ट्रेंडिंग:

>> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई

भैरवनाथ मन्दिरका पुुजारी निलम्बनमा

१४ असार २०८०, बिहीबार
१४ असार २०८०, बिहीबार

पाल्पा, १४ असार ।

पाल्पा भैरवनाथ मन्दिरका मुख्य पुजारी जितनाथ योगी निलम्बनमा परेका छन् । मन्दिरमा आएका महिला दर्शनार्थी माथि यौनजन्य दुुव्र्यवहार गरेका कारण योगी निलम्वनमा परेका हुन् ।

योगीले टिका लगाइदिने क्रममा महिला तथा किशोरीहरूमाथि यौनजन्य दुुव्र्यवहार गरेको विषय बाहिर आएपछि मन्दिर व्यवस्थापन समितिले विहिवारदेखि लागू हुने गरी निलम्वन गरेको हो । विगत लामो समयदेखि मन्दिरमा मुख्य पुजारीका रूपमा कार्य गर्दै आएका योगीले मन्दिरमा दर्शनका लागि आउने महिला दर्शनार्थीहरुलाई टिका लगाईदिने क्रममा यौन दुव्र्यवहार गरेको भन्ने सामचार बाहिरिएपछि थप अनुुसन्धानका लागि उनलाई निलम्वन गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यहाँको यो मन्दिरमा नाथ सम्प्रदायका योगी पुुजारी रहने व्यवस्था छ । जसका कारण योगीले वर्षौदेखि मन्दिरमा पूूजा आजा गर्दै आएका थिए । उनले मन्दिरमा दर्शनका लागि आउने भक्तजन तथा दर्शनार्थी माथि गरेको व्यवहारका कारण थप अनुसन्धान गर्न निलम्वन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पोखरेलले बताए ।

योगीले महिलामाथि यौनजन्य दुुव्र्यवहार गरेको समाचार सार्वजनिक भए लगत्तै मन्दिर व्यवस्थापन समितिले मन्दिरमा जडित सिसि क्यामराको फूटेज समेत हेरेको थियो । उक्त फुुटेजमा समाचारमा उल्लेख भए जस्तै कुरा फेला परेपछि अनुुसन्धानलाई सहज बनाउन योगीलाई निलम्बन गरिएको अध्यक्ष पोखरेलको भनाई छ । उनले भने, ‘घटनाको विषयमा सत्य तथ्य पत्ता लगाउन प्रहरीलाई सहज होस् भनेर योगीलाई निलम्बन गरिएको छ ।’ घटना बाहिर आएर योगी निलम्बन भए पनि जिल्ला प्रहरी कार्यालयमा पीडितबाट जाहेरी भने परेको छैन । पूजारीको विषयमा जानकारी प्राप्त भए पनि पीडितबाट जाहेरी नपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक भुुपेन्द्र थापाले बताए । प्रहरीले घटनाको सुुक्ष्म अध्ययन भने गरेको छ । पुजारी योगीलाई अहिले परिवारको जिम्मा लगाइएको छ ।

पुजारी योगीले आर्थिक अनियमितामा समेत बेला बेलामा मुुछिदै आएका थिए । उनले यस अघि मन्दिरमा दर्शनार्थीले दान पत्रमा चढाएको भेटी र जिन्सी सामग्रीमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुुसन्धान आयोगमा उजुरी समेत परेको थियो । समितिले योगीको मासिक तलव १८ हजार ५ सय ५० निर्धारण गरे पनि मन्दिरमा चढाइएको दान, भेटी आफू खुशी प्रयोग गर्दै आएको बताइन्छ । पटक–पटक विवादमा तानिएका मुख्य पुजारी निलम्बनमा परे पनि मन्दिरको नियमित पूूूजा भने रोकिएको छैन । मन्दिर व्यवस्थापन समितिले नियमानुसार दैनिक पुजा सञ्चालनका लागि सहायक पुजारी कमलनाथ योगीलाई जिम्मेवारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?