ट्रेंडिंग:

>> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

पालिकामा न्यायले पाउँदैनन् पालो

२० भाद्र २०७८, आईतवार
२० भाद्र २०७८, आईतवार

न्यायिक समितिमा दर्ता भएका मुद्दाहरु तीन महिनाभित्रै किनारा लगाउनुपर्छ तर, समितिले भाखा सार्दै बर्षदिन बित्दासमेत मुद्दा टुङ्ग्याउन सकिरहेका छैनन् । कानुनी ज्ञानको अभाव र हाइ हेल्लोको प्रभावमा कतिपय मुद्दाले गाउँपालिकाको न्यायिक समितिमा न्याय खोज्दै बर्षदिनदेखि पर्खिरहेका छन् ।

दाङको घोराही उपमहानगरपालिकाको न्यायिक समिति स्थापना भएयता ७ सय ५७ मुद्दा दर्ता भए । ती मध्ये ६ सय ५८ मुद्दा मात्रै किनारा लागे । चार वर्षदेखि अहिलेसम्म दर्ता भएका कुल मुद्दा मध्ये ९९ मुद्दा अहिलेसम्म टुंगिन सकेका छैनन् भने गत बर्ष दर्ता भएका मध्ये ५१ मुद्दा किनारा लाग्न बाँकी छन् । गत वर्ष मात्रै १ सय ४१ मुद्दा दर्ता भएकोमा ९० मुद्दा मात्रै स्थानीय न्यायिक समिति मार्फत टुंगिए । घोराही उपमहानगरमा रहेको न्यायिक समितिको यो तथ्यांक हेर्ने हो भने न्यायिक समितिमा केही वर्ष अघि परेकै मुद्दाहरु टुंगिन सकेका छैनन् ।

घोराही उपमहानगरपालिकाकी उपमेयर तथा न्यायिक समितिका संयोजक सीता सिग्देल न्यौपानेका अनुसार उसै वर्षमा किनारा लाग्न बाँकी रहेका मुद्दाहरु विभिन्न कारणले अर्को वर्षमा सर्दै आएका हुन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले गरेको ब्यवस्था अनुरुप स्थानीय तहमा सञ्चालन भएका न्यायिक समितिहरुले समितिमा परेका मुद्दाहरु तीन महिनाभित्रमै टुंग्याउनु पर्ने व्यवस्था गरेको छ । तर न्यायिक समितिहरुले भने कार्यबिधिले तय गरेको अवधिभित्र उजुरी उपरको कारबाही गर्न नसकिने बताउँछन् । “न्यायिक समितिहरुलाई तीन महिनाभित्रै समितिमा दर्ता भएका मुद्दाहरु तीन महिनाभित्रै किनारा लगाउन भनेको छ तर, सबै मुद्दाको बिबाद तीन महिनाभित्रै किनारा लगाउन सम्भवै छैन” घोराही उपमहानगरकी न्यायिक समिति संयोजक न्यौपानेले भनिन् । उक्त उपमहानगरमा परेका अधिकांश मुद्दाहरु सम्पत्ति माग गर्दै सम्पत्ति रोक्काका लागि दर्ता गरिएका छन् ।

सम्पत्ति रोक्काको मुद्दा दर्ता गर्ने र मुद्दा दायर गर्नेहरु मेलमिलापका लागि नआईदिने समस्याका कारण यस्ता मुद्दा टुंग्याउन लामो समय लाग्ने गरेको न्यौपाने बताउँछिन् । उनका अनुसार यसरी मुद्दा दर्ता गर्नेहरु मध्ये केही मुद्दा दर्ता गरेरै विदेश जाने गरेका समेत छन् । “मुद्दा दर्ता भैसक्यो, अब सम्पत्ति रोक्का भयो भनेर ढुक्क हुने अवस्था नागरिकहरुमा छ, अनि उनीहरु ढुक्क भएर बाहिर गइदिने अनि यता मुद्दा किनारा लगाउन खोज्दा उनीहरु सम्पर्कमा हुँदैनन्, यो सस्यामा कसरी तीन महिनामा मुद्दा टुंग्याउन सकिन्छ ?” उनले भनिन् । न्यौपानेका अनुसार मुद्दा किनारा लगाउनका लागि कम्तिमा एक वर्षको समयावधि तय हुनुपर्छ ।

जिल्लाकै बबई गाउँपालिकाको न्यायिक समितिमा गत वर्षका मुद्दाहरु मात्रै ११ वटा छन् । चालु आर्थिक वर्षको सुरुवातमै थप १५ मुद्दा दर्ता भैसकेका छन् । अघिल्लो वर्षकै ११ मुद्दा किनारा लगाउन नसकेको न्यायिक समितिले पनि मुद्दा किनारा लगाउने कानुनी ब्यवस्था नाघेकै छ । यो न्यायिक समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष सावित्रा बिकले न्यायिक समितिले सुरुवातदेखि नै तीन महिनाको अवधिमा मुद्दा टुंग्याउने गरि काम गर्न नसकेको बताउँछिन् । “तीन महिनाको अवधिमा केहि मुद्दाहरु टुंगिएका होलान्, तर जटिल खालका मुद्दाहरु यो अवधिमा टुंग्याउन सकिने अवस्थै भएन, मुद्दाको प्रकृति र ति मुद्दा उपर रहेका जटिल खालका बिबाद टुंग्याउने सवालमा तीन महिनाको अवधि निकै कम हो, यो सम्भवै छैन” उनले भनिन् । उनका अनुसार मुद्दा दयारकर्ताहरु समयमै सम्पर्कमा नआउनु मुद्दा किनारामा समय लाग्नुको कारण हो भने न्यायिक ज्ञान भएको जनशक्तिको अभावले पनि यो गाउँपालिकाको न्यायिक समितिलाई मुद्दा टुंग्याउन असहज बन्दै आएको छ । न्यायिक समितिका संयोजक बिकका अनुसार मुद्दा किनारा लगाउनका लागि न्यायिक समितिमा कानुनी अधिकृतको ब्यवस्था गरिने स्थानीय सरकार सञ्चालन ऐनमै उल्लेख गरिएको छ । तर यो गाउँपालिकामा कानुन अधिकृत अहिले सम्म छैनन् । “हामीहरुलाई कानुनी कुराहरु थाहा छैन, न्यायिक समितिलाई कानुनी अधिकृतको व्यवस्था गर्ने भनेर उल्लेख पनि भएको छ, तर हाम्रोमा कानुनी अधिकृत कोही पनि छैन” उनले भनिन् । कानुनी ज्ञानको अभावमा मुद्दा किनारा लगाउनै समस्या भएको उनले बताईन् । तैपनि देखाई र भोगाईका आधारमा मुद्दाहरु किनारा लगाउने गरेको उनले जानकारी दिईन् ।
पालिकामा कानुन अधिकृत नहुँदा मुद्दाका बारेमा जानकारी नै नहुने र कुन बाटोबाट किनारा लगाउने भन्ने बिषयमा अन्यौल हुँदा समय स्वतः धेरै लाग्ने उनको भनाई छ । “हामीहरुले कानुन बुझेका छैनौ, त्यो मुद्दा कुन प्रकृतिको हो र कसरी मिलाउने? भन्ने बिषयको ज्ञान भए पो मुद्दा चाँडै किनारा लाग्छ नि, कानुनी अधिकृत भैदिएको भएपनि समयमै मुद्दा किनारा लगाउन सहज हुन्थ्यो” उनले भनिन् ।

कानुनी अधिकृतकका लागि प्रदेश सरकारमा माग गरेको भएपनि साढे ४ वर्ष वितिसक्दापनि व्यवस्था हुन नसकेको उनको भनाई छ । स्थानीय सरकार स्थापना भएपश्चात स्थानीय तहमा भएका सामान्य मुद्दा किनारा लगाउनका लागि स्थानीय तहमै न्यायिक समिति स्थापना भए । स्थानीय तहमा देखिने झैँ झगडादेखि कुलो पानी लगाएतका बिबाद किनारा लगाउनका लागि स्थापना भएका न्यायिक समिति स्थानीय तहका लागि ‘घाँडो’ बनिदिएको स्थानीय तहका उपप्रमुख तथा न्यायिक समितिका संयोजकहरुको बुझाई छ । त्यसमाथि थोरै अवधि तोकेर मुद्दा किनारा लगाउन गरिएको ब्यवस्थाले स्थानीय तहमा रहेका ‘न्यायिक अदालत’ को कार्यसम्पादन अधिकार साँघुरिएको छ । साँघुरो कार्यसम्पादन भित्र रहेर जिल्लाका दशवटै स्थानीय तहहरुले मुद्दाको छिनोफानो गर्न सकेका छैनन् ।

दाङका मात्रै हैन, देशका कैयन स्थानीय ‘न्यायिक अदालत’ हरुले साँघुरो कार्यसम्पादन अवधिभित्र रहेर काम गर्न भने सकेका छैनन । महालेखाको प्रतिवेदनलाई हेर्ने हो भने देशभरका ५ सय ४० स्थानीय तहहरुले गत वर्षकै मुद्दाहरु किनारा लगाउन सकेका छैनन् । यि स्थानीय तहहरुमा गत वर्षकै ७ हजार १८ मुद्दा र यो वर्ष थप भएका १७ हजार ३ सय ११ मुद्दा गरि २४ हजार ३ सय २९ मुद्दा किनारा लागिसक्नुपर्ने थियो तर, १३ हजार ७ सय ८७ मुद्दा टुंगिएका छन् भने १० हजार ५ सय ४२ मुद्दा बाँकी नै रहेका छन् । तस्वीरः इन्टरनेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?