ट्रेंडिंग:

>> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना

‘स्वास्थ्य, शिक्षा, सिँचाईमा प्राथमिकता देउ’

२३ माघ २०७५, बुधबार
२३ माघ २०७५, बुधबार

ऐन कानुन बनाउने सम्मका अधिकार पाएको स्थानीय सरकार समक्ष नागरिककाले साना योजनालाई प्राथमिकता दिनु पर्ने माग गरेका छन । ठुला सडक, पुल पुलेसा र बृहत सिचाईका आयोजना भन्दा पनि टोल र गाँउस्तरका स्वास्थ्य, शिक्षा र साना सिचाईलाई प्राथमिकता दिन स्थानियको माग छ ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको समन्वयमा जिल्लाको यशोधरा गाँउपालिकाले गाँउपालिकाको वडा नम्बर ६ रमवापुरमा आयोजना गरेको सार्वजनिक सुनुवाईका सहभागीले सो माग राखेका हुन । “जिल्लाकै कृषी मन्त्री भए पनि मलखादको अभाव त भोगेका थियौ, तर यस बर्ष बर्षा पनि भएन र कुलोमा पानी पनि आएन ।” वडाबासी नन्द किशोर उपाध्यायले भने । आफुहरुलाई तत्काल ठुला योजना भन्दा कृषी उत्पादनका लागी सिचाईको प्रबन्धका लागी भएका नहर कुलोको व्यवस्थापन र केहि स्थानमा डिप टयुबेलको आवश्यकता रहेको उनले जनाए ।
सिचाईको असुबिधाका बिच सार्वजनिक पोखरी अतिक्रमण बढेको भन्दै स्थानिय मोहम्मद उमर मुसलमानले गुनासो गरे । गाँउपालिकाले योजनै बनाएर सार्वजनिक पोखरीको संरक्षण गरि सिचाईको प्रबन्ध मिलाउन सक्ने उनको सुझाव थियो । “सुत्केरी गराउने स्वास्थ्य केन्द्र टाढा छ । एम्बुलेन्सको व्यवस्था भए धेरै महिलाको ज्यान जोगिन्थ्यो ।” अर्की स्थानिय सर्वती पासीले भनिन । उनले स्वास्थ्य सेवा प्रवाहलाई स्तरोन्नती गर्ने कार्यमा लगानी गर्न गाँउपालिका सँग माग गरिन । गाँउपालिकाका अधिकाँस बिद्यालयमा भौतिक पुर्वाधार अभाव रहेकाले गाँउपालिकाकाले भौतिक पुर्वाधार बिकासका लागी बजेट बिनीयोजन गर्न आवश्यक रहेको स्थानिय शिक्षक रामअवतार पासीले सुझाव दिए । बिद्यालयका सहयोगी कर्मचारी र बालबिवासका कर्मचारीले न्युन तलबमा काम गर्दै आएको राष्ट्रिय जन जागृती आधारभुत प्राबिकी सहयोगी कर्मचारी नमकला गिरीले बताईन । सार्वजनिक सुनुवाईमा सहभागीले ठुला बिकास योजना भन्दा पनि पशु सेवा प्रभावकारी बनाउनु पर्ने, नाली र कुलो निर्माण र स्तरोन्नती गर्नु पर्ने, चुरे अतिक्रमणले धारा सुकेकाले पिउने पानीको व्यवस्थापन गर्नु पर्ने लगायतका सुझाव दिएका थिए ।
ग्रामिण तहमा ठुला बिकासका योजना भन्दा पनि तत्कालै समाधान हुने साना योजनाका माग बढि आउने गरेको गाँउपालिकाका सामाजिक बिकास अधिकृत देवेन्द्र कुमार पाण्डेय बताउछन । “नागरिकका माग सम्बोधन गर्न दिर्घकालिन बिकासका योजना सगै साना योजनालाई प्राथमिकतामा राखेका छौ ।” पाण्डेयले भने । ठुला र दिर्घकालिन योजनालाई मात्रै प्राथमिकता दिनु भन्दा नागरिकले आवश्यकता महसुुस गरेका साना आयोजनामा प्राथमिकता दिने सोचमा रहेको यशोधरा गाँउापकिला ६ का वडा अध्यक्ष श्याय नारायण उपाध्यायले बताए । “नागरिकले भौतिक पुर्वाधार निर्माणका दिर्घकालिन ठुला योजना भन्दा तत्कालै सम्बोधन हुन सक्ने स्वास्थ्य, शिक्षा र साना सिचाईलाई प्राथमिकतामा राखेकाले हामी सो बिषयमा गम्भिर छौ ।” उपाध्यायले भने । गाँउपालिकास्तरको सुनुवाईमा नागरिकले दिर्घकालिन बिकासका योजना भन्दा तत्कालिन योजनालाई बढि रुचाउने गरेको पत्रकार महासंघ ५ नम्बर प्रदेशका सदस्य मनोज कुमार श्रीवास्तवले बताउछन ।
नागरिकको माग सम्बोधन गर्दै गाँउपालिका प्रमुख गृजेश कुमार पाण्डेयले नागरिकको सुझाव अनुसारनै गाँउपालिकाले कार्य सम्पादन गरेको जवाफ दिए । सिचाईको प्रबन्ध मिालाउन प्रदेश सरकार सँग समन्वय गरिएको, जिल्ला समन्वय समितीबाट आउने बजेटलाई अधिकांस बिद्यालयमा लगाउने योजना गरिएको र एक महिला भित्रकै अबधीमा गाँउपालिकामा एम्बुलेन्स ल्याउने कार्य अगाडी बढाईएको प्रमुख पाण्डेयले जानकारी दिए । “शूरुका बर्ष नागरिकका आवश्यक बुझनमै लगाएका छौ । नागरिकका माग अनुरुप शिक्षा, स्वास्थ्य, सिचाई र भौतिक पुर्वाधारलाई प्राथमिकतामा राखेर बिकास कार्य अगाडी बढाउने योजनामा छौ ।” उनले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?