ट्रेंडिंग:

>> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी

घरमै रोजगारी बनायो तारजालीले

२७ कार्तिक २०७५, मंगलवार
२७ कार्तिक २०७५, मंगलवार

दाङ तुलसीपुरका एक युवाले विदेशबाट फर्किएर घरमै जाली बुन्न सुरु गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ हेरेवासका डिल्ली खड्का २ वर्षसम्म मलेसियामा बसेको र त्यहाँ आफूले गरेको दुःख अनुसारको कमाई गर्न नसकेपछि गाउँमै केही गरेर रोजगार बन्ने उद्देश्यका साथ एक लाखको लगानीमा कम्पाउण्ड तार जाली बुन्ने मेसीन खरीद गरी जाली बुन्दै आएको बताउँछन् । ज्यालामा जाली बुन्ने गरेका खड्काले छोटो समयमै दैनिक ३ हजार बढी कमाई हुने गरेको बताउँछन् ।
एक वर्ष अघिदेखि सुरु गरेको कामबाट लागत खर्च उठाइसकेको उनको भनाइ छ । आफूसहित एक जना कामदार राखेर सञ्चालन गरिएको काम गाउँमै पहिलो भएको खड्काले बताए । “बजारमा धेरै खुलेका छन् तर गाउँमा पहिलो पटक मैले खोलेर सेवा दिँदै आएको छु”–उनले भने । गाउँका बेरोजगार युवाहरूलाई कम लगानीमा पनि कमाई गर्न सकिन्छ भन्ने सन्देश खड्काले दिएको स्थानीय बताउँछन् । दैनिक ७० केजी देखि एक क्वीन्टल सम्मको तार बुन्ने गरेका खड्काले एक केजी तार बुने बापत ४५ रूपैयाँ लिने गरेको बताउँछन् ।
पछिल्लो समय गाउँघरमा पर्खालको रूपमा तारको जाली प्रयोग गर्नेको संख्या बढेकाले पनि कामको कमी नरहेको उनले बताए । तारको जाली प्रयोग गरेमा पर्खालको काम गर्ने र आवश्यक परेमा सजिलै एक ठाउँदेखि अर्को ठाउँमा सार्न सकिने एवं पर्खालको तुलनामा सस्तो पर्ने भएपछि जाली प्रयोग गर्नेको संख्यामा वृद्धि भएकै कारण कामको कमी नभएको खड्का बताउँछन् । विदेशमा अर्काको अडर अनुसार काम गर्दा पनि निश्चित कमाई हुने गरेको तर यहाँ आफ्नो ईच्छा अनुसारको काम गर्दा पनि दैनिक ३ हजार बढी कमाई हुने गरेको उनले बताए ।
गाउँघरमा तारजालीको प्रयोग गर्नेको संख्या बढेको र सवैले बजारबाट ल्याउने गर्दा केही महँगो पनि परिरहेका बेला आफुले गाउँमा उद्योग सञ्चालन गरेर आफू रोजगार हुनुका साथै गाउँलेहरूलाई पनि गाउँबाट नै सेवा दिएको खड्का बताउँछन् । उनले बेरोजगार युवाहरूलाई यी र यस्तै खाले कम लगानीका उद्योगहरू सञ्चालन गरेर स्वदेशमै रोजगारी बन्न सुझाव दिएका छन् । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np