ट्रेंडिंग:

>> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो

चन्द्रौटा महोत्सव प्रविधिमैत्री बन्दै ,पहिलो पटक महोत्सवमा एस.एम.एस. प्रविधिबाट आइडल छनौटको व्यवस्था

१२ मंसिर २०७५, बुधबार
१२ मंसिर २०७५, बुधबार

ठूला ठूला कार्यक्रममा आइडल छनौट गर्दा एस.एम.एस. बाट भोट दिने व्यवस्था तपाईं हामीले नसुने, नदेखेको होइन । तर कुनै ठाउँमा लाग्ने मेला महोत्सवमा आइडल छनौटको लागि टिकटबाट भोट दिइने व्यवस्था भएपनि एस.एम.एस. बाट समेत भोट दिने व्यवस्था सायद चन्द्रौटा महोत्सवमा शुरुवात गरिएको पहिलो होला ।
सूचना संचार प्रविधिको विकाससँगै चन्द्रौटा महोत्सवलाई यसपटक प्रविधिमैत्री बनाइएको छ । डान्स आइडल छनौटको लागि जिल्लामै पहिलो पटक एस.एम.एस. मार्फत भोट दिने व्यवस्था गरिएको छ । आइडल छनौटलाई अझ प्रभावकारी र प्रविधिमैत्री बनाउन भोटिङ पार्टनर्सको रूपमा स्प्यारो एस.एम.एस. ले सहयोग गरेको राजहंस इन्फोसिस एण्ड आइटी सोलुसन्सका प्रबन्धक एवं मेलाका प्रविधि संयोजक माधव घिमिरेले बताए ।
पाँचौ चन्द्रौटा डान्स आइडलका प्रतिष्पर्धीलाई छनौट गर्न म्यासेज बक्समा सीडीआई ९ऋम्क्ष्० टाइप गरी एक स्पेस दिई मन परेको प्रतियोगीको भोटिङ कोड राखी ३३००१ मा एस.एम.एस. गर्न सकिने व्यवस्था मिलाइएको क्यान कपिलवस्तुका जिल्ला अध्यक्ष समेत रहेका घिमिरेले जानकारी दिए ।
प्रथम अडिसनबाट छनौट भएका १२ जना प्रतियोगीहरूलाई ०१ देखि १२ सम्म कोड दिइएको प्रविधि संयोजक घिमिरेले बताए । आइडल छनौटका लागि नेपाल टेलिकम, एनसेल, स्मार्ट सेल, यूटिएल सिमबाट एस.एम.एस. गरी मन परेकालाई भोट दिन सकिने घिमिरेले जनाए ।
यतिमात्र होइन चन्द्रौटा महोत्सवलाई शान्ति सुव्यवस्थालाई चुस्त, दुरुस्त र भरपर्दो बनाउन सूचना प्रविधिको प्रयोग गर्दै सिसी क्यामेरा जडान गरिएको छ । भिष्टा कम्पनीका फोर के टेक्नोलोजीको आईपी बेस क्यामेरा २४ स्थानमा जडान गरिएको छ ।
चन्द्रौटास्थित राजहंस इन्फोसिस एण्ड आइटी सोलुसन्स सीसी टिभी पार्टनर्सको रूपमा सो सहयोग गरेको हो । टिकट काउन्टर, स्टेज, बालउद्यान, पार्किङ, प्रमुखद्वार, निकासद्वार लगायतका सम्बेदनशील स्थानमा सिसी क्यामेरा लगाइएको प्रविधि संयोजक माधव घिमिरेले बताए । महोत्सवको हरेक स्थानको निगरानी सचिवालयमा बसेर महोत्सव संयोजक महादेव पोख्रेलले प्रत्यक्ष निगरानी गरेका छन् । यसका साथै संयोजक पोख्रेलले मोबाइलबाट समेत महोत्सवको प्रत्यक्ष निगरानी गर्ने व्यवस्था मिलाइएको प्रविधि संयोजक घिमिरेले जानकारी दिए ।
“सूचना प्रवाहलाई प्रभावकारी बनाउन महोत्सवका हरेक स्टलहरूमा अडियो म्यासेज सिस्टम जडान गरिएको छ । जसको कन्ट्रोलिङ सचिवालयबाट गरिएको छ ।” प्रविधि संयोजक घिमिरेले भने – कसैको सामान हरायो, बच्चा हरायो, साथी हरायो भने सचिवालयबाट हरेक स्टलसम्म चुस्त, दुरुस्त र छिटो छरितो सूचना प्रवाह गर्न सकिन्छ ।
यसैगरी समाचार संकलन गरी छिटो छरितो रूपमा सूचना प्रवाह गर्न तथा सचिवालयका पदाधिकारीलाई छिटो छरितो र तत्काल काम कारबाहीलाई अगाडि बढाउन फाइबर इन्टरनेटको व्यवस्था गरिएको छ । जसको लागि कनेक्ट नेपालले इन्टरनेटको व्यवस्था गरेको छ । यस्तै जनमानसको भिडभाडले मोबाइल नेटवर्कमा हुने समस्यालाई मध्यनजर गर्दै नेपाल टेलिकमले अस्थायी मोबाइल टावर बसको व्यवस्था गरिदिएको प्रविधि संयोजक घिमिरेले बताए । सचिवालय र स्टेजमा विद्युतीय उपकरणको बढी प्रयोग भएकाले भवितव्य घटना हुन नदिन फायर सर्ट मेसिनको समेत व्यवस्था गरिएको घिमिरेले जनाएका छन् ।
यसैबीच महोत्सवमा सूचना तथा प्रविधि सम्बन्धी विभिन्न स्टलहरू र परामर्श केन्द्रको समेत व्यवस्था गरिएको छ । क्यान कपिलवस्तुको सहयोगमा महोत्सवलाई प्रविधिमैत्री वातावरण बनाउन प्रोत्साहन गरेको क्यान कपिलवस्तुका सचिव अर्जुन थापाले बताएका छन् ।
à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?