ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

रुपन्देहीमा पूर्ण खोप प्रभावकारी

२८ असार २०७५, बिहीबार
२८ असार २०७५, बिहीबार

पूर्ण खोप घोषणा भएको रुपन्देही जिल्लामा कार्यान्वन र अनुगमनको पक्ष प्रभावकारी देखिएको छ । सरकारले पूर्ण खोप घोषणा गरेसंगै जिल्लास्तरमा निरन्तर खोप कार्यक्रम (रेगुलर भ्याक्सिन प्रोग्राम) र घरधुरी अनुगमनलाई प्रभावकारी बनाउदा रुपन्देही जिल्ला १७ महिनाको अवधिमा पूर्ण खोप सुनिश्चितता प्रमाणित भएको हो ।
पूर्ण खोप दिगोपनाका लागि सरोकारवालाहरुबाट घरधुरी मै गएर खोप अध्ययन अनुगमनको कामलाई तिव्रता दिएको जिल्ला जनस्वस्थ्य कार्यालयका प्रमुख केयरसिं गोदारले बताए । ‘पूर्ण खोपको अवस्थालाई कायम गर्न सफल भएका छौ ।’– उनले भने । घोषणासंगै दिगोपना महत्वपूर्ण हुने भएकाले त्यसका लागि आफुहरु लागेको उनले बताए । ‘जिल्लामा १६ हजार ४ सय ७६ जनालाई खोप लगाईएको छ ।’– उनले भने । यसैगरि खोप नलगाएका ३ सय ७८ जना बालबालिकाहरु घरधुरी सर्वेक्षण गरि खोजेर खोप लगाउन सफल हुदा दिगोपना भएको उनले दाबी गरे ।
जिल्लामा खोप कार्ड समेत लागु भएको उनले बताए । रुपन्देहीमा १४ हजार ४ सय १४ जनालाई खोप कार्ड बाडिएको उनले बताए । अझै दुई हजार पाच सय ४० बालबालिकाहरुको खोप कार्ड बनाउन बाकी रहेको उनले बताए । पूर्ण खोप लगाएपछि बच्चालाई परिचयपत्रका रुपमा दिईने उनले बताए । खोप अभियानको निरन्तरता जरुरी रहेको उनले बताए । एउटा बच्चा जन्मिएपछि १५ महिनाको अवधिमा सबै खोप अनिवार्य लगाउनुपर्ने भएपनि अझै पनि जिल्लामा अभिभावकहरुमा सचेतनाको कमी पाईएको उनले बताए ।
विसं. २०७३ माघ २१ गते पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । संघिय संरचनामा देश गएसंगै स्वस्थ्यको सेवालाई स्थानिय सरकारमातहतमा लगिएपनि भौतिक संरचना पूर्ण रुपमा तैयार नभैसकेको भन्दै उनले क्रमिक रुपमा जिल्ला जनस्वस्थ्य कार्यालयबाट समन्वय गरेर पालिकालाई क्षमता बिस्तार गरिने बताए ।
जिल्ला जनस्वस्थ्य कार्यालयको आयोजनामा बुधबार बुटवलमा आयोजना भएको पूर्ण खोप दिगोपनाको सुनिश्चिता प्रमाणिकरण र पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका अध्यक्ष एकराज बिकले स्वस्थ्य संवेदनसिलतालाई मध्येनजर गरेर आम नागरिकको पहुचमा स्वस्थ्य पुर्याउने गरि काम गरिरहेको बताए । जिल्लामा रहेका १६ पालिकाहरुका ८५ स्वस्थ्य संस्थाहरुको भौतिक पूर्वाधार विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए ।
कार्यक्रममा खोपको महत्व र नेपालमा कार्यान्वनको अवस्था बारे डा. राम बहादुर थापाले जानकारी दिएका थिए । सामाजिक र दिर्घकालिन फाईदाका लागि खोपको महत्व प्रमाणित भैसकेको उनले बताए । विश्वमा नै खोप विधि सफल रहेको दाबी गर्दै उनले चिकित्सा बिज्ञानमा अहिलेसम्म बिफर उन्मुलन गर्न सफल हुनु ठुलो उपलब्धी भएको बताए । ‘अब पोलियो समेत उन्मुलनको चरणमा छ ।’–उनले भने । खोप उत्पादनदेखि यसको बच्चालाई प्रयोग नहुदासम्म धेरै संवेदशिल हुुनुपर्ने भन्दै उनले २ देखि ८ सेन्टिग्रेडको तापक्रममा राख्नुपर्ने बताए । यसो गर्न नसकेको अवस्थामा त्यो खोप विष हुन सक्ने समेत उनले बताए । एक जना बच्चाको खोपमा सरकारले ६ हजार लगानी गर्दै आएको छ । ब्यवस्थापन खर्चहरु समेत जोड्दा न्युनतम पनि एउटा बच्चालाई ३० हजार बराबर लगानी हुने उनले दाबी गरे । खोपमा हुने खर्चलाई लगानीका रुपमा मान्नुपर्ने भन्दै उनले एउटा ब्यक्ति स्वस्थ्य हुन सके देशको आर्थिक समृद्धि गर्न सक्ने बताए । समग्र नेपालको तथ्याकमा भने पूर्ण खोप लागु हुन नसकेको उनले बताए । अघिल्लो वर्ष २०१६ मा एनडिएचएसको तथ्याकले अझै पनि २२ प्रतिशत बालबालिकाहरु पूर्ण खोपबाट बञ्चित रहेको देखाएको छ । यसैगरि १ प्रतिशत बालबालिकाहरु कुनै पनि खोप नपाएको अवस्था देखिएको छ ।
विश्वमा अहिलेसम्म २८ देखि ३० वटा रोगका खोप बनेको भएपनि नेपालमा क्षयरोग, भ्यागुते रोग, लहरेखाकी, धनुष्टंकार, हेपाटाईटिस बि, हेमोफिलस, ईन्फल्युएन्जा बि, पोलियो, दादुरा, रुबेला र निमोनिया गरि ११ किसिमका रोगहरुको लागि नेपाल सरकारले बिसिजी, डिपिटी, पोलियो, आईपिभी, पिसिभी, दादुरा–रुबेला, टेटनास, जापानिज ईन्सेफ्लाईटिस नामक ८ खोपहरु निशुल्क सेवा दिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?