ट्रेंडिंग:

>> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न
मुख्य खबर

पशु–मानव सरुवा रोगः सानो सावधानीले रोक्न सकिन्छ

३२ जेष्ठ २०८०, बिहीबार
३२ जेष्ठ २०८०, बिहीबार

बुटवल, जेठ ।
मानिसका कतिपय रोग पशुपंक्षिमा सर्दछन्, भने पशुपंक्षिबाट पनि कतिपय रोग मनिसमा सर्दछन् । धेरै जसो मानिसलाई यो कुरा थाहा नहुन पनि सक्छ । पशुबाट पनि मानिसमा रोग सर्न सक्छ? मानिसबाट पशुमा पनि रोग सर्न सक्छ ?
मानिसको सामान्य लापरबाहीको कारण पशुपंक्षिमा भएका रोग मानिसमा लाग्छन् भने मानिसमा भएका रोग पशुपंक्षिमा समेत लाग्दछन् । पशुपंक्षिमा लागेको रोग मनिसमा लाग्यो भने मानिसको रोग प्रतिरोधात्मक शक्तिले समेत काम गर्न छाड्दा मानिसको ज्यान समेत जान्छ । पशुपंक्षिमा त्यो रोगका किटाणु ले ठोस असर नगरिरहेको अवस्थमा मानिसमा यदि त्यो रोग लाग्यो भने त्यसको उपचार समेत जटिल हुनुको साथै मानिसको समेत ज्यान नै जान सक्ने पशु चिकित्सकहरु बताउँछन् ।
नेपाल लाईभस्टक सेक्टर ईनोभसन आयोजना बुटवलका प्रमुख तथा बरिष्ठ पशु चिकित्सक डा. गान्धीराज उपाध्यायले पशुबाट मानिसमा सर्ने रोग र मानिसबाट पशुमा सर्ने रोग को संख्या सीमित भएपनि यसबाट पर्ने प्रभाव र रोगको असर ज्यादै नै खतरनाक हुने बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पशुपंक्षीबाट मानिसमा सर्ने रोग (जुनोटिक रोग) को प्राथमिकता सूची सार्वजनिक गरेको छ ।
नेपाल सरकार स्वाथ्य मन्त्रालयले समेत १० वटा जुनोटिक रोग लाई सूचीकृत गर्दै सोही अनुसारको कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । इन्फ्लूएन्जा (जुनोटिक इन्फ्लूएन्जा, सिजनल इन्फ्लूएन्जा), दोस्रोमा रेबिज, तेस्रोमा कोरोना भाइरस (सार्स,मर्स, सार्स कोभ २), चौथोमा लेप्टोस्पाइरोसी र पाँचौंमा ब्रेसेलोसिस रहेको छ ।
त्यस्तै छैटौंमा सालमोनेलोसि, सतौंमा लेस्मिनियासिस, आठौंमा जुनोटिक क्षयरोग, नवौंमा सिस्टिसर्कोसिस÷हाइडाट्रिोसिस र दशौंमा टोक्जोप्लास्मोसिस रहेका छन् ।
पशुपन्छीबाट मानिसमा सजिलै सर्ने रोगलाई जुनोटिक रोग भनिन्छ । पशुपन्छीसँगको लसपस, दूध, दही, मासु र हावाको माध्यमबाट यो रोग मानिसमा सर्ने विज्ञहरु बताउँछन् ।

जुनोटिक रोग बाट बच्नको लागि पशुपालक किसानहरुले समान्य सावधान अपनाएमा त्यसको असरबाट पशु तथा पंक्षि जन्य बस्तृु उपभोग गर्ने उपभोक्ता पनि उक्त रोग लाग्नबाट बच्न सक्छन् । पशुबाट मानिसमा र मानिसबाट पशुमा सजिलै सर्ने जुनोटिक रोग पशुको लसपस, दूध, दही, मासु र हावाको माध्यम बाट सर्ने गर्दछन् । नेपालमा जनावरबाट मानिसमा सर्ने ६९ प्रकारका रोग पत्ता लागेको छ ।

पटके, तुहिने, छारे, टाईफाईड, रेबिज, बर्डफ्लु, दाद, फिरफिरे, जापनिज इन्सेफलाइटिस, क्षयरोग, फिते जुका, इन्फुलन्जा, ट्राइकिभेला, ब्रसेल्ला, लिष्टेरिया, विएसइ सर्कोसिसलगायतका दर्जनौँ रोग पशुबाट मानिसमा सर्ने बरिष्ठ पशु चिकित्सक डा. गान्धीराज उपाध्यायको भनाई छ ।
काटेको मासुलाई राम्ररी नपकाइ खाँदा, दूधलाई उमालेर नखाँदा र हावाको माध्यमबाट समेत जुनोटिक रोग सर्ने गरेका छन् ।
छाडा चौपाया छाडने कार्यले पशुबाट मानिसमा सर्ने रोग महामारीका रुपमा समेत आउन सक्ने संभावना रहेको चिकित्सक उपाध्यायको भनाई छ ।

हात नियमित सफा गर्ने, व्यवस्थित पशु पालनमा जोड दिने, सागपात राम्ररी सफा गरी पकाएर मात्र खाने, आन्द्राभुँडी र मासुसँगै नमिसाउने, पटकेले मरेको जनावरको छाला काढ्ने र चिरफार नगर्ने शंका लागेको कुकुरले टोकेमा घाउं सफा गर्ने र खोप लगाउने गरे जुनोटिक रोगबाट केही हदसम्म बच्न सकिने पशु चिकित्सकको भनाइ रहेको छ ।
पशुबाट उत्पति हुने करिब ६०% रोगाणु जसले मानिसमा रोग पैदा गर्दछ । करिब ७०% ईमर्जिङसंक्रामक रोगहरु जुनोटिक हुन्छन् र धेरै जसो जंगली जनावरको कारणले हुने गर्दछ (७१.८%) र ५०% भन्दा बढी जिवाणु र औषधि वाधक जीवको कारणले हुन्छ । एभियन ईनफ्लुएन्जा, रेबिज, ब्रुसेल्लोसिस्, लेप्टोस्पाईरोसिस्, सिस्टीसर्कोसिस् जस्ता पशुपंक्षीको रोग मानिसमा सर्दछ जसले विश्वभर नै जनस्वास्थ्यमा खतरा उत्पन्न गर्दछ तसर्थ यस्ता रोगहरुको रोकथाम वा विरुद्ध लड्नको लागि प्रत्येक तह वा विश्वभरमा नै आवश्यक छ ।

मानिसलाई जुनोटिक रोगबाट बचाउन सबै भन्दा प्रभावकारी र आर्थिक समाधानको उपाय हो सबै जुनोटिक रोगका रोगाणुहरुलाई पशुपंक्षीको श्रोतमा नै नियन्त्रण गर्नु पर्दछ । रोगाणुहरु जुन जुनोटिक हुदैन तर तिनीहरुको नकारात्मक असर पशु जन्य प्रोटिनमा हुन्छ भन्ने कुरालाई राम्ररी ध्यान दिनु पर्दछ । यो विशेष गरी विकासोन्मुख देशमा महत्वपूर्ण हुन्छ जहां यस्ता समस्याले खाद्यउत्पादनको परिमाण र गुणमा असर पर्दछ र जसले गर्दा गम्भीर जनस्वास्थ्य सम्बन्धि समस्याहरु हुन सक्छ ।
उपयुक्त वैज्ञानिक स्याहारसुसार, नियमित स्वास्थ्य परीक्षण, खोप आदिमा उचित ख्याल नगरिँदा कुकुरबाट सर्ने परजीवी र जुनोटिक रोगले मानिसमा समस्या देखिएको गरेको पशु चिकित्सक अरुण खनालको भनाई छ ।

कुकुरले थुप्रै भाइरल, ब्याक्टेरियाजन्य रोग मान्छेमा सार्न सक्छ । यस्तो जुनोटिक रोग कुकुरको संक्रमित ¥याल, नाक, मुखबाट निस्किने घुलित कण, पानीको ससाना थोपा, दूषित मलमूत्रसँगै कुकुरसँगको प्रत्यक्ष सम्पर्कले गर्दा हुने गर्छ । कुकुरले मात्र हैन खरायो, गाई, भेडाबाख्रा, चरा, घोडालगायतका ासबै घरपालुवा जनावरले हामीलाई रोग सार्न सक्छन् । उनी भन्छन्–‘यदि तपाईं सामान्य नियम पालन गर्नुहुन्छ भने, यस्ता धेरै रोगबाट बँच्न भने सक्नुहुन्छ , स्वच्छताका लागि मुख्य रूपमा साबुनपानीले हात धुने गर्नुपर्छ पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?