ट्रेंडिंग:

>> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत
यातायात सेवा कार्यालय

परासीले उठायो १२ करोड राजश्व

१८ भाद्र २०८०, सोमबार
१८ भाद्र २०८०, सोमबार

नवलपरासी, १८ भदौ ।  जिल्ला सदरमुकाम परासी स्थित यातायात ब्यवस्था सेवा कार्यालयले गत आर्थिक बर्षमा यातायात सेवा सम्बन्धि सेवा प्रदान गरि १२ करोड बढि राजश्व संकलन गरेको छ । विगत बर्षमा भैरहवा र बुटवलबाट सेवा लिदै आएका नवलपरासीका बासिन्दालाई जिल्लामै सेवा उपलब्ध गराउने गरि लुम्बिनी प्रदेश सरकारले कार्यालय सञ्चालनमा ल्याए पछि यातायात सेवासँगै सो राजश्व संकलन भएको कार्यालयले जानकारी गराएको हो ।

विभिन्न चार शीर्षकमा यातायात सेवा कार्यालयले गत आर्थिक बर्षमा कुल १२ करोड ८६ लाख ४ हजार ३ सय ९५ रुपिया राजस्व संकलन भएको कार्यालय प्रमुख मुतिm प्रसाद पाण्डेयले जानकारी गराए । उनका अनुसार यातायात सेवा कार्यालयबाट गत आर्थिक बर्षमा यातायात क्षेत्रको आमदनी,सवारी दर्ता किताब सम्बन्धि दस्तुर,सवारी साधन कर र आयकरमा राजश्व संकलन गर्दै आएको छ । जस्मा यातायात क्षेत्रको आम्दनी १५ लाख ५५ हजार ६५ रुपिया, सवारी दर्ता किताब सम्बन्धि दस्तुर १ करोड ७ लाख ९ हजार २ सय ५० रुपिया रहेको त्यसमा पनि (सवारी चालक अनुमतिपत्र नविकरणको रु ८ लाख २ हजार ५ सय रुपिया) रहेको छ । सवारी साधन कर मा सबै भन्दा बढि ११ करोड १४ लाख ९४ हजार ७५ रुपिया र आयकर ४८ लाख ४६ हजार ५ रुपिया गरि कुल १२ करोड ८६ लाख ४ हजार ३ सय ९५ रुपिया राजश्व संकलन भएको तथ्याँक छ ।

यातायात कार्यालयले गत बर्षमा सार्वजनिक तथा निजी सवारी साधन नबिकरण १७ हजार १ सय ९० वटा गरेको छ, भने जाँचपास नवीकरण ७ सय ९४, बाटो इजाजत नवीकरण १ सय ५३ वटा,अस्थाई बाटो इजाजत १ हजार ७ सय २४ र सवारी कारवाही (ओभरलोड बोकेको भारतिय सवारी) ७ सय ६५ वटा र सवारी चालक अनुमतिपत्रको नविकरण ३ सय ४८ वटा रहेको कार्यालय प्रमुख पाण्डेयले बताए । गत बर्षको अनुपातमा यो बर्षको एक महिनाको राजश्व समेत संकलन भएको बताउँदै उनले अहिले केही सेवा थप भएको हुदा राजश्व वृद्धि हुन सक्ने दाबी गरेका थिए । यातायात सेवा कार्यालयको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु हो,उनले भने,सेवा वापत लाग्न दस्तुरबाट राजश्व पनि संकलन गर्ने दोश्रो प्राथमिकता हो । अहिले राजश्व संकलनसँगै जिल्लाबाटै यहाँका नागरिकले सेवा पाउने ब्यवस्था आउनु राहत पनि भएको छ ।
सेवा लिन बुटवल र भैरहवा सेवा लिन जानु पर्ने नागरिकको बाध्यता अहिले टरेको छ,उनले थपे,पहिला सवारी साधान नविकरणबाट सेवा शुरु भयो,तत्पश्चात सवारी चालक अनुमति पत्रको नविकरण शुरु भएको छ, यो बर्ष देखी मोटरसाईलक,स्कुटीको सवारी चालक अनुमति पत्र प्रदान गर्ने सेवा पनि यहिँबाट सुचारु भएको छ ।

चार पाँग्रे सवारीसाधन जस्मा हल्का सवारीसाधन र कृषकले चलाउने टेक्टर लगायतको सेवा यहिँबाट दिइने गरि पहल पनि भई रहेको भनाई कार्यालय प्रमुख पाण्डेयको थियो । चालु आर्थिक बर्षके साउन महिनामा पनि सवारीसाधनको स्थाई बाटो इजाजतपत्र (रुट) नवीरकण ५७ वटा, सार्वजनिक सवारी साधनको प्राविधिक जाँचपास १ सय ४१,अस्थाई बाटो इजाजतपत्र (पटके) सेवा ३ सय ७८ गरि कुल ५ सय ७६ वटा सवारीसाधन सम्बन्धि सेवा प्रदान गरिएको छ ।

साउन महिना भित्र सवारी साधन कर ९० लाख १५ हजार २ सय ८०, सवारी नविकरण ६ लाख २४ हजार ३ सय, सवारी चालक अनुमतिपत्र १० लाख ३० हजार,यातायात क्षेत्रको आम्दनी २ लाख ३३ हजार ९ सय ५० र आयकर २ लाख ३० हजार ६ सय गरि कुल १ करोड ११ लाख ३४ हजार १ सय ३० रुपिया राजश्व संकलन भएको कार्यालयले जनाएको छ । यस जिल्ला भित्र नै बजाज र होण्डा मोटरसाईलकको एसेम्बल हुने कारखाना रहेको छ । ति कारखानाबाट उत्पादन हुने मोटरसाईलकको नम्बर जारी गर्ने गरि ब्यवस्था यसै कार्यालयबाट गर्न सकियो भने राजश्व धेरै संकलन हुन सक्ने सम्भावना देखाउदै यहाँका जनप्रतिनिधि तथा सरोकारवालाले पहल गर्नु पर्ने समेत कार्यालय प्रमुख पाण्डेयले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?