ट्रेंडिंग:

>> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

गाउँमा स्थापित हुँदै साम्प्रदायिक सद्भाव

२७ मंसिर २०७५, बिहीबार
२७ मंसिर २०७५, बिहीबार

केहि बर्ष अघि खानामा छोईन्छकी भनेर बार्ने जिल्लाको यशोधरा गाँउपालिका ६ भैसहियाकी मन्जु गुप्ताको अहिले मुस्लिम समुदायलाई गर्ने व्यवहारमा परिवर्तन आएको छ ।
बर्षो सम्म खासै चासो नराख्ने छिमेकी नसिमा खातुन कहाँ मिठो मसिनो पाक्यो कि मन्जुका लागी भाग लाग्न थालेको छ । पहिले मुस्लिम समुदाय सँगै खान हुन्न भन्ने मान्यता राख्ने मन्जु र छिमेकी नसिमा अहिले मिल्ने साथी भएका छन । सामुदायीक कार्य मात्रै होईन, घरायसी कार्यमा समेत अ‍ैचो पैचो चल्न थालेको छ । मन्जु मात्रै हाईन उनकी ७२ बर्षिय सासु अकाली गुप्ता समेत बुहारीको छिमेकी नसिमासँग सुधारिएको व्यवहारले दंग छन् ।
“दुःख सुखमा छिमेकी नै काम लाग्ने हुन । बुहारीले छुवाछुत हटाएको मलाई कुनै गुनासो छैन,” अकाली भन्छिन । पहिले फरक सम्प्रदायको भन्ने धारणाले सामान्य बोलचाल मात्रै हुने गरेका आफुहरू बिच अहिले चाड पर्व, बिवाह र उत्सवमा सगै खानपान चल्न थालेको मन्जु बताउँछिन् । आफुहरूले मान्ने ईद र बकराईदमा मन्जुको परिवारमा उपहार र खानेकुरा दिएको र हिन्दुहरूको दिपावलीमा आफनो घरमा समेत झिलीमिली लगाएर मिठाईहरू ल्याई रमाईलो गरेको अनुभव सुनाउछिन छिमेकी नसिमा । “हामीमा साम्प्रदायिक सदभाव कायम भए समाजको बिकास हुन्छ भन्ने ज्ञान आए सगै छोराले यस बर्ष दिपावलीमा घरमै झिलिमिली लगाएको हो । हामीले पनि दिपावली मनाएर रमाईलो ग¥यौं । ” उनले भनिन । दुबै जना सुनौलो महिला समुहमा आबद्ध भए सगै सो परिर्वतन आएको हो ।

उता जिल्लाको मायादेबी गाँउपालिका ४ पिपरामा रहेको जागरुक महिला समुहकी अध्यक्ष मरियम खातुन र सोही वडाकी वडा सदस्य ईनरमती लोधको सम्बन्ध पनि उस्तै प्रगाढ बनेको छ । त्यति मात्रै होईन यशोधरा गाँउपालिका ६ को रंगपुरमा रहेको ईदगाँहमा वडाकै सगरमाथा किशोर किशोरी समुहले ईदको नवाज भन्दा एक दिन सरसफाई गरेका थिए । “धार्मिक सदभाव कायम गर्न सबै किशोर किशोरी मिलेर ईदगाह सफा गरेका थियौ । हामी पहिले कहिल्यै ईदगाहमा जाँदैनथ्यौ । त्यहाँ गए, झारफुक गराउनु पर्छ भन्ने मान्यता थियो ।” सगरमाथा किशोर किशोरी समुह की सचिव आँचल गिरीले भनिन । मुस्लिम धर्माबलम्बीको ईदगाह सफाई गर्न आफनै किशोर किशोरीले अगुवाई गर्दा खुसी लागेको उनले अनुभव सुनाईन । “हामीले सरसफाई मात्रै नभई बालविवाह बारे सचेतना, किशोरा समुहमा रक्षा बन्धन, मुस्लिम समुदायको ईदमा टोपी उपहार दिने र घरायसी कार्यको अनुभवका लागी किशोरहरूलाई समुहमा खाना बनाउन समेत सिकाएका छौ ।” उनले थपिन ।
जिल्लाको यशोधरा गाँउपालिका ६ र मायादेबी गाँउपालिका ४ मा युनाईटेड मिसन टु नेपालको सहयोगमा दलित सामाजिक बिकास केन्द्रले एकिकृत शान्ति निर्माण परियोजना सञ्चालन गरे सगै सो सुधार आउन थालेको हो । परियोजना सञ्चालन सगै दुई गाँउपालिकाका दुबै वडाका बस्तीस्तर सम्मै महिला समुह, किशोर किशोरी समुह र सहयोगी पुरुष समुह निर्माण गरिएको छ । अन्तर धार्मिक विश्वास र मेलमिलाप सहितको त्रासरहित बाताबरण स्थापना गर्ने उद्देश्यले सञ्चालित परियोजनाले सचेतना र साम्प्रदायिक सदभाव निर्माणका लागी कार्य गर्दै आएको छ । रंगपुर स्थित गौसिया मिस्बाहुल उलुम मदरसाका प्रधानाध्यापक अब्दुल रहिम धुनियाले समेत परियोजनाले गाउँ गाँउमा सकारात्मक परिर्वतन ल्याउन थालेको अनुभव सुनाए । “दुई समुदाय बिगतमा सामुहिक कार्य गर्ने बिषयमा टाढा थिए । तर अहिले तिज, दशै, तिहार, ईद, रक्षा बन्धनमा सामुहिक शुभकामना आदान प्रदान गर्ने कार्यले साम्प्रदायिक सदभाव बलियो बनाएको छ । ” उनले दाबी गरे । घरायसी कार्यमा मात्रै रुमलिएर बस्ने मुस्लिम समुदायका महिला र दलित महिलाले गाँउपालिका सम्म पुुगेर आफनो अधिकार प्राप्तीको वकालत गर्नु महत्वपुर्ण भएको मायादेवी ६ मा कार्यरत संस्थाकी सामाजिक परिचालक सकुन्तला अग्रहरी बताउछिन । “एका तिर दुई समुदाय बिच साम्प्रदायिक सदभाव बढेको छ भने अर्का तर्फ महिलाहरूको शसक्तिकरण समेत भएको छ ।” अग्रहरी भन्छिन । बिगतमा दुबै समुदाय बिचको दुरी भए पनि पछिल्लो समय साम्प्रदायिक सदभाव बलियो भएर नमुना कार्य गर्नु प्रशंसायोग्य रहेको मायादेबी गाँउपालिका ४ का वडा अध्यक्ष फते मोहम्मद बताउछन । “हाम्रो वडामा बिगतको तुलनामा साम्प्रदायिक सदभाव र महिला शसक्तिकरणमा बृद्धि भएको अवस्था छ । ” उनले भने । त्यस्तै बुझाई यशोधरा गाँउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्याम नारायण उपाध्यायको पनि छ । “परियोजनाले सामाजिक सदभाव र शान्ति निर्माणका लागी उदाहरणीय कार्य गरेको छ । बिपन्न बर्ग लक्षित सचेतना कार्यक्रमले समुदायलाई अधिकार र कर्तव्यको बोध गराउन सहयोग गरेको छ ।” वडा अध्यक्ष उपाध्यायले भने ।
परियोजना सञ्चालन पछि दुबै समुदायका अगुवा, धर्मगुरु र समुदाय बिचमा नै आत्मियता र भाईचारमा बृद्धि भएको परियोजनाका संयोजक सतिस कुमार हरिजन बताउछन । “एकातिर साम्प्रदायिक सदभावमा बृद्धि भएको छ भने लैङ्गिक बिभेदका घटना बिरुद्ध आवाज उठन थालेका छन ।” उनी भन्छन । परियोजना सञ्चालित दुबै वटामा ८ वटा महिला समुह, ४ वटा किशोर किशोरी समुह र २ वटा पुरुष सहयोगी सञ्जाल रहेको दलित सामाजिक बिकास केन्द्रका अध्यक्ष रामशरन रैदासले जानकारी दिए । सबै बर्ग समुदाय बिच आत्मिय सम्बन्ध स्थापित गरि समाजमा शान्तिपुर्ण अवस्था सिर्जना गराउन परियोजना अन्र्तगत कार्य सम्पादन गरिएको उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?