ट्रेंडिंग:

>> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण

दाङमा संक्रमण घटेपनि मृत्युदर घटेन

२० जेष्ठ २०७८, बिहीबार
२० जेष्ठ २०७८, बिहीबार

जिल्लामा अहिले कोरोना संक्रमण दर घट्दै गएको देखिएको छ । विगत एक महिनादेखि नियमितरुपमा लागू भएको लकडाउनसँगै मानिसहरुले अपनाएको स्वास्थ्य सजगताका कारण संक्रमण दरमा कमी आएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

कार्यालयका अनुसार वितेको एक सातामा जिल्लामा २ सय १५ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । यो तथ्याङ्कका आधारमा प्रतिदिन करिब ३० जनामा कोरोना संक्रमण देखिने गरेको कार्यालयले जनाएको छ । पछिल्लो संक्रमण दरका आधारमा जिल्लामा एक सातादेखि कोरोना संक्रमण दर घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल फर्सन कमल चन्दले बताए । उनले पहिलेको तुलनामा पछिल्लो समय कोरोना संक्रमण दरमा धेरै कमी आएको बताए । “कोरोना संक्रमण दरको पछिल्लो एक हप्ताको डाटालाई हेर्दा अहिले जिल्लामा संक्रमण दरमा कमी आएको छ, अहिले पहिलेको जस्तो डरलाग्दो अवस्था छैन” कोरोना फोकल पर्सन चन्दले भने । तर उनले कोरोना संक्रमण दर घटे पनि कोरोना संक्रमणबाट मृत्युदरमा भने कमी नआएको बताए ।

पहिलेको तुलनामा कोरोना संक्रमण दर घटेको भएपनि संक्रमणबाट हुने मृत्युदरमा कमी आउन नसकेको उनले बताए । कोरोना संक्रमण दर घटे पनि मृत्युदरमा कमी नआएकाले अहिले पनि जोखिम रहेको फोकल पर्सन चन्दले बताए । उनका अनुसार कोरोना संक्रमणका कारण जिल्लामा २ सय २० जनाले ज्यान गुमाएका छन् । त्यस मध्ये करिव डेढ सय जनाको बैशाखदेखि यता मृत्यु भएको छ ।

जिल्लामा कोरोना संक्रमण दर घटे पनि जोखिम अझै उत्तिकै रहेको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाही बताउँछन् । लामो समयदेखि भएको लकडाउनसँगै नागरिकहरुले अपनाएको स्वास्थ्य मापदण्डका कारण संक्रमण दर कम भएको उनले बताए । कोरोना संक्रमण दर कम हुँदा अस्पतालहरुमा बिरामीहरुको चाप कम हुनका साथै अक्सिजन अभावको समस्या अहिलेलाई हटेको उनले बताए । “कोरोना संक्रमण दर कम हुँदा अस्पतालहरुमा संक्रमितको चाप कम हुँदै गएको छ, यति छिट्टै संक्रमण दर घट्नु राम्रो हो” कार्यालय प्रमुख शाहीले भने । उनले यही अवस्थालाई कायम राख्नका लागि भीडभाड हुन नदिनका लागि सबै सचेत बन्न आवश्यक रहेको बताए ।

त्यस्तै अहिले कार्यालयले पिसिआर परीक्षणसँगै ग्रामीण क्षेत्रमा कोरोना संक्रमण पत्ता लगाउनका लागि जिल्लाका दशवटै पालिकाहरुलाई कोरोना परीक्षणका लागि एन्टीजेन्ट उपलव्ध गराएको जानकारी दिए । “पालिकाहरुमा कोरोना संक्रमण दर पत्ता लगाउनका लागि एन्टीजेन्ट परीक्षण किट उपलव्ध गराएका छौ, यसले पालिकाहरुलाई जोखिमयुक्त गाउँका नागरिकको स्वास्थ्य परीक्षण गर्ने र नियन्त्रणमा राख्न सहयोग गर्नेछ” उनले भने ।

जिल्लामा अहिलेसम्म १० हजार ९ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुमध्ये ९ हजार ८ सय ३६ जना उपचारपछि निको भएका छन् । कार्यालयका अनुसार हाल ९ सय ४० जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । उनीहरुमध्ये कतिपय होम आइसोलेसनका रुपमा घरमा छन् भने अन्य संक्रमितहरुको कोरोना विशेष अस्पताल बेलझुण्डी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, तुलसीपर मेट्रो अस्पतालमा सञ्चालित कोरोना आइसोलेसन, देउखुरीको लमहीमा रहेको कोभिड आइसोलेसन सेन्टर लगायतका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?