ट्रेंडिंग:

>> अझै कतिञ्जेल धान्ने रेमिटान्सले ? >> स्वर्गीय वेणीमाधव गुरुको अमर सम्झनामा >> लुम्बिनी सरकारः मन्त्री उत्पादन कारखाना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी बोर्डिङमा निशुल्क दन्त शिविर >> वडा कपमा वडा नं २ र ७ विजयी >> ‘थारु समुदायको हकहितका लागि बरघर प्रथा आवश्यक’ >> म्याद गुज्रेको औषधि भेटिएपछि विक्रिमा रोक >> यो वर्ष ६५ प्रतिशतसम्म बढी गर्मी र वर्षा हुने >> कोशी प्रदेश सभा वैठक कांग्रेसद्वारा वहिष्कार >> २ अर्ब बढीको अवैध अनलाइन सट्टेबाजीमा संलग्न २४ वर्षे युवा पक्राउ >> होटल ब्यवसायीलाई १६ दिने फ्रन्ट अफिस तालिम >> कांग्रेस संसदीय दलको वैठक भोलिलाई स-यो >> तोलामा ३ सय रुपैयाँ घट्यो सुन >> जसपा नेपालले छाड्यो सरकार >> बाणिज्य बैंकहरुले घटाएको मुद्दती निक्षेपको ब्याजदर कसको कति ? (सूचिसहित) >> कांग्रेस संसदीय दलका दुई वैठक बस्दै >> वर्ल्डलिङ्कको रिट खारेज, करिब चार अर्ब राजस्व असुल हुने >> जसपा नेपाल सरकारबाट फिर्ता हुने, उपेन्द्रले आज राजीनामा दिंदै >> आजको मौसम : लुम्बिनीसहित ३ प्रदेशमा मेघगर्जनसहित वर्षा >> बुटवलमा बाढीले गराएको खबरदारी ! >> खोप अभियानलाई सबै मिलेर सफल बनाऔं >> पैसा कमाउँदै ‘गढवाको गौमुत्र’ >> ‘तीन खेती’ सिकाउँदै ज्ञान केन्द्र >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधानमन्त्री प्रचण्ड युद्ध अपराधी हुन्,तुरुन्त राजीनामा दिनुपर्छ : डा. केसी >> दम्पती मृत फेला >> अर्थतन्त्र सुधारका लागि राजनीतिक संरचना बदलौं : बाबुराम भट्टराई >> ९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स >> बिरामीको सहारा बन्दै स्वास्थ्य बिमा >> नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री >> संसदीय समिति बनाउन प्रधानमन्त्री सकारात्मक हुनहुन्छ- कांग्रेस >> तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ >> गिरीबन्धु टि–इस्टेट प्रकरणमा ओली सरकारलाई कारवाही गर्नुपर्छ : बालेन >> राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले दिए राजीनामा >> आज अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै >> चितवनमा गुडिरहेको स्कुल बसमा आगजनी >> खयरडांडामा कोरिए ऐतिहासिक देवदह झल्काउने २४ तस्वीर (फोटो फिचर) >> तिलोत्तमाको शंकरनगरमा स्कुटी ठोक्किंदा २ जना घाइते, एकको अवस्था गम्भीर >> भारी वर्षाले बुटवलका धेरै ठाउँ डुवानमा, न्यू होराइजनले दियो बिदा >> दाउन्ने सडकखण्ड अवरुद्ध >> १९७४ एडीले अमेरिकामा सांगितिक प्रस्तुती दिने >> दक्षिण एसियाली महिला सम्मेलन ललितपुरमा शुरु हुँदै >> अपाङ्गतासँगै गरिबीको अभावमा कुमारी >> गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण >> एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज >> लुम्बिनीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> चिदिका–रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली >> जनप्रतिनिधिलाई तनाव व्यवस्थापन तालिम

सुर्खेत झरे राउटे …

१५ आश्विन २०७५, सोमबार
१५ आश्विन २०७५, सोमबार

गाउँपालिकाले सुरक्षा भत्ता दिँदै परिचय पत्र बनाइदिएपनि राउटेले ठाउँ छाडी सुर्खेत झरेका छन् । यससँगै राउटेलाई स्थायी रूपमा बसाउने गुराँस गाउँपालिकाको योजना तुहिएको छ ।  गत असार ३१ गते गुराँस गाउँपालिका दैलेखले ४२ घरधुरीका १ सय ४९ जना राउटेलाई स्थायी परिचयपत्र प्रदान गरेको थियो । राउटेहरूलाई स्थायी परिचयपत्र वितरण गरी स्थायी रूपमा बस्ती बसाउने योजना पालीकाले बनाएको थियो । गुराँस गाउँपालिका–८ गर्चेखोलामा बस्दै आएका राउटेलाई सामाजिक सुरक्षा भत्ता समेत गुराँसबाटै दिने योजना गाउँपालिकाको थियो ।
एक गैरसरकारी संस्था र गुराँस गाउँपालिकाको समन्वयमा राउटे बस्तीमा तीन जना कर्मचारी नियुक्ति गरी व्यवहारिक शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा काम गर्ने गरी कर्मचारी समेत खटाइयो तर त्यो सपना पूरा हुन सकेन । गुराँस गाउँपालिका दैलेखबाट स्थायी परिचयपत्र पाएको तीन महिनापनि नपुग्दै राउटेहरू लेकबेशी नगरपालिका–१० सुर्खेतमा आई बस्न थालेका छन् ।
यस विषयमा राउटे मुखीया दिलबहादुर शाहि आफ्नो परम्परा छोड्न नमिल्ने बताउँछन् । उनी भन्छन् ‘हामी स्थायी रूपमा एकै ठाउँमा बस्न सक्दैनौं । राउटेहरूको जंगल नै घर हो । हामीलाई स्थायी घर होईन भोको पेट भर्न चामल चाहिन्छ ।’ उखानसंग आफ्नो परम्परालाई जोड्दै उनले थपे ‘ राउटेको घर हुँदैन, रोटीको टाउको हँुदैन, आईमाईको जात हुँदैन । त्यसैले हामी जंगलमै रमाउन चाहान्छौं ।’
त्यस्तै राउटेहरूलाई स्थायी परिचयपत्र वितरण गरी स्थायी रूपमा बस्ती बसाल्न पहल गर्दै गरेका गुरांस गाउंपालीकाका अध्यक्ष खेमबहादुर वलीले भन्छन् ‘राउटेहरूलाई स्थायी रूपमा बस्ती बसाल्न त्यति सजीलो रहेनछ । यद्यपी सोसेक संस्थाको सहयोगमा हामीले तिनजना कर्मचारी खटाएका छौं । राउटेहरू जहां गएपनी उनीहरू गुराँस गाउँपालिका नागरिक हुन् ।’ उनीहरूलाई खाद्य तथा सहयोग सामागी्र वितरणमा एकद्धार प्रणाली हुनुपर्ने उनको भनाई रहेको छ । उनले थपे ‘ हामीले राउटेहरूलाई सहयोग सामागी्र वितरणमा एकद्धार प्रणाली हुनुपर्ने माग गरेका छौं । त्यसमा मन्त्रालयसंग पनि छलफल भएको छ ।’ सयोगमा एकद्वारा प्रणाली नहुंदा राउटेहरूलाई कहिले आवश्यकता भन्दा बढि सामग्री वितरण र कहिले पाँच महिना भोकै रहनुपर्ने बाध्यता रहेको समेत उनले बताएका छन् ।
राउटेकी भान्जी भनेर चिनिएकी राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्का (अधिकारीले) लामो समय राउटेसंगै काम गर्दै आएकोले उनीहरूले आफूलाई मात्रै बढि विस्वास गर्ने बताईन् । उनले भनिन् ‘मैले २०६३ सालदेखि राउटेका हरेक सुख दुःखमा साथ दिएकी छु । पहिले पहिले त उनीहरू मलाई पनी विश्वास गर्दैनथे । धेरै लामो संघर्षपछि मेरो विश्वास मान्ने भएका छन् ।’ राउटेहरूलाई सरकारले गास, बास र कपासको पुर्ण ग्यारेण्टि गर्न सक्छ भने आफू राउटेहरूको स्थायी बास बसाल्न सक्ने समेत खड्काको भनाई रहेको छ । प्रतिष्ठानसँग पैसा नभएपनी राउटेका लागि विभिन्न निकायसंग हात थाप्दै उनीहरूको भोको पेट भर्दै आएको उनको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?