ट्रेंडिंग:

>> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रविधिको प्रयोग गर्दै स्थानीय तह

१० आश्विन २०७५, बुधबार
१० आश्विन २०७५, बुधबार

अहिले दाङका घोराही तथा तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालीकाले प्रविधिको प्रयोग गर्न सुरु गरेका छन् । पहिले कागजी रूपले काम गर्ने गरेका उनीहरूले अहिले प्रविधिमैत्री काम सुरु गरेका हुन् ।
जनतालाई सरल, सहज र छिटोछरितो तरिकाले सेवा दिने भन्दै जिल्लाका स्थानीय तहहरूले वडास्तरबाटै अनलाइनबाट एकीकृत सम्पति कर संकलन देखि अन्य सेवाहरू पनि सुरु गरेको जनाएका छन् । प्रविधिमैत्री बन्न लागेका उनीहरूले सामाजिक सुरक्षा भत्ता, जग्गा तथा अन्य राजश्व संकलन र पञ्जिकरणलाई अनलाइन पद्दतिबाट गर्न थालेका हुन् । स्थानीय तहहरूले कर्मचारीहरूलाई तालिम दिई सबै वडाहरूलाई प्रविधिमैत्री सेवा दिन शुरु गरेको बताएका छन् । स्थानीय सरकारका कामहरू कागजरहित बनाउनका लागि धेरैजसो वडामा अनलाईन सेवा सुरु गरेको घोराही उप महानगरपालीकाले जनाएको छ । अझै केही वडाहरूमा इन्टरनेटदेखि बिद्युतीय उपकरण जडानको काम भइरहेको घोराही उप महानगरपालिकाका मेयर नरुलाल चौधरीले जानकारी दिए ।
घोराही उप महानगरपालिकाले यो वर्षदेखि वडा न १९ बाहेक सवै वडामा नेट इन्टनेट बिस्तार गरिसक्ने जनाएको छ । तर वडा न १९ भने पहाडी एरीया भएको र विद्युत बिस्तार समेत नभएकोले यो वर्ष इन्टरनेट बिस्तार हुन नसक्ने जनाएको छ । अन्य वडावाट उपमहानगरले अनलाइमार्फत एकिकृत सम्पतीकर शुरु गरेको छ ।
“हामीले यो वर्ष १९ नं.वडा बाहेक अन्य सवै वडावाट अनलाईन पद्दतीवाट काम गर्ने वातावरण बनाएका छांै” मेयर चौधरीले भने ।
यस्तै वडा कार्यालयबाट अनलाइन सिस्टमबाट जेष्ठ नागरिक, एकल महिला, दलित, अपाङ्ग तथा पोषण भत्ताको नाम दर्ता, लगत कट्टा, परिचय पत्र निकाल्ने कार्य पनि भइरहेको छ । त्यस्तै अब केही महिनाभित्रै अनलाइन घटना दर्ताको काम पनि सवै वडामा बिस्तार गर्ने उप महानगरपालिकाको योजना रहेको छ । सिंहदरबारको अधिकार घरघरमा भन्ने नारा दिएका जनप्रतिनिधिहरूलाई लगाएर साविक गाविसबाट हुने काम नगरमा केन्द्रित गरेकोमा निकै आलोचना खेप्नु परेको थियो । अहिले आफ्नै ठाउँबाट सेवा पाउँदा भने साँच्चिकै परिवर्तनको महसुस भएको स्थानीयहरूले बताएका छन् । उता तुलसीपुर उप महानगरपालीकालाई स्मार्ट सिटी बनाउने तयारीमा जुटेका मेयर घनश्याम पाण्डेले पनि सेवालाई प्रविधिमैत्री बनाउन सुरु गरेका छन् । उप महानगरपालीकाका सबै वडाहरूमा अनलाइनबाट कर संकलन र घटना दर्ता गर्न सुरु गरेको मेयर पाण्डेले जानकारी दिए । कार्यालयदेखि वडा तहसम्म प्रविधिमैत्री सेवा दिन प्रयास गरेपनि एक दुई वटा वडाहरूमा भने ईन्टरनेटको समस्या देखिएको उनले बताए । तर ती वडाहरूमा पनि नेट जोड्नको लागि काम भैरहेको उनको भनाई छ । “स्मार्ट नगर बनाउनका लागि पहिलो प्रयासको रूपमा ईलेक्ट्रोनिक पद्दतीबाट काम गर्ने कार्यालय बनाउन लागेका छांै” मेयर पाण्डेले भने । कागजी प्रकृयाबाट गरिने काम भन्दा ईन्टरनेटको माध्यमबाट कम्प्युटरमा गरीने काम धेरै छिटो हुने उनको भनाई छ । स्मार्ट सीटिका लागि पहिला सुचकहरूको पहिचान र त्यसपछि पूर्वाधार तयार गर्नुपर्ने भएकोले उप महानगरपालीकाले अहिलेकाममा स्मार्ट सिटिकै अवधारणमा काम गरीरहेको उनको भनाइ छ । प्रविधिमैत्री सेवाले गर्दा सबै नागरिक र कर्मचारीलाई पनि सहजता भएको तुलसीपुर ७ का सन्तोष केसीले बताए । “अहिले सबैलाई सेवा प्रवाहमा सहजता भएको छ, यसले गर्दा कागजको बचत पनि भएको छ” केसीले भने । त्यस्तै उता लमही नगरपालिकाले सबै वडाबाटै कर संकलन र घटना दर्ताको काम सुरु गरेको जनाएको छ । नगरपालिकाका प्रमुख कुलबहादुर केसीले सबै वडालाई प्रविधिमैत्री बनाएको भन्दै वडाबाटै प्रविधिमैत्री सेवा सुरु गरेको बताएका छन् ।
à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?