ट्रेंडिंग:

>> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन

गौशाला व्यवस्थापनपछि तिलोत्तमामा हराउँदै छाडा चौपाया

१७ असार २०८०, आईतवार
१७ असार २०८०, आईतवार

बुटवल, १७ असार

पाँच वर्षदेखि सञ्चालनमा आएको गौशालाका कारण तिलोत्तमा नगरपालिका क्षेत्रमा छाडा चौपाया हट्न थालेका छन् । अहिले छिटफुटरुपमा मात्र चौपाया सडकामा देखिएपनि दुर्घटना निम्त्याउने गरी पशु चौपायाहरु सडकमा देखिंदैनन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गौशालालाई व्यवस्थित गरेसँगै छाडा चौपायाको संख्या कम हुँदै गएको हो । अन्तर्राष्ट्रिय कृष्ण भावना मृत संघ (इस्कोन) सँगको सहकार्यमा तिलोत्तमाको गौशाला व्यवस्थापनको काम हुँदै आएको छ ।

इस्कोनले गौशाला व्यवस्थापनसँगै वैदिक शिक्षा, स्वास्थ्यका कार्यक्रमहरु समेत सँगसँगै सञ्चालन गरिरहेको छ । तिलोत्तमा गौशाला शंकरनगर र करहिया सामुदायिक वन क्षेत्रमा पर्दछ । ४ बिगाहा क्षेत्रफल रहको गौशालामा हाल करिव ३ सय भन्दा बढी गाई÷गोरु रहेका छन् ।

तिलोत्तमा नगरपालिकाले छाडा चौपायालाई ब्यवस्थापन गर्न नगरमा २ वटा गौशाला निर्माण गरेको थियो । अर्को गौशाला भने वडा न १४ बाउन्कोटी राष्ट्रिय गौशाला रहेको छ । नगरप्रमुख रामकृष्ण खाणले छाडा चौपायाका कारण हुने दुर्घटनाा कमी आएको बताए । नगरभित्र रहेका गौशालालाई व्यवस्थि तगर्न बजेट समेत छुट्टयाइने गरेको उनले बताए ।

यसरी ब्यबस्थापन गर्दागदै पनि छिमेकी पालिकाले छाडा गाइवस्तु धपाउने र तिलोत्तमामा ल्याएर छोडिदिने गर्दा व्यवस्थापनमा चुनौत ीभने थपिएको नगरप्रमुख खाणले बताए ।

बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, देवदह नगरपालिका, सियारी तथा शुद्धोधन गाउँपालिका, ओमसतिया गाउँपालिकालगायतका स्थानीय तह पनि यसको व्यवस्थापनमा लाग्नु जरुरी रहेको उनले बताए ।

२०७५ सालमा तिलोत्तमाका तत्कालीन नगर प्रमुख वासुदेब घिमीरेको पालादेखि इस्कोन तिलोत्तमा गौशाला सञ्चालनमा ल्याइएको हो । गौशाला निर्माणमा तीनै तहका सरकारको सहयोग रहेको गौशालाका प्रमुख रविन पौडेलले बताए ।

उनका अनुसार १०२ गाईगोरुबाट सुरु गरेको गौशालामा अहिले ३२० भन्दा बढी गाइगोरु रहेका छन् । क्षमता भन्दा बढी गाईगोरु राख्दा चरण गर्न गाईलाई ठाउँ अभाव रहेको जानकारी दिदै उनले बजेटको अभावले गर्दा गौशलामा जाने बाटो अझै ब्यवस्थापन हुन नसकेको बताए । अहिले गौशालाबाट बिभिन्न किसिमका औषधीहरु उत्पादन गर्न र गौधन गड्यौलाको मल, गौधन कीट नियन्त्रक मल आयुर्वेदिक मल उत्पादन गरी आय आर्जन गर्न थालेको पौडेलले बताए । भोलीका दिनमा गोबरबाट अगरबत्ती बनाउने योजना अगाडि बढाएको पनि उनी बताउँछन् ।

तिलोत्तमा नगरपालिकाले गौशालामा गाईलाई चाहिने पराल भुसाह दाना खरीद गर्नको लागि रकम सहयोग गरेको छ । गौशाला ब्यवस्थापन गर्नका लागि अहिले सम्म केही रकम संरचना गोठ निर्माण गर्न र केही रकम दाना भुसाह परालमा खर्चिएको छ । आर्थिक बर्ष २०७९। ८० मा इस्कोन तिलोत्तमा गौशाला व्यवस्थापनमा ३९ लाख रकम खर्च भएको तिलोत्तमा नगरपालिकाका पशु विभाग प्रमुख राजु कुँवरले जानकारी दिए । २०० सम्मको क्षमता भएको ठाउँमा अहिले ३०० भन्दा बढी गाई राख्दा ब्यवस्थापन गर्न गाह्रो भएको बताउदै उनले छाडा चौपाया गौशालमा राख्न नसकेपनि बिरामी हुने, घाउ चोट लगेका गाईलाई औषधी उपचारको ब्यवस्थापन नगरपालिकाले गरेको राजु कुँवर बताउँछन् ।

तिलोतमा नगरपालिका वडा नं. १४ मा रहेको गौशाला सामुदायिक वन उपभोक्ता समितिसँग सम्झौता गरी बाउन्नकोटी राष्ट्रिय गौसेवा समितिको नामबाट २०६० सालदेखि सञ्चालनमा रहेको गौशालाका अध्यक्ष टिकाराम पाण्डेले बताए । वनकै जग्गामा निर्माण भएको गौशलामा अहिले ५० देखि ६० वटा गाईहरु रहेका छन् । छाडा चौपायाका गाईहरुलाई ब्यवस्थापन गर्न तिलोत्तमा नगरपालिका लगायत अन्य नगरपालिका र विभिन्न संघसंस्था, टोलबासी, मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरुको आर्थिक सहयोगले दाना, पराल खरिद गर्ने गरेको पाण्डे बताउँछन् । यसको ब्यवस्थापन गर्न समस्या रहेको हुँदा तिलोत्तमा नगरपालिकाले ५० प्रतिशत सहयोग गरेमा अझ बढी छाडा चौपायालाई ब्यवस्थान गर्न सकिने उनको भनाई छ । आर्थिक वर्ष २०७९।८० मा तिलोत्तमा नगरपालिकाले बाउन्नकोटी गौसेवालाई एक लाख मात्र सहयोग गरेको टिकाराम पाण्डेले बताए ।

छाडा चौपायालाई अझै ब्यवस्थित बनाएर लैजाने र तिलोत्तमा नगरपालिकाक १७ वटै वडाहरुका पालेका गाईलाई कसैले पनि दुध दिन छोडेपछि वा बुढो भयो भनेर बाटोमा छोडि दिएको थाहा पाए सम्म कारबाही पनि गर्ने गरिएको तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् ।

तिलोत्तमा नगरपालिकाले चौपायालाई सडक तथा वनजंगलमा छाड्ने प्रवृत्ति रोक्न निगरानी पनि बढाएको छ । ‘छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधि’ कार्यान्वयनमा ल्याएको नगरपालिकाले घरमा पालिएका चौपाया बेवारिसे छाड्ने व्यक्तिलाई जरिवाना गर्ने नियम समेत बनाएको छ । कार्यविधिमा घरपालुवा चौपाया बेवारिसे छाडा छाड्नेलाई पहिलो पटक बढीमा रु तीन हजारसम्म जरिवाना गर्न सकिने उल्लेख छ ।

तिलोत्तमा नगरपालिकामा गौशाला भए पनि घर–गोठमा पालिएका पशु चौपायालाई छाडा छाड्ने प्रवृत्ति नरोकिँदा छाडा चौपायाका कारण विभिन्न समस्या देखिने गरेका छन् । बेवारिसे छाडा पशु चौपायाले सडक एवं सार्वजनिकस्थलमा पु¥याइरहेको अवरोधले हुनसक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा क्षति नियन्त्रण गर्न कार्यविधि जारी गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले जारी गरेको यो कार्यविधि विपरीत घर–गोठमा पालिएका पशु चौपाया नियतवश घरबाट हटाउने उद्देश्यले सार्वजनिक स्थलमा बेवारिसे छाडी दिने गरेको पाइएमा नगरपालिकाले त्यस्ता पशु चौपाया धनीको पहिचान गरी पहिलो पटक बढीमा तीन हजार र पटक–पटक गरेमा क्रमशः ५० प्रतिशतका दरले बढाउँदै जरिवाना गरी नियन्त्रणमा लिइएका त्यस्ता छाडा पशु चौपाया सम्बन्धित पशुधनीकै जिम्मा लगाउने नियम नगरपालिकाले बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?