ट्रेंडिंग:

>> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट कमल कोइराला पुरस्कृत

१५ असार २०८०, शुक्रबार
१५ असार २०८०, शुक्रबार

पाल्पा, १५ असार ।

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट नेपाल कम्युनिष्ट पाटीका संस्थापक महासचिव पुष्पलाल सहकर्मी कमल कोइराला पुरस्कृत भएका छन् । तानसेन नगरपालिका पाल्पाले स्थापना गरेको पुष्पलाल स्मृती पत्रकारिता पुरस्कार २०७८ बाट नेपाल कम्युनिष्ट पाटीका संस्थापक महाचिव पुष्पलालका सहकर्मी कोइराला पुरस्कृत भएका हुन् । लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोइरालालाई पुरस्कृत गरेका हुन् । प्रदेश प्रमुख शेरचनले १ लाख ११ हजार १ सय ११ रुपैया नगद सहित दोषल्ला र सम्मानपत्रबाट सम्मानित गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनले यस्ता ऐतिहासिक व्यक्ति, धरोहरहरुलाई सम्मानित गर्न पुरस्कार स्थापना गरेकोमा प्रतिष्ठानलाई धन्यवाद दिए । लोकतन्त्र, प्रजातन्त्र स्थापनाको लागि महत्वपुर्ण भुमिका खेलेका व्यक्तिहरुलाई नया पुस्तामा चिनाउन, उनीहरुको योगदानलाई स्मरण गर्न यस्ता पुरस्कारहरुले महत्वपुर्ण योगदान खेलेको प्रदेश प्रमुख शेरचनले बताए । प्रदेश प्रमुख शेरचन र पुरस्कृत व्यक्ति कोइराला पुष्पलालका सहयात्री हुन् ।

पुस्स्कृत व्यक्ति कोइरालाले आफुले केही पाउने भन्दा देशमा लोकतन्त्र, प्रजातन्त्र स्थापनामा आफु क्रियाशिल रहेको बताए । पुष्पलालको विचारबाट प्रभावित भई कम्युनिष्ट पार्टीको राजनीतिमा सत्रिय रहेको र उनै पुष्पलाल स्मृतीको नामबाट पुरस्कृत हुन पाउँदा खुसी लागेको कोइरालाले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले तानसेन नगरपालिकाले जस्तै अन्य पालिकाहरुले पनि राष्ट्रिय व्यक्तिहरुलाई सम्मनित गर्ने गरी कार्यक्रम ल्याउन अनुरोध गरे । तानसेन नगरपालिकाका कार्यवाहक नगर प्रमुख प्रतिक्षा गाहा सिंजालीले नेपालको प्रजातान्त्रिक आन्दोलनका धरोहरका व्यक्तिहरुको नाममा प्रतिष्ठान गठन गरी प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको व्यक्तिहरु लाई संझिने गरी पुरस्कार स्थापना गरेको बताईन् । प्रतिष्ठानका संररक्षक निवर्तमान नगर प्रमुख अशोक कुमार शाहीले प्रजातान्त्रिक आन्दोलनका योद्धाहरुलाई नयाँ पुस्ताबीच चिनाउन र उनीहरुको योगदानको सम्मान गर्न विपी र पुष्पलाल स्मृती पत्रकारिता पुरस्कार स्थापना गरको बताए ।

कार्यक्रममा विश्व प्रेस काउन्सीलका महासचिव किशोर श्रेष्ठले दृष्टि साताहिकमा कोइरालाको नेतृत्वमा आफुले काम गरेको बताए । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, विपि स्मृती प्रतिष्ठानका अध्यक्ष डा. टंक प्रसाद पन्त, प्रतिष्ठानका सदस्यका गणेश ज्ञवालीले पुष्पलालको जिवनीबारे जानकारी दिए । प्रतिष्ठानले गत बर्ष पुष्पलालका सहकर्मी हिरण्यलाल श्रेष्ठलाई प्रदान गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?