ट्रेंडिंग:

>> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल
मुख्य खबर

कोलिय राजधानीको कोलनगर–रामग्राम मार्ग जोड्न पहल

पर्यटन मार्गको रुपमा निर्माण गर्ने गरि ६२ करोड को सडक पुर्वाधार प्रोजेक्ट बनाई काम गर्ने गरि चाँसो लिएको हो । प्रोजेक्ट लागु गर्न सहयोग पुग्नेगरी स्थानिय वार्डअध्यक्षहरु नै सडक मापदण्ड अनुसारको सफाई कार्यमा लागेका छन् ।
७ जेष्ठ २०८०, आईतवार
७ जेष्ठ २०८०, आईतवार

नवलपरासी, जेठ
ओझेलमा रहेको प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) र रामग्राम स्तुपा जोड्ने मार्ग प्रति विश्वबंैकले चाँसो देखाएको छ । सो क्षेत्र जोड्न पर्यटन मार्गको रुपमा निर्माण गर्ने गरि ६२ करोड को सडक पुर्वाधार प्रोजेक्ट बनाई काम गर्ने गरि चाँसो लिएको हो । प्रोजेक्ट कुनै पनि हालतमा लागु हुनुपर्ने मान्यताले स्थानिय वार्डअध्यक्षहरु नै सडक मापदण्ड अनुसारको सफाई कार्यमा लागेका छन् ।

नगरपालिका कम चाँसोलिए पनि सो सडक जसरी पनि बन्नुपर्ने मान्यताले वार्डअध्यक्षहरु सफाई कार्यमा लागेको बताए । विगत पाँच बर्षदेखि नगरपालिकाका प्राविधिकहरुले विश्व बैंकको प्राविधिक टोलीसँग नियमित परामर्श गर्दै पर्यटन मार्गको रुपमा पहिचान गर्नका लागि सहयोग हुने बताउँदै आएका थिए । उनीहरुले रुपन्देही नवलपरासी जोड्नुका साथै दुई जिल्लाको पुर्वपश्चिम राजमार्ग तथा हुलाकी राजमार्गको विचको बैकल्पिक मार्ग समेत बन्ने तथ्य देखाएका थिए ।
विश्व बैकको प्राविधिक टोली सडकको स्थलगत अवलोकन गर्ने काम गर्न लागिएको नगरपालिकाका इन्जिनियर सतिस गुप्ताले बताए । लामो समय देखी विश्वबैकको प्राविधिक टोलीसँग परामर्श गर्ने कार्य भई रहेको थियो,उनले भने,अहिले अन्तिम चरणमा आई पुगेको छ,प्रोजेक्ट सदर हुने अवस्थामा आएको छ । सो सडकमा कुनै प्रकारको जैविक र मानविय अवरोधको अवस्था छ कि छैन,भनेर बैंकको टोली आउने जानकारी आए पछि वार्डअध्यक्षहरुले क्रियाशिलता देखाउन थालेका छन् ।
परासीको पोखरापाली बजारका केही घरटहरा पर्ने हुदा ति वार्डका वार्डअध्यक्ष विद्यासागर त्रिपाठी आफै घर घरमा पुगेर सडक मापदण्डमा पर्ने घर टहरा हटाई दिने र रुख विरुवा समेत काटेर हटाउने कार्यमा क्रियाशिलता देखाएको बताए । कुनै सानो कारणलाई आधार बनाएर सो प्रोजेक्ट फर्कन नहुने मान्यता अनुसार हामी लागेको वार्ड अध्यक्ष त्रिपाठीले भने,भविष्यका फाईदालाई आकलन गरेर वर्तमान अवस्थाका केही नोक्सानी ब्यहोर्न पर्दा त्यसलाई नोक्सानीको रुपमा लिन हुदैन् ।यिनै कुरा गाउलेलाई बुझाउदै खाली गराउने कार्य भई रहेको छ । गाउले पनि कन्भिन्स हुदैछन् । नगरपालिकाले दशकौ लागनी गरेर हुन नसक्ने काम यदि विश्वबैंकले लगानी गर्ने इच्छा देखाएको हुदा स्थानिय स्तरबाट त्यसलाई जति सक्दो सहयोग पुर्याउनु पर्छ,त्यस काममा हामी जुटेका छौ,उनले भने,सो सडकले वार्ड नं.१५ हुदै वार्ड नं.१८ पनि जोड्ने गर्छ । ति वार्डका वार्डअध्यक्षहरु पनि क्रियाशिल भएर नै काम गरिरहेका छन् ।पोखरापाली देखी सुक्रौली औद्योगिक क्षेत्र भएर घिनहा,कुईया,पण्डितपुर,दशकट्ठा हुदै रुपन्देही जोड्ने छ ।

रुपन्देही देखी ओमसतिया र तिलोत्तमा नगरपालिका भएर सिद्धार्थ राजमार्गमा सो सडक पुग्ने हुदा रामग्राम मात्रै नभई नवलपरासी जिल्लालाई नै सो सडकले जोड्ने इन्जिनियर गुप्ताले बताए । परासीबाट हुलाकी हुदै भारत विहार जोड्ने मार्ग पनि बन्ने छ । यसले गर्दा रामग्राम नगरपालिका सडक सञ्जालको पहुँचमा पुग्ने छ । सो सडक बौद्ध परिपथसँग पनि सम्बन्धित छ,उनले भने, बौद्धपरिपथलाई पनि ठाँउ ठाँउमा जोड्ने छ । करिब ६२ करोड बराबरको प्रोजेक्ट कुनै पनि मुल्यमा सदर गराउनु पर्नेछ । रामग्राम स्तुपा देखी परासी बजारसम्मको सडक बनिसकेको छ । तर पोखरापाली बजार देखी प्राचिन कोलिय गणराज्यको राजधानी क्षेत्र पण्डितपुर क्षेत्रमा पुग्न करिब ८ किलोमिटर सडक जिर्ण र धुलाम्य हुने हुने हुदा रामग्राम स्तुपामा आउने पर्यटक पण्डितपुरसम्म पुग्न सकेका छैनन् । सो सडक पण्डितपुरसम्म पुग्न सहज बनाउन यो विश्व बैंकको लगानीको सडक स्तरिय सडक बने पछि यसले आकर्षण थप्ने इन्जिनियर गुप्ताको भनाई थियो । विश्वबंैकको टोलीले प्रोजेक्ट सदर गरिदिए पछि पाँच बर्षको लामो प्रयास सार्थक हुने उनले बताए । धेरै पटक सो रकम र प्रोजेक्ट बनाउनका लागि छलफल र परामर्श भएका छन् ।
बैकको प्राविधिक टोलीले सडक प्रोजेक्ट सदर गर्ने वित्तिकै सरकारले टेण्डर गर्नेछ । प्रोजेक्टका काम शुरु हुने छ । त्यस पछि नगरपालिकाले अनुगमन र सहजीकरण गर्ने कार्य मात्र गर्ने छ । तर लाभ पुरै नगरपालिकाकै हुनेछ । प्राचिन कोलिय गणराज्यको राजधानी पण्डितपुर विगत दुई दशक पहिला देखी पहिचान गरि पुरातत्व विभागले काम गर्दै आएको छ । तर त्यहा पुग्नका लागि सो सडक आयोजनाले ठूलो योगदान पुग्ने छ । विचमा तुरिया खोला पुल पनि लुम्बिनी प्रदेशले निर्माण गरिरहेको छ,उनले थपे,यसले पनि रामग्रामको अध्यात्मिक क्षेत्र रामग्राम स्तुपा क्षेत्र र राजधानी क्षेत्रलाई सहज रुपले जोडिने भएको छ ।

विश्व बैंकका प्राविधिकहरुले मानविय र जैविक तथा वातावरणिय नोक्सानीको पक्ष मसिनरी हेर्ने गर्दा सडक छेउमा रुख विरुवा,बालीनाली,जनताको पलस ब्यवसाय,पोखरी जलासय समेतलाई महत्वका साथ हेर्ने गर्छन्,त्यो भएर अहिले सडक किनारमा रहेका यस्ता बस्तुलाई पहिला नै ब्यवस्थापनका लागि वार्डअध्यक्षहरुलाई आग्रह गरिएको छ । सो आग्रह प्रति वार्डअध्यक्षहरुले काम गरिरहेको पाइएको छ । नगरपालिका नेतृत्वले कम चाँसो लिए पनि जुन जुन वार्ड भएर सो प्रोजेक्टको सडक बन्ने हो ति वार्डले क्रियाशिलता देखाउनु सराहनिय कार्य भएको बौद्धिक समाजका अध्यक्ष अधिवतmा मनोज कुमार नागबंशीले बताए ।
ण्ण्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?