ट्रेंडिंग:

>> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा

क्यान बाँकेको दशौं साधारणसभा सूचना प्रविधिको उपयोगितामा जोड

१४ आश्विन २०७५, आईतवार
१४ आश्विन २०७५, आईतवार

सूचना प्रविधिको उपयोगिता बिना विकास असम्भव रहेको सरोकार निकायका अगुवाहरूले बताएका छन् । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ) बाँके शाखाको शनिबार सम्पन्न भएको दशौं साधारणसभामा बोल्ने बक्ताहरूले हर क्षेत्रमा सूचना प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमकी प्रमुख अतिथी नेपालगन्ज उपमहानगरपालिकाकी कार्यबाहक प्रमुख उमा थापामगरले सूचना प्रविधिका क्षेत्रलाई अधिकत्म प्रयोग गरेर नेपालगन्जलाई स्मार्ट सिटी बनाउने अभियान चलिरहेको बताईन । उनले भनिन्,—‘हामीले स्मार्ट नेपालगन्ज बनाउने गरी काम सुरु गरेका छौं । अबको केही समयमै यसको नतिजा देख्न पाइन्छ ।’ कार्यवाहक प्रमुख थापाले सूचना प्रविधिको बिषयमा जनप्रतिनिधिदेखि आमनागरिकसम्मलाई सूचना प्रविधिको फाईदाको बिषयमा बुझाउन बाँकी रहेको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले सूचना प्रविधिको क्षेत्रमा नीजिक्षेत्रले उल्लेखिय काम गरेको बताए । उनले नेपालगन्जलाई स्मार्ट बनाउनकै लागि आफूहरूले नगरभरी सिसिटिभी राखेको बताए । अझै यस क्षेत्रमै थुप्रै काम गर्न बाँकी रहेको उनले बताए । क्यान महासंघका केन्द्रीय सदस्य इश्र्वर पोख्रेलले सूचना प्रविधियुक्त नेपालगन्ज बनाउनका लागि क्यान महासंघले देशभरी नै सहयोग गरेको बताए । ‘हामीले सरकारको स्मार्ट नेपाल बनाउने अभियानलाई सघाईरहेका छौं ।’— पोख्रेलले भने,—‘आगामी दिनमा पनि सहयोग गरिरहन्छौं ।’
क्यान महासंघका केन्द्रीय सदस्य इश्र्वर पोख्रेलले स्मार्ट सिटी जस्ता बिषयहरू लोकप्रिय भएपनि त्यसलाई सार्थक बनाउन धेरै काम गर्न बाँकी रहेको बताए । ‘यि कुराहरू गर्न सजिलो छ । तर पुरा गर्नका लागि कुरा गरेजस्तो मात्र होइन,’उनले भने । अर्का केन्द्रीय सदस्य रेशम गिरीले स्थानीय तहलाई सूचना प्रविधियुक्त बनाउनका राज्य र नीजि क्षेत्र लाग्नुपर्नेमा जोड दिए । जनप्रतिनिधिलाई सूचना प्रविधिको उपयोगिताका बिषयमा जानकारी गराउन आवश्यक रहेको बताए । पूर्व केन्द्रीय उपाध्यक्ष सन्जय थापाले सूचना प्रविधिको उपयोगिताबाट मात्र सम्बृद्धि नेपाल बनाउन सकिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?