ट्रेंडिंग:

>> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन

पुर्वी नवलपरासीको पहाडी क्षेत्रमा पहिरोले यातायात बन्द

१७ असार २०८०, आईतवार
१७ असार २०८०, आईतवार

नवलपुर, १७ असार ।

शुुक्रबार साँझ देखि परेको अविरल वर्षाका कारण पुर्वी नवलपरासीको पहाडी क्षेत्र जोड्ने दलदले धौवादी, बुलिङटार, गैडाकोट, पाल्पा–रामपुुर जोड्ने कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ ।

जिल्लाको पहाडी बुलिङटार र बौदिकाली गाउँपालिका हुँदै पाल्पा रामपुर, स्याङ्जा सम्म चल्ने दुई वटै सडक अवरुद्ध भएपछि सदरमुुकामसंगको यातायात सम्बन्ध बिच्छेद भएको बुलिङटार गाउँपालिकाका लोकप्रसाद रामदामले बताए ।

पहाडी क्षेत्रमा यातायात अवरुद्ध हुुन पुुगेपछि त्यस क्षेत्रमा खाद्यान्न, औषधीलगायतका अत्यावश्क सामवग्रीको अभाव हुने बुुलिङटार २ का प्रेमबहादुुर थापा मगरले बताए ।

गैडाकोेट हुँदै कोटथर, डाडाँझेरी, बुलिङटार, अर्खला, भारतीपुर, मिथुकरम, डेढगाउँ, रकुवा, रुचाङं, नरम, जौबारी, धौवादी हुँदै पाल्पा, स्याङ्जा सम्म चल्ने दुई वटा सडक पहिरोले अवरुद्ध बनाएपछि बाटो सुचारु हुुन समय लाग्ने बुलिङटार गाउँपालिकाका कुुलबहादुुर कुुमालले जानकारी दिए ।

दलदले धौवादी सडक खण्डको बिस्तार गर्ने जिम्मेवारी पाएको ठेकेदार कम्पनी बेखबर भएपछि बिगत तीन महिनादेखि सो बाटो मर्मत हुन नसकेको र पटक पटक मर्मतका लागि अनुरोध गरे पनि सो कम्पनीले बेवास्ता गरेको स्थानीयले बताए ।

दलदले धौवादी सडक खण्डको कुमसोत पाँग्रे खण्डमा दर्जनौ ठाउँमा पहिरो जाँदा अवरुद्ध बनेको सो बाटो मर्मतका लागि समय लाग्ने र पानी नरोकिए सम्म मर्मतको काम थाल्न नसकिने देवचुुलीका रामबहादुुुर मगरले बताए । वर्षायाममा पहाडी क्षेत्रका जनताले सधै दुख खेप्नु परिरहेको कोटथरका रविन्द्र कुुमार श्रेष्ठले दुुखेसो समेत पोखेका छन् ।

उता गैंडाकोट कालीगण्डकी मोटरबाटोमा समेत दर्जनौ बढी ठाउँमा पहिरो जाँदा यातायात बन्द भएको छ । पहाडी क्षेत्रलाई जोड्ने दुवै सडक अवरुद्ध भएपछि त्यस भेगमा खाद्यान्न, औषधीको अभाव हुन सक्ने बौदिकाली गाउँपालिकाका समाजसेवी पुुरुषोत्तम पाण्डेले बताए ।

दैनिक दुुई सय बढीको संख्यामा सवारी साधन गुड्ने ती दुवै सडक बन्द हुँदा पहाडी क्षेत्रका जनताले ठुलो सास्ती ब्यहोर्नु पर्ने अवस्था आएको समाजसेवी पाण्डेको गुनासो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?