ट्रेंडिंग:

>> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास
बुटवलमा प्रथम उपमहानगरपालिका सम्मेलन शुरु

साझा समस्या समाधानको पहल सामुहिक रुपमा गरौं : प्रदेश प्रमेख शेरचन

२२ माघ २०७९, आईतवार
२२ माघ २०७९, आईतवार

बुटवल, २२ माघ ।   बुटवलमा प्रथम उपमहानगरपालिका सम्मेलन सुरु भएको छ । सम्मेलनमा देशभरका ११ उपमहानगरपालिका प्रमुख, उपप्रमुख , प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागिता रहेको छ । सम्मेलनको उद्घाटन गर्दै प्रदेश प्रमुख अमिक शेरचनले संघियता कार्यान्वयनको चरण सुरुवात भएको बताएका छन् ।

उनले नेपालमा संघियता कार्यान्वयनको चरण लामो नगएको भन्दै अधिकार स्थापनाका लागि यो सम्मेलनले विशेष भूमिका खेल्ने बताएका हुन ।
उनले अधिकार सहित यथेष्ट बजेट व्यवस्थाले स्थानीय सरकार अहिले मजबुद हुँदै गएको बताए ।
स्थानीय तहमा नै समस्या समाधानका लागि न्यायिक समितिबाट स्थानीयले समस्या समाधान गर्न सफल भएको बताएका थिए ।उनले अधिकार कार्यान्वयन मा केही साझा सूचि को कुरामा बिस्तारै कार्यान्वयन हुँदै जाने बताएका थिए ।

कार्यक्रममा नेपाल महानगरपालिका फोरमका अध्यक्ष तथा पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले बोल्दै तिनै तहका सरकार बिचमा समन्वय आवश्यक रहेको बताए । उनले अधिकार कार्यान्वयन पुर्णरुपमा नभएको भन्दै एकल अधिकार सुचिका विषयमा यथेष्ट व्याख्या नभएको कारण समस्या भएको बताए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले साझा र एकल अधिकार कार्यान्वयनमा सम्मेलनले बिशेष महत्त्व राख्ने बताए ।
उनले साझा समस्या पहिचान गरि समस्या समाधानका लागि एकमुष्ट पहलकदमि उठान गर्ने समेत बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, नेपाल नगरपालिका महासंघका महासचिव नरुलाल चौधरी लगायतले बोलेका थिए । सम्मेलनको दोस्रो चरण बुटवल उपमहानगरपालिकाको सभा हलमा हुने कार्यक्रम छ । जसले बुटवल घोषणा पत्र समेत जारी गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?