ट्रेंडिंग:

>> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा

आँखा पाक्ने रोग के हो ? यो रोग लागेमा के गर्ने ?

१८ श्रावण २०८०, बिहीबार
१८ श्रावण २०८०, बिहीबार

मौसमको परिवर्तन संगै वर्षातको समयमा प्रायः गरेर आँखा पाक्ने रोग कन्जनटिभाईटिस बिगतका केही दिनदेखि रुपन्देही लगायत देशका विभिन्न ठाउँहरुमा तीब्र रुपमा फैलिरहेको छ । कतिपय अफिस, विद्यालय, कलेज, संघ संस्थाहरुमा कार्यरत कर्मचारी, शिक्षक, सेवाग्राही र विद्यार्थीहरु लगायत समाजका अन्य मानिसहरुमा यो रोग पाइएको छ । यसरी मानिसहरुको बढी भिडभाड रहने ठाउँहरुमा रोगको सर्न सक्ने दर पनि बढी रहने र रोग फैलने सम्भावना पनि त्यति नै बढी रहन्छ । र धेरै जसो बालबालिकाहरुमा महामारीकै अवस्थामा पनि रहन सक्दछ । तर पनि यो रोग बालबालिकामा मात्र नभएर सबै उमेर समुहका मानिसहरुमा देखा पर्न सक्दछ । एकजनाबाट अर्कोमा सजिलै सर्ने भएकाले यो रोग एकैपटक धेरैजनामा देखिन सक्दछ । हरेक वर्ष मौसम परिवर्तनको समयमा र धेरैजसो वर्षातको समयमा यो रोग देखिने गर्दछ । वर्षायाममा यसको किटाणु सक्रिय रहने गर्दछ । यो रोग प्रायःगरेर भाईरसको कारणले हुने गरेता पनि ब्याक्टेरिया र विभिन्न एलर्जीको कारणबाट पनि देखिन सक्छ भनिएको छ । आँखा पाक्ने रोग जुनसुकै उमेर समूहमा पनि हुन सक्दछ । एउटा वा दुबै आँखामा रोग देखिन सक्दछ । भाईरस, ब्याक्टेरीया र विभिन्न एलर्जीका कारणले आँखामा समस्या देखिन्छ ।

यसका प्रमुख लक्षण तथा चिन्हहरु :

. एक्कासी एउटा आँखावा दुबै आँखा रातो हुने ।
. आँखा धेरै रातो हुने वा आँखा टाँसिने ,साथै आँखा चिलाउने ।
. आँखाबाट बारम्बार पानी बगिरहने ।
. आँखामा कचेरा लाग्ने तथा टाँसिने साथै बिजाउने ।
. आँखा सुन्निने अथवा आँसु बगिरहने ।
. आँखाले घाम तथा उज्यालो प्रकाशमा हेर्न नसक्ने । तथा धमिलो देख्ने पनि हुन सक्दछ ।
. समस्या बढ्दै गएमा कहिलेकाँही रुघा खोकी पनि लाग्न सक्दछ ।
. कान तथा घाँटीको छेउँमा सुनिन पनि सक्दछ ।

समस्या भएमा के गर्ने ? सावधानीका उपायहरु :

. समस्या देखा परिहालेमा नआत्तिने । हतोस्साहीत नहुने ।
. जथाभावी रुपमा आँखा नचलाउने । आँखा छुनु भन्दा पहिले साबुनपानीले राम्रो संग हात सफा गर्ने ।
. पटक पटक सफा चिसो पानीले आँखा सफा गर्ने ।
. आँखा छोईसकेपछि पनि हरेक पटक सफा साबुनपानीले हात सफा गर्ने ।
. अरुले प्रयोग गरेका तौलिया रुमालहरु प्रयोग नगर्ने । आफुले प्रयोग गरिसकेपछि राम्ररी साबुन पानीले सफा गर्ने ।
. ब्यक्तिगत सरसफाई, स्वस्थ र पौष्टिक खानामा ध्यान दिने ।
. कालो चश्माको प्रयोग गर्ने । आफु सुतेका बेडका तन्ना, तकियाहरु दैनिक सफा गर्ने ।
. जथाभावी रुपमा औषधिको प्रगोग नगर्ने । सामुहिक रुपमा एउटै बोत्तलको औषधि प्रयोग नगर्ने ।
. समस्या देखा पर्नासाथ स्वास्थ्यकर्मी वा डाक्टरलाई भेटी परामर्श लिने वा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ।
. डाक्टरको सल्लाहाबिना कुनै पनि औषधिको प्रयोग नगर्ने ।
. संक्रमित विधार्थी, शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिहरु समेत संक्रमित अवधिमा बिदामा बस्ने ।
. गलत धारणा र अन्धविश्वांसको कुरा र समाचारमा ध्यान नदिने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?