ट्रेंडिंग:

>> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल

सल्यान फर्किए राउटे

१४ असार २०७८, सोमबार
१४ असार २०७८, सोमबार

करिव १० वर्षपछी राउटे समुदाय सल्यान फर्किएका छन् । जंगलमा घुमन्ते जीवन विताउदै आएका राउटे समुदाय सुर्खेतको गुर्वाकोट नगरपालिका वडा नम्बर ११ स्थित भेरी नदिको किनारबाट वस्ती स्थान्तरण गरेर मंगलवार सल्यानको कालिमाटी गाउपालिका ५ काल्चेडाँडामा आएका हुन् । राउटे जाती पश्चिम नेपालका विभिन्न जंगलमाहरुमा बसोबास गर्दै आइरहेका छन् । यस पटक फेरी राउटे समुदाय बसाइ सरेरर सल्यान आएको लामो समयदेखी राउटेको संरक्षणमा लागेकी सतीदेवी अधिकारीले बताइन् ।

लोपोन्मुख अवस्थामा रहेको राउटे समुदाय करिब अहिले १ सय ५० जना मात्र रहेका छन् । एकै ठाउँमा नबस्ने, खेती नगर्ने र पढाइ लेखाइ नगर्ने उनीहरू जंगलबाट काठ संकलन गरी भाँडाकुँडा बनाउँछन् । पछिल्लो समय यो समुदाय गाउँबस्ती नजिक बस्न थालेको छ । राउटे जाति खस आर्य समुदायको पिछडिएका नेपालको लोपोन्मुख आदिवासी हुन् । फिरन्ते जीवन बिताउने राउटे जातिले खस भाषा बोल्दछन् भने आधुनिक नेपाली भाषा पनि राम्रोसँग बोल्न साथै बुझ्न सक्दछन् ।

पछिल्लो समय राउटे जातिको दैनिक व्यवहार, रहनसहनमा परिवर्तन हुँदै गइरहेको छ । पहिलेको तुलनामा रुपियाँ, पैसा र आधुनिक सामग्रीमा बढी प्रभावित हुन थालेको पाइन्छ । विगतमा पशुपालन गर्दा राम्रो नहुने भन्दै तिरस्कार गर्ने राउटे समुदायका व्यक्तिले मुख्य आहार गुना र बाँदर पाइन छाडेपछि पछिल्लो समयमा चाडबाड नजिँकिदै गर्दा बाख्रा र कुखुरा पाल्ने गरेका छन् । सरकारले उनीहरूलाई मासिक तीन हजार रुपैयाँ र कर्णाली प्रदेश सरकारले पनि मासिक दुई हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।

बिरामी भएमा, चोटपटक लागेमा वा शरीरमा घाउ भएमा राउटेहरुले जडिबुटीको प्रयोग गर्ने गर्छन् । बिरामी परेमा स्वास्थ्य उपचारभन्दा पनि उनीहरु धामी, झाँक्री बसालेर ग्रह काट्ने, भूतको भाग फाल्ने गर्छन् । राउटे जातिले अहिले खुट्टाको सुरक्षाका लागि जुत्ताचप्पल पनि लगाउन थालेका छन् भने आफैँले स्थानीयस्तरमा उत्पादन गर्ने कपडाको मात्रै प्रयोग गर्ने उनीहरु आजभोलि बजारमा पाइने आधुनिक कपडाको प्रयोगतर्फ आकर्षित हुन थालेका छन् । राउटे युवतीहरुले पनि पछिल्लो समय चुरापोतेलगायत श्रृंगार सामग्री प्रयोग गर्न सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?