ट्रेंडिंग:

>> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो

सूर्य थापाले भने–‘स्थिरताका लागि काँग्रेस-एमालेको सरकार बनाउँ’

२९ मंसिर २०७९, बिहीबार
२९ मंसिर २०७९, बिहीबार

बुटवल, २९ मंसिर ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले काँग्रेस–एमाले मिलेर देशलाई स्थिरता दिनुपर्ने बताएका छन् ।

अहिलेको चुनावी परिणामले मुलुकमा अस्थिरता निम्तिने खतरा औंल्याउँदै थापाले स्थिरताका लागि काँग्रेस–एमाले मिलेर सरकार बनाउनुपर्ने उनले बताए । चुनाव जितेपछि प्यूठानका मतदातासँग भेटघाट गरी काठमाडौं फर्किने क्रममा बुटवल आइपुगेका थापाले बिहीबार पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

अव बाम गठबन्धनको नाममा एमाले सिद्धान्तहीन दलहरुसँग एमालेले सहकार्य नगर्ने प्रष्ट्याए । “२०७४ सालमा बाम गठबन्धन नीति र सिद्धान्तमा आधारित रहेर गरिएको थियो, तर त्यसलाई माओवादीले उपयोग गरी पार्टी कब्जाको रणनीति बनायो, अव कब्जाको उद्देश्य राख्नेहरुसँग एकता वा सहकार्य हुने संभावना देखिन्न”–थापाले भने ।

पार्टी अध्यक्ष केपी ओलीलाई चार चार पल्ट निष्काशित गर्नेहरुसँग फेरि एकताको कल्पना नगरिएको उनको भनाई छ । मुलुकमा मुख्य दुई शक्ति काँग्रेस र एमाले मात्र रहेको दावी गर्दै एमाले नेता थापाले अरुको झोला बोकेर हिंडनेहरुसँग सहकार्यको औचित्य नहुने बताए । “एकमात्र बामशक्ति एमाले हो, अर्को शक्ति काँग्रेस हो, अरु दलहरु काँग्रेस वा एमालेको बैशाखी टेकेर मात्र राजनीति गरिरहेका छन्”–थापाले भने–“दुई मुख्य शक्ति मिलेर सरकार बनाउने हो भने काँग्रेस–एमाले दुवैको परीक्षण पनि हुन्छ र देशले स्थिरता पनि पाउँछ ।”

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने गल्ती एमालेले नगर्ने बताए । यदि पार्टी त्यो दिशामा गयो भने सबैभन्दा पहिले आफूले नोट अफ डिसेन्ट लेख्ने पनि थापाको भनाई छ । “प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुराको कल्पना गर्न सकिंदैन, यदि पार्टीले उनको नेतृत्व मानेर सरकार गठन गरेमा मैले सबभन्दा पहिले नोट अफ डिसेन्ट लेख्छु”–उनले भने ।

थापाले मुलुकको विद्यमान निर्वाचन प्रणालीबारे बहस चलाउनुपर्ने आवश्यकता औंल्याए । संविधान जारी गर्ने बेलामा अहिलेको निर्वाचन प्रणालीको चर्को वकालत गर्नेहरु कसको इशारामा चलेका थिए भन्ने कुराको पुष्टि क्रमशः हुँदै गएको भन्दै थापाले नेपालमा अस्थिरता निम्त्याउन स्वार्थको रोटी सेक्ने तत्वहरु अहिलेसम्म सफल भएको बताए ।

उनले चुनाव जितेपछि प्यूठानका ६४ वटा वडाका २०० वटा टोल विकास संस्थाहरुमा पुगेर मतदातालाई धन्यवाद दिएर आएको र उनीहरुको विकासप्रतिको आकांक्षा र पिरमर्कालाई नजीकबाट नियालेको बताए । “सडक, पूर्वाधार, पुल, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता कुरामा अव मेरो ध्यान हुनेछ”–थापाले भने ।

उनले आफूलाई विकासको सिस्टम बसाउन चाहेको भन्दै यसका लागि अधिकतम प्रयास गर्ने पनि बताए । प्यूठानमा स्वर्गद्वारी विमानस्थल निर्माण गरिने उल्लेख गर्दै थापाले यसको प्रक्रिया पनि अगाडि बढेको जानकारी दिए । प्यूठानमा विमानस्थल चल्दैन भन्नेहरुलाई जवाफ दिंदै थापाले भने–“सोलुखुम्बुमा ७ वटा विमानस्थल सञ्चालनमा छन्, प्यूठानमा नचल्ने प्रश्नै आउँदैन, पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने हो भने हवाई मार्ग हुँदै स्वर्गद्वारीमा लाखौं पर्यटक भित्र्याउन सकिन्छ ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?