ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

मन जित्ने विद्यालय

२५ असार २०७५, सोमबार
२५ असार २०७५, सोमबार

बुटवल विद्यालय शिक्षाको उत्कृष्ट नतिजामा शहर बजारकै बर्चस्व हुने गर्दछ । अभिभावक पनि राम्रो विद्यालयको खोजीमा गाउँको भन्दा शहरकै विद्यालय रोज्छन् । विद्यार्थीसँख्या पनि गाउँकोमा भन्दा शहरकै विद्यालयमा बढी हुन्छ भन्ने मान्यता छ । तर रुपन्देहीको कञ्चन गाउँपालिकाको वडा नं. १ बेलवरियामा रहेको प्रगति माध्यमिक विद्यालयमा पुग्दा यो भनाइले फेल खान्छ ।
प्रगति माविमा पुगेर विद्यालय संचालक, शिक्षकले मात्र होइन शिक्षा कर्मीले पनि सिक्ने धेरै बिषय छन् । जुन विद्यालयको अभिभावकको मन जितेको छ । अभिभावकलाई सहरको विद्यालय रोज्न र खोज्नबाट रोकेको छ । गाउँमै रहेर गाउँकै विद्यालयमा आफ्ना सन्ततीलाई शिक्षा दिने ईच्छा पूरा गराइदिएको छ । शिक्षकको लगनशीलता, अभिभावक परिचालन र बाल क्लबको सक्रियताले विद्यालय ग्रामीण क्षेत्रमा नमूना बन्न सकेको हो । विद्यालयले तीन महिनाको फरकमा अभिभावक भेला गरी राय सुझाव लिने गरेको छ । बर्षको एक पटक शिक्षकहरु अभिभावकको घर दैलोसम्म पुगेर बालबालिकाको सिकाई र घरको आनीबानी बारे बुझ्ने गर्दछन ।
शिक्षकबाट क्रियाशिलता र अभिभावकको सहभागीताले नै विद्यालयको गरिमा जोगाउन सकिएको विद्यालयका प्रधानाध्यापक जीवराज पौडेल बताउँछन् । कक्षा क्रियाकलापमा शैक्षिक सामग्रीको प्रयोग र अतिरिक्त क्रियाकलापमा बाल क्लबको परिचालनले पनि विद्यालयलाई अभिभावकको रोजाइमा पार्न सकिएको पौडेलको भनाई छ ।
उक्त विद्यालय माध्यमिक तहको कक्षा १० सम्ममा सबैभन्दा बढी विद्यार्थी हुने विद्यालय हो । कक्षा १२ सम्म विद्यालयमा १ हजार ३ सय २३ विद्यार्थी छन् । विद्यालय पूर्व पश्चिम राजमार्ग (बुटवल नेपालगञ्ज) अन्तर्गतको बाँसगढीदेखि ४ किलोमिटर दक्षिणमा पर्दछ । विद्यालयमा जनजाती र दलित समुदायका बालबालिका बढी छन् । जसमध्ये ९ जना मुसहर जातीका बालबालिका अध्ययनरत छन् ।
कञ्चन गाउँपालिकामा रहेको १९ सामुदायिक विद्यालयमध्ये प्रगति मावि एक हो । जहाँ ९ वटा माध्यमिक तहका विद्यालय रहेकामा ५ विद्यालयमा कक्षा ११ र १२ को पठन पाठन हुने गर्दछ । १२ संस्थागत विद्यालयमा ६ वटा माध्यमिक तहका विद्यालय छन् । जसमा ११ र १२ कक्षा चल्ने एक मात्र विद्यालय छ । प्रगति माविको कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन समुहको पठन पाठन हुने गर्दछ ।
११९ जनाले एसइइ दिएकाकोमा सबैभन्दा बढी ल्याउनेको ३.४५ जिपिए ल्याएका छन् । अन्य विद्यार्थीको नतिजाको औषत राम्रो छ । साबिकको एसएलसी परीक्षामा जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याएपछि जिल्ला शिक्षा समिति, रुपन्देहीबाट चार पटक पुरस्कृत भइसकेको छ । शिक्षा विभागबाट राष्ट्यि स्तरमा ०६४, ०६५ र ०६७ तीन बर्षको एसएलसीमा देशभरीको विद्यालयको नतिजा मूल्याकंनमा तेहैं र ०६७, ०६८ र ०६९ तीन बर्षको एसएलसीमा देशभरीको विद्यालयको नतिजा मूल्याकंनमा एघारौं भएको थियो ।
विद्यालयको भौतिक र व्यवस्थापक पक्षमा आफुहरुले सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर थापाले बताए । शिक्षण क्रियाकलापमा शिक्षकहरु लाग्नुभएको छ अध्यक्ष थापाले भने हामील उहाँहरुको कामलाई साथ दिइरहेका छौं ।
प्रगति मावि यस क्षेत्रकै नमूना विद्यालय भएको स्रोत व्यक्ति नारायण पौडेल बताउँछन् । शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावकको सक्रियता प्रशसनिय रहेका पौडेलको भनाई छ । गाउँ क्षेत्रका विद्यालयलाई प्रगति मावि सिकाइको केन्द्र हुनसक्ने स्रोत व्यक्ति पौडेलले बताए ।

विद्यालयको अभिभावकको मन जितेको छ । अभिभावकलाई गाउँको विद्यालय रोज्न र खोज्नबाट रोकेको छ । गाउँमै रहेर गाउँकै विद्यालयमा आफ्ना सन्ततीलाई शिक्षा दिने ईच्छा पूरा गराइदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?