ट्रेंडिंग:

>> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन

थरै परिवर्तन गरी नागरिकता, १५ वर्षपछि बल्ल छानविन

१९ असार २०८०, मंगलवार
१९ असार २०८०, मंगलवार

नवलपुर, १९ असार ।

पुर्वी नवलपरासीमा थरै परिवर्तन गरी नेपाली नागरिकता वितरण भएको पाइएको छ । नागरिकता वितरण भएको १५ वर्षपछि बल्ल घटना सार्वजनिक भएको हो । यसबारे अहिले छानविन थालिएको छ ।

जिल्लाको साविक जौवारी गाविस वडा नं. ४ हाल बुलिङटार गाउँपालिका वडा नं. ५ स्थायी घर भएका सार्की थर भएका एक ब्यक्तिलाई मगर थर बनाएर नेपाली नागरिकता दिइएपछि १५ वर्षपछि घटना सार्वजनिक भएको र पीडितले जिल्ला प्रशासन कार्यालयमा जाहेरी दिएपछि प्रहरीले एक जनालाई पक्राउ गरी छानविन थालेको जिल्ला प्रहरी कार्यालय पूुर्वी नवलपरासीले जनाएको छ ।

साविक जौवारी गाविस ४ का दिलबहादुुर सार्कीका छोरा मनबहादुर सार्कीले नक्कली बाबु खडा गरी झुक्याएर मुक्त बहादुर रानामगरको छोरा भनी तत्कालीन गाविस सचिवबाट किर्ते सिफारिस लिई २०६५ साल असार २० गते ३६–२–०१०–६१ नम्बरको नेपाली नागरिकताको प्रमाण पत्र लिएको जिल्ला प्रशासनको अभिलेखबाट देखिन आएको र सो नागरिकता तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चिरन्जीवी सिग्देलले हस्ताक्षर गरी प्रदान गरेको अभिलेखमा भेटिएको छ ।

सार्की थर भएका निजले सर्जमीन गर्न साक्षी बस्न जौवारीबाट कावासोती सम्म ल्याउँदा गाविसको किर्ते सिफारिस गराई मगर थरबाट नागरिकता लिएपछि अहिले निजका श्रीमती, छोरा छोरी समेतले मगर थरबाट नेपाली नागरिकता लिएको जिल्ला प्रशासनले जनाएको छ ।

मगर थर कायम गरी मुक्तबहादुुर सार्कीकी श्रीमती मन्जु राना मगरले २०६६ फागुन २६ गते ३६२०१०२८५ नम्बरको नागरिकता लिएको सो नागरिकतामा प्रशासकीय अधिकृत बामदेव शर्माले हस्ताक्षर गरेको, निजकी छारीले २०७४ असार ७ गते प्रशासकीय अधिकृत कमल प्रसाद आचार्यले हस्ताक्षर गरी ३६०२७४०२००५ नम्बरको नेपाली नागरिकता जारी गरेको जिल्ला प्रशासन कार्यालयको अभिलेखबाट देखिएको कार्यालयले जनाएको छ ।

किर्ते थर नै परिवर्तन गरेर नागरिकता दिने र सिफारिस गर्ने र नागरकिता लिने विरुद्ध जिल्ला प्रशासनमा विरबहादुुर राना मगरले ठाडो उजुरी दिएपछि घटना सार्वजनिक भएको र शुरुमा प्रहरीले उजुरी लिन नमाने पनि पछि घटना वास्तविक भएको भन्दै प्रहरीले उजुरी लिएर खडक बहादुुर सार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

सार्की थर नै परिवर्तन गरेर जालसाझी तरिकाले मगर थर कायम गरी नागरिकता प्रदान गर्ने जस्ता घृणित कार्यले समाजलाई कस्तो दिशाामा अगाडि बढाएको छ भन्ने कुरा अहिले उदाङ्गो भएको जौवारीका समाजसेवी मिनबहादुुर लामिछानेले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले कानुन बमोजिम कारबाही गर्न प्रहरी तयार रहेको बताए । तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले कानुनको दायरामा ल्याउन र कारबाही थाल्न निर्देशन दिए पनि दुई महिना सम्म प्रहरीले आरोपितलाई पक्राउ नगरेको भन्दै प्रहरीको तीब्र आलोचना भएको थियो ।

अहिले प्रहरी नै अग्रसर भएपछि सो घटनामा संलग्न जो सुकैलाई पनि कारबाही गर्ने गरी प्रहरीले पक्राउ गर्न अग्रसरता देखाएको, मंगलबार एक जना पक्राउ परेको र बाँकी पनि चाँडै पक्राउ पर्ने जिल्ला प्रहरी कायार्लयले जनाएको छ ।

झुुटो, किर्ते, थरै परिवर्तन गरी नागरकिता लिनेहरु कोही विदेश पुगिसकेका छन् भने कोही फरार रहेका र खोजतलास जारी राखेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?