ट्रेंडिंग:

>> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट

रेड्मी १२ नेपालमा सार्वजनिक

३० असार २०८०, शनिबार
३० असार २०८०, शनिबार

बुटवल, ३० असार ।  ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १२ नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट प्रदर्शन र फिचरहरू प्रदान गर्ने यस स्मार्टफोन बजारमा सुपथ मूल्यमा उपलब्ध हुनेछ । रेड्मी सिरज अन्तर्गतको एउटा मोडेल रेड्मी १२ ले अतुलनीय अनुभव प्रदान गर्दै बजेट अनुकूल स्मार्टफोनको परिभाषा नै परिवर्तन गर्ने लक्ष्य राखेको छ ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर, अमित कुमार पंडाज्युले भने–‘ हामी शाओमीका प्रविधियुक्त स्र्माटफोनहरू सबैका लागि पहुँचयोग्य बनाउन प्रतिबद्ध छौँ । रेड्मी १२ मोडलमा फिचर, प्रदर्शन र किफायतीको संयोजन मार्फत हामी इन्ट्री लेबल स्र्माटफोनलाई पुन : परिभाषित गर्ने उद्देश्य राखेका छौँ । हामीलाई विश्वास कि यस डिभाइसले प्रयोगकर्तालाई डिजिटल संसारका सम्पूर्ण सम्भावनाहरूका ढोका खोल्नेछ ।” रेड्मी १२ मा १२ एन एममा निर्मित ओकेटा कोर मिडियाटेक हिलियो जी ८८ प्रोसेसर, २ जेगाहर्ज मा २ एक्स आर्म कोरटेक्समा उपलब्ध छ । ६ जीबी + १२८ जीबी र ८ जीबी + २५६ जीबीको स्टोरेज गरी जम्मा २ भेरियन्टमा उपलब्ध छ ।

स्टोरेज भने १ टिबी सम्म थप गर्न मिल्नेछ । डिभाइसमा २४६० बाई १०८० को रिजोलुसन र ३९६ पिपिई सहितको ६.७९ फुलएचडी प्लस डट डिस्प्ले समावेश छ । यस डिभाइसमा १५०० को कन्ट्रास रेसियो, ७०५ एनटिएससी कलर ग्यामट तथा ५५० एनआईटिएस(एचबिएम) सम्मको अधिकतम ब्राइटनेस सहित उपलब्ध हुनेछ । यस डिभाइसले ३६, ४८, ६० र ९० हर्ज रिफ्रेस रेटको अप्सन सहित अडाप्टिभ सिंक सपोर्ट गर्छ । साथै रिडिंग मोड ३.० र एसजिएस लो ब्लु लाईट पनि यस मोबाइलले प्रदान गर्छ ।

फोनमा ५००० एम ए याच ब्याट्री जडान गरिएको छ जसले १८ वाट फास्ट चार्जिङ समर्थन गर्दछ । बक्स भित्र २२.५ वाट को फास्ट चार्जर पाउनुहुनेछ । यसमा चार्जिङ र डाटा ट्रान्सफरका लागि युयसबी–सी पोर्ट रहेको छ । सुरक्षाका अप्सनहरूमा साइड फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक समावेश छ । रेड्मी १२ मिडनाइट ब्ल्याक, स्काई ब्लू र पोलर सिल्भर गरी तीन रंगहरूमा र ६ जीबी + १२८ जीबी र ८ जीबी + २५६ जीबी भेरियन्टमा उपलब्ध हुनेछ । साथै यसमा १ टीबी सम्म एक्स्पाण्डेबल स्टोरेजको सपोर्ट रहेको छ ।६ जीबी + १२८ जीबी र ८ जीबी + २५६ जीबी भेरियन्टको मूल्य रु. १७,९९९ र रु.२०,९९९ रहेको छ । रेड्मी १२ असार २९ बाट नेपालभरका सबै आधिकारिक मी स्टोर र शाओमीका आधिकारिक रिटेलरहरूमा उपलब्ध हुनेछ ।

बुटवलमा बिनायकले गर्यो एमआईको नया मोडल रेडमी १२ लन्च
एमआई को नया मोडेल रेड्मी १२ मोबाईल फोन बुटवलमा लन्च गरिएको छ । बिनायक मल्टी सप्लायर्स प्रालीको आयोजनामा शुक्रबार एक समारोहका बिच एमआईको नया मोडल रेडमी १२ लन्च गरिएको हो । रेडमी १२ को ८ जिबि रेम २५६ जिबि मेमोरी र ६ जिबि रेम १२८ मेमोरीका दुई मोडलमा आउने छ। जसको बजारमुल्य २०९९९ र १७, ९९९ रुपैया रहेको छ।

नया भेरियन्टमा ब्याक प्यानल, डिस्प्ले फुल एचडिप्लस, पावरफुल प्रोसेर, फिङ्गरप्रिन्ट सेन्सरमा नयापन रहेको छ। १६ जिबिसम्म एक्टेन्सन गर्न मिल्ने क्षमता छ । ५ हजार एमएएचको र फास्ट चार्जर रहेको सहायक बजार ब्यवस्थापक मोहित रत्न राजभण्डारीले बताए ।

समयसापेक्ष धेरै फिचरहरु थप गरिएको यो मोडेलको मोबाइलको मूल्यमा ईकोनोमी रहेको सप्लार्यसका संचालक आशिष श्रेष्ठले बताए । यसैगरि रेडमी कै ए टु र एटु प्लसका थप २ भेराईटीमा आउँछ। जुन ८ मेगापिक्चरको क्यामरा छ। यसअघि भर्खरमात्र लन्च भएको रेडमी नोट १२, नोट १२ प्रो, नोट १२ फाईभजी र रेडमी १२ सि मोडल लन्च गरेको थियो । जुन यसको गुणस्तर र बजारको माग धेरै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?