ट्रेंडिंग:

>> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु

नगर अस्पतालमा अन्तरङ्ग सेवा सुरु

१६ श्रावण २०८०, मंगलवार
१६ श्रावण २०८०, मंगलवार

नवलपुर, १६ साउन ।

नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगर अस्पतालमा बिरामी भर्ना सेवा शुरु भएको छ ।

यस अगाडि अस्पतालबाट बहिरङ्ग सेवा प्रदान हुँदै आएको थियो । १५ शैयाको नगर अस्पतालमा शुरुवातमा ७ शैयाबाट अन्तरङ्ग सेवा सञ्चालन हुने अस्पतालका प्रमुख नन्दलाल राना मगरले बताए । अस्पतालबाट यस अगाडि सर्पदंश, रेविज, प्रयोगशाला, प्रसुती लगायतका स्वास्थ्य प्रवाह हुँदै आएको थियो । अस्पतालमा आउने सेवाग्राहीको स्वास्थ्य उपचारलाई व्यवस्थित र थप प्रभावकारी बनाउन भिडियो एक्सरे सेवालाई नियमित र विशेषज्ञ सहितको स्वास्थ्य परिक्षण सेवा थप गर्ने योजनामा रहेको उनले बताए ।

मध्यविन्दु नगरपालिका र आसपासका स्थानीयहरुको लागि सहज स्वास्थ्य पहुँच स्थापना नगरपालिकाको प्राथमिकतामा रहेको नगर प्रमुख भिमलाल अधिकारीले बताए । निर्माणाधीन नगर अस्पतालको सुविधा सम्पन्न अस्पताल निर्माणको कार्य सम्पान्न भएपस्चात थप सेवाहरु समेत बिस्तार हुने उनले बताए । उनले नागरिकहरुलाई अस्पताल सम्म ल्याउने र उनीहरुको विश्वास जित्नेगरी सेवा प्रवाह गर्न समेत अस्पतालमा कार्यरत चिकित्सक र प्रशासनका कर्मचारीहरुलाई अनुरोध गरेका छन । क्रमशः अस्पतालमा सेवा लिन आउने नागरिकहरुको संख्यामा बृद्धि भइरहेको भन्दै उनले नागरिक मैत्री सेवाप्रवाह हुनुपर्नेमा जोड दिएका छन् ।

मध्यविन्दु नगरपालिका पूर्व नगर प्रमुख चन्द्र बहादुर रानाले विगतको अवस्थाबाट हाल अवस्था सम्म आईपुग्दा विभिन्न चरणहरु पार गरेको स्मरण गर्दै नागरिकलाई प्रवाह गरिने सेवाको गुणस्तरीयता र विश्वनियतामा ध्यान दिनुपर्ने बताए । नगर अस्पताल निर्माण पश्चात सबै नागरिकलाई सहज सेवा प्रवाह हुने उनले विश्वास व्यक्त गरेका थिए ।

मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले विपन्न र ग्रामीण स्तरमा रहेका नागरिकहरु आर्थिक अवस्थाकै कारण स्वास्थ्य सेवाबाट बञ्चित हुनुपर्ने अवस्था नहोस् भन्नेतर्फ सबैको ध्यान पुग्न आवश्यक रहेको बताए ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले अझैपनि आम नागरिकहरु स्वास्थ्य बिमा कार्यक्रमको पहुँचमा पुग्न नसकेको भन्दै स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन सक्दा स्थानीय समुदायलाई उपचार वापत लाग्ने खर्च बोझको कमी संगै अस्पताल सञ्चालनमा समेत सहयोग पुग्ने बताए ।

साविकको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई मध्यविन्दु नगर अस्पतालमा स्तरोन्नती गरिए पश्चात पुरानै भवनबाट अस्पतालले आफ्नो सेवा प्रवाह गर्दै आएको छ । १५ शैयाको सुविधा सम्पन्न भवन निर्माणको चरणमा रहेको मध्यविन्दु नगर अस्पतालको भवन निर्माण सम्पन्न भएपश्चात सेवा प्रवाह थप प्रभावकारी हुने अस्पतालका उपाध्यक्ष अमृत प्रसाद ज्ञवालीले विश्वास व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?