ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

आलुमा टमाटर र लौकामा काँक्रा फल्यो

१७ आश्विन २०७५, बुधबार
१७ आश्विन २०७५, बुधबार

सल्यानको एक विद्यालयले आफ्नै जमिनमा नौलो प्रविधिको प्रयोगबाट तरकारी खेती गर्दै आएको छ । जिल्लाकै नमुना विद्यालयको रूपमा आफूलाई स्थापित गर्न सफल बागचौर नगरपालिका दुईमा रहेको जनकल्याण माध्यमिक विद्यालय थारमारेमा नयाँ प्रविधिबाट लौकामा काँक्रो तथा तमाखुमा टमाटर फलाइएको छ । विद्यालयका प्रधानाध्यापक पूर्ण भण्डारी पंकजले भने, ‘हामीले आफ्नै ७० रोपनी जमीनमा तरकारी खेती गरिरहेका छौँ ।
तरकारीमा नयाँ खालको प्रविधिलाई भित्राउने प्रयास गरेका हौँ ।’ ग्राफ्टिङ प्रविधिबाट लौकामा काँक्रो, आलुमा टमाटर र तमाखुमा समेत टमाटर फलाएको जनकल्याण मावि थारमारे पछिल्लो समय चर्चामा आएको छ । कक्षा ९ देखि १२ कक्षामा कृषि विषय पढने विद्यार्थीलाई सैद्धान्तिक ज्ञानलाई ब्यवहारिक रूपमा सिप विकास गर्न ७० रोपनी जग्गामा तरकारी खेति हुँदै आएको विद्यालयले जनाएको छ ।
जसका लागि विद्यालयमा एक जना विषयविज्ञ शिक्षक पनि रहेका छन् । प्रशिक्षक तथा विषयविज्ञ लिलामान बस्नेतले जस्तोसुकै वातावरण र हावापानीमा पनि हुर्कन सक्ने तमाखुमा टमाटर फलाउन गरिएको प्रयास सफल भएको बताए ।
यस अलावा उनले विना इनर्जी पाँचसय मिटर तलबाट पानी ल्याएर तरकारीमा सिंचाई गरिरहेको पनि बताए । बस्नेतले भने, ‘हाम्रो विद्यालयको कृषि फर्ममा थोपा सिंचाई प्रविधि पनि अपनाएका छौँ ।’
अदुवा, बेसार, कर्कलो, घुइया, बदाम, खुर्सानी, भन्टा, रामतोरिया, भिन्डी, टमाटर, कोदो, मेवा, पाउलोनिया, करेला, लौका, काँक्रा, अनार, स्याउ लगायतका फलफूल तथा तरकारीका साथै माछा र विभिन्न प्रजातिका फूलहरूको पनि उत्पादन हुने गरेको विद्यालयले जनाएको छ ।
विद्यालयले विद्यार्थीलाई तरकारी खेतिमा सहयोग गर्ने गरी एक जना ज्यालादारी कर्मचारीको ब्यवस्था गरेको छ । ज्यालादारीमा काम गर्ने कर्मचारी अमर बुढाथोकीले तरकारीको रेखदेख गर्नुका साथै दैनिक आय ब्यय समेत राख्ने गरेका छन् । प्रधानाध्यापक भण्डारीले भने, ‘तरकारी बिक्रीबाट मासिक १२ देखि २० हजार रूपैयाँ सम्म विद्यालयलाई आम्दानी भइरहेको छ ।’
तरकारी स्थानीय बजारमा नै बिक्री हुने गरेको उनले जनाए । नमुना विद्यालयको नमुना कृषि फार्म तथा कृषि प्रदर्शनी स्थलको अवलोकनमा जिल्ला बाहिरबाट समेत मानिसहरू आउने गरेको प्रअ भण्डारीले जानकारी दिए । नयाँ प्रविधि अपनाएर तरकारि वा फलफूल खेती गरेमा कम लगानी र कम मिहेनत तथा थोरै जनशक्तिबाट पनि बढि भन्दा बढि उत्पादन तथा लाभ लिन सकिने विद्यालयले जनाएको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?