ट्रेंडिंग:

>> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

सडकपेटीकै माया, जुत्ता पालिस गरेर गुजारा

२३ आश्विन २०७५, मंगलवार
२३ आश्विन २०७५, मंगलवार

कपिलवस्तु शिवराज नगरपालिकाको मुख्य व्यस्त बजार चन्द्रौटा । घडीको सुइले दिनको दुई बजाएपछि सडकछेउको नालीमाथि एक ६२ बर्षीय वृद्ध सानो बोराबाट टुटेफुटेका चप्पल, जुत्ता निकाल्छन् र नियाल्छन् सडकमा हिड्ने बटुवालाई । ती ६२ बर्षीय बृद्ध बटुवाको अनुहारमा होइन उनीहरूले लगाएको जुत्ता चप्पल नियाल्छन् कतै फाटेको छ कि भनेर । दैनिक चन्द्रौटा–कृष्णनगर सडकपेटीमा भेटिने बृद्ध हुन चन्द्रौटा निवासी पिताम्बर ।
सडकपेटीमा उनको आफ्नै सानो पसल छ फाटेका जुत्ता चप्पल सिलाउने र पोलिस गर्ने आफू जान्ने भएदेखि नै यही सडकमा बोरा डोसाएर आफ्नो पेशा फाटेका जुत्ता सिलाउने र पालिस गर्दै आएको उनी बताउँछन् । “मैले जुत्ता सिलाउँदा यो बजार नै थिएन, फाटफुट झुपडी थिए, अहिले हेर्दाहेर्दै व्यस्त बजार बनिसक्यो” उनले मुस्काउँदै भने ।
दिउँसो २ बजेबाट सडकपेटीमा फाटेका जुत्ता सिलाएर र पोलिस गरेर आएको आम्दानीबाट ४ जना परिवारको गुजारा चल्दै आएको उनले बताए । सडकपेटीको व्यापार भएकोले बेलाबेला नगरपालिकाले ढल निर्माण गर्दा आफुले बस्ने ठाउँ नै नपाएको उनी गुनासो गर्छन् । अब सडकपेटीमा नै जीवनको यति लामो समय विताएँ, यही पेशाबाट नै मेरो घर परिवार चलेको छ, अव सडकपेटीबाट नहटाए हुनेथ्यो आफूले बोल्ने अवधी भाषामा उनले भने ।
यस पेशाबाट कहिलेकाँही ५÷७ सयसम्म आम्दानी भइहाल्छ भने कहिले त सय रूपैयाँ पनि नहुने उनले आफ्नो व्यथा सुनाए । पुख्र्यौली घर पर्सिया भए पनि हाल चन्द्रौटाको पुरानो बजारमा बस्दै आएका छन् पिताम्बर । सडकमै जुत्ता पालिस गर्ने र सिलाउने हुँदा धेरैले हेय दृष्टिले हेर्ने गरेको उनले सुनाए । “कसैकसैले राम्ररी नै बोलाउँछन्, सम्मान गर्छन् तर कोही भने साह्रै हेपेर बोल्छन” उनले आफूले भोगेको व्यथा सुनाए ।
सडकपेटीमै ५ दशक विताएकाले आफू बसेको सडकपेटी कै बढी माया लाग्ने गरेको उनले बताए । विहान खासै भिडभाड नहुने हँुदा दिउँसो २ बजेबाट मात्र पसल खोल्ने गरेको उनले बताए । चाडपर्वको दिन भने विहानैबाट बस्ने गरेको उनको भनाई छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?