ट्रेंडिंग:

>> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा

तिलोत्तमा प्रमुख खाणको पारिश्रमिक विपन्न विद्यार्थीलाई छात्रवृत्ति

१६ असार २०८०, शनिबार
१६ असार २०८०, शनिबार

बुटवल, १६ असार ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले आफ्नो सेवा–सुविधा बापतको रकम लिदैनन् । सो रकम सरकारलाई फिर्ता पठाएका पनि छैनन् । उनले पाउने उक्त रकम नगरका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । जसले विपन्न विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग भएको छ ।

नगर प्रमुख खाणले निर्वाचित भएपछि आफ्नो सेवा–सुविधा बापतको रकम विपन्न विद्यार्थीको छात्रवृत्तिमा लगाउने घोषणा गरेका थिए । त्यही घोषणा अनुसार आफ्नो सेवा–सुविधा बापतको रकम छात्रवृत्तिमा लगाएका हुन् । गरीवी वा विपन्नताका कारण कोही पनि बालबालिका शिक्षाबाट वन्चित नहोउन् भन्ने उद्देश्यले आफ्नो प्रमुखका रुपमा पाउने सुबिधा विपन्न विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको नगरप्रमुख खाणले बताए ।

नगरप्रमुख खाणले गत शैक्षिक सत्रमा १ सय ४२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका थिए । बाल दिवसको अवसर पारेर भदौ २९ मा प्रतिविद्यार्थी ४ हजार रुपैयाका दरले छात्रवृत्ति प्रदान गरेको उनले बताए । छात्रवृत्तिले सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन समेत मिलेको उनले जनाए ।

यसवर्ष पनि सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थी नगरप्रमुख छात्रवृत्तिको लागि नाम छनोट भइरहेका छन् । उनीहरुलाई समेत आउदो भदौ अर्थात बाल दिवसको अवसरमा छात्रवृत्ति वापतको रकम बाडिने छ ।

छात्रवृत्ति वितरणलाई व्यवस्थित बनाउन नगरपालिकाले कार्यविधि बनाएको छ । विद्यार्थी छनौट तथा व्यवस्थापनका लागि समिति गठन गरेको छ । यसका आधारमा विद्यालय व्यवस्थापन समितिको निर्णय र वडा कार्यालयको सिफारिसको आधारमा जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरिएको नगरपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले कार्यविधि अनुसार छात्रवृत्ति वितरणको व्यवस्था मिलाएको बताए । स्थानीय तहका पदाधिकारीको सेवा सुबिधा प्रदेश सरकारले तोकिदिने गरेको छ । जसअनुसार नगरपालिका प्रमुखको मासिक सुबिधा ३९ हजार रुपैया छ । यसबाहेक चाडपर्व बापत वार्षिक रुपमा १५ हजार रुपैया पाउछन् । बैठक भत्ता एक हजार रुपैया र दैनिक भ्रमणभत्ता २ हजार तोकिएको छ । नगरप्रमुख खाडले आफू सम्पन्न भएर नभइ शिक्षा प्रतिको लगाव र सेवा भावले आफ्नो सुबिधा विद्यार्थीको शिक्षामा लगाएको बताए ।

यसअघिका नगर प्रमुख वासुदेव घिमिरेले पनि आफ्नो सुबिधाको रकम ४२ वटा सामुदायिक विद्यालयमा अध्ययनरत एक एक जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको रुपमा उपलब्ध गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?