश भन्दा कर्णाली प्रदेश बहुआयमिक गरिवीको रेखामुनि रहेको पाइयो’ मुख्यमन्त्री शर्माले भने, ‘कर्णालीमा मानव अधिकारको हनन गरिबीका कारण भएको छ । गरिवीको अन्त्यको लागि लड्ने राम्रो खजाना आवश्यक छ भनेर हामीले भन्यौं ।’

यस विषयमा उक्त संस्थाका प्रोफेसर राफेलसँग लामो छलफल भएको छ र त्यो छलफल सोचेभन्दा माथिबाट भएको छ । ‘भ्रमणमा सोचेभन्दा राम्रो छलफल भयो’ उनले भने, ‘स्वीटजरल्याण्ड भ्रमणका क्रममा भएको छलफल सोचेभन्दा राम्रो भयो ।’

उनले वैदेशिक लगानी सोझै प्रदेश सरकारले ल्याउन नसक्ने कुरा सबैलाई जानकारी भएको बताए । उनले उक्त सहायता संघीय सरकारसँग सहकार्य ल्याउनुपर्ने व्यवस्था भएका कारण यसबारेमा आवश्यक कदम चालिदिन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेको बताए । उनले कर्णालीमा बाढी पहिरोबाट भएको क्षतिको बारेमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए । उनले योजना निर्माणको विषयलाई सोच्नुपर्ने अवस्था रहेको बताए । ‘अब हामीले योजना निर्माणको सन्दर्भमा योजनाको डालो कसरी निर्माण गर्ने प्राथमिकताका आधारमा योजना निर्माण गर्ने भनेर सोच्न जरुरी छ’ मुख्यमन्त्री शर्माले भने, ‘आगामी योजना कसरी व्यवस्था गर्ने, प्राथमिकताका आधारमा तोकिएका योजनाका बजेटिङका कुराहरुका विषयमा छलफल गर्न जरुरी छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?