ट्रेंडिंग:

>> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

तिलोत्तमामा राति ११ बजेसम्म होटल खुल्छ : नगरप्रमुख

३ श्रावण २०८०, बुधबार
३ श्रावण २०८०, बुधबार

बुटवल, ३ साउन ।     देशकै आर्थिक समृद्धिको आधार पर्यटन भएको दाबी गर्दै पर्यटन प्रर्वद्न र विकासमा स्थानिय पालिकाहरु सधै साथ दिने तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले बताएका छन । विश्व शान्तिका दुत भगवान गौतम बुद्धको जन्मस्थललाई आधार बनाएर यस क्षेत्रको पर्यटनका आर्थिक रुपमा टेवा मिल्ने उनको दाबी छ । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देही तिलोत्तमा शाखाको बुधबार तेस्रो अधिवेशनको उद्घाटन गर्दै नगरप्रमुख खाडले बाह्य पर्यटक भुलाउने गरि रात्रीकालिन सेवा बुधबारदेखी नै संचालन गर्न सुझाव दिए । यसको लागि आवश्यक सहयोग गर्न आफुहरु तयार रहेको बताए ।

‘राति ११ बजेसम्म होटल आजैबाट खोल्नुस, यसको जिम्मा नगरपालिकाले लिन्छ ’– उनले भने । प्रहरी, प्रशासनबाट भारतिय नम्बर प्लेटका सवारीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको उनले सुझाव समेत दिए । भारतिय पर्यटकबाट हाम्रो आर्थिक विकासमा योगदान पुगेको दाबी गर्दै उनिहरुलाई गर्ने आतिथ्यताप्रति होटल ब्यवसायीको मानसिकतामा समेत परिवर्तन गर्नुपर्ने बताए । ब्यवसायीहरुले टुर प्याकेज बनाएर अघि बढ्न उनले सुझाव समेत दिए ।

कार्यक्रममा संघका रुपन्देही जिल्ला अध्यक्ष लेखनाथ भण्डारीले होटल ब्यवसायीहरु समाजकै एउटा पाटो भएको भन्दै पर्यटन बिकासमा महत्त्वपूर्ण योगदान दिएको बताए । बुद्ध जन्मस्थल रुपन्देहीको पर्यटन सम्भावनालाई मध्येनजर गरि सरकारबाट भएका पुर्वाधारलाई चलायमान गर्न जरुरी रहेको उनले बताए ।

कार्यक्रममा होटल ब्यवसायी महासंघ प्रदेशका पर्यटन उपाध्यक्ष समुन्द्र जिसीले पर्यटनबाट आर्थिक समृद्धिको सम्भावना बोकेको भएपनि सरकारबाट आवश्यक लाभदायक पहल नभएको दुखेसो गरे । सरकारलाई कर तिर्दा समेत त्यसबाट कुनै प्रकारको ब्यवसायीहरुको हितका कुनै काम नभएको दाबी गरे । होटल ब्यवसायीहरुको हकहितलाई मध्येनजर गरि घरबहाल छुटलाई पहल गर्न जरुरी रहेको उनले बताए ।

कार्यक्रममा यति ब्रुअरी प्रालीका लुम्बिनी प्रदेश बजार प्रमुख प्रितम गिरी, संघका महासचिव अर्जुन थापा, होटल ब्यवसायी महासंघका प्रदेश वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देही तिलोत्तमा शाखाका अध्यक्ष युवराज पराजुली, सचिव मीन तिवारीले पर्यटन क्षेत्रको विकासमा नीजि क्षेत्रको योगदानको चर्चा गरे ।

 

अधिवेसनबाट मीन तिवारीको अध्यक्षतामा नया नेतृत्व चयन

होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देही तिलोत्तमा शाखाको बुधबार भएको तेस्रो अधिवेशनबाट मीन तिवारीको अध्यक्षतामा १७ सदस्यीय नया कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । जसको वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष रामप्रसाद पोखरेल, सचिव दल बहादुर थापा, सहसचिव शिव लामिछाने, कोषाध्यक्ष अर्जुन पाण्डे, सहकोषाध्यक्ष निर्मला श्रेष्ठ, सदस्य शिव घिमिरे, भोजराज काफ्ले, बुद्धि राज भट्टराई, फर्स बहादुर तरामी मगर, आयुष सुवेदी, युवराज भाट, भिम क्षेत्री, लक्ष्मी अर्याल, सचिन पन्थ, रिषिराम ज्ञवाली निर्वाचित भएका छन।

यसैगरि सल्लाहकारमा प्रेम लाल पाण्डे, ग्रिसमणी आचार्य दिक्षित, चन्द्र प्रसाद गैहे, अर्जुन बश्याल, शंकर बश्याल, अर्जुन बश्याल, शोभाखर तिमिल्सिना मनोनित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?